"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

Latest Posts

कालिकाका ४२ चेपाङ परिवारलाई दसैँका लागि खाद्यान्न सहयोग

चितवन, असोज २९- चितवनको कालिका नगरपालिका–१० स्थित मेत्राङ र कासवाङका ४२ घरधुरीलाई दसैँका लागि खाद्यान्न सहयोग गरिएको छ। चाडपर्वका बेला विपन्न परिवारलाई राहत पु¥याउने उद्देश्यले चामल, तेल, दाल, भटमास र भुजा वितरण गरिएको हो । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि एवं सामाजिक अगुवा विनोद ढकाल र नेपाली कांग्रेस भरतपुर महानगर सभापति बुद्धिकान्त न्यौपानेको पहलमा खाद्यान्न वितरण...
Read more

भरतपुर विमानस्थलबारे चितवन प्रशासनको चासो परिसर सुधार गर्न निर्देशन

चितवन । भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला प्रशासनले अनुगमन गरी सम्बन्धीत कार्यालयलाई सचेत गराएको छ । विमानस्थल परिसरभित्र रहेका शौचालय दुर्गन्धित भएको, नियमित सरसफाइ नभएको, विमानस्थल परिसरलाई आवश्यक सौन्दर्यता दिने काम नगरिएकोजस्ता गुनासो आएपछि अनुगमन गरिएको हो । चितवन क्षेत्र नं ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहेकी कानुन, न्याय तथा संसदीय मामिलामन्त्री...
Read more

चितवनमा मंसिर २५ देखि ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ हुने

चितवन । सुस्ताउँदै गएको घरजग्गा व्यवसायलाई चलायमान बनाउने र निर्माण क्षेत्रमार्फत आर्थिक गतिविधि बढाउने उद्देश्यले चितवनमा ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुने भएको छ भिग्रुप इभेन्ट्स र एसवन होम्सको आयोजनामा एक्स्पोको दोस्रो संस्करण आगामी मंसिर २५ देखि २७ गतेसम्म चितवन उद्योग संघको एक्स्पो सेन्टरमा सञ्चालन हुनेछ। एक्स्पोमा आधुनिक निर्माण सामग्री, घरको डिजाइन, निर्माण प्रविधि तथा सुरक्षित...
Read more

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी

काठमाण्डाै – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्दै स्तनपानको संरक्षण, प्रवर्द्धन र सहयोग गर्न ‘मातृ शिशुमैत्री स्वास्थ्य संस्था कार्यक्रम सञ्चालन निर्देशिका २०८३’ जारी गरेको छ । यसअघिको ‘स्वास्थ्य संस्थामा मातृ शिशुमैत्री सेवा अभियान निर्देशिका २०७३’ का कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउन नयाँ निर्देशिका जारी गरिएको मन्त्रालयले जानकारी दिएको छ ।...
Read more

भोटेकोशी बाढीबाट प्रभावित ४ हजार १०८ परिवारलाई नगद सहयोग

काठमाण्डौ – सरकारले भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद सहायता वितरण गरेको छ । विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी)ले उपलब्ध गराएको रकम दोहोरोपना हुन नदिने गरी एकद्वार प्रणालीमार्फत वितरण गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । कार्यालयका अनुसार पालिकासँगको समन्वयमा प्रभावित परिवारको पहिचान गरी...
Read more

प्रकृति संरक्षण र कृषिमा ग्रामीण महिलाको योगदान अतुलनीय

काठमाण्डौ – आज अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस । ‘प्रकृतिको रेखदेखमा ग्रामीण महिला किसान’ भन्ने नाराका साथ नेपालसहित विश्वभर मनाइँदै छ । संयुक्त राष्ट्रसंघले सन् २०२६ लाई ‘अन्तर्राष्ट्रिय महिला किसान वर्ष’का रूपमा समेत घोषणा गरेकाले यस वर्ष ग्रामीण महिलाको भूमिका थप चर्चामा छ । खाद्य सुरक्षा, कृषि उत्पादन र गरिबी निवारणमा ग्रामीण महिलाहरूको ठूलो योगदान रहेको...
Read more

चितवन दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा बगाले पुनः सर्वसम्मत

चितवन — चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको अध्यक्षमा किशोर बगाले पुनः सर्वसम्मत चयन भएका छन्। संघको नयाँ नेतृत्व चयनका क्रममा बगाले दोस्रो कार्यकालका लागि अध्यक्षमा दोहोरिएका हुन्। नयाँ कार्यसमितिको उपाध्यक्षमा रामेश्वरसिंह ओली, सचिवमा कल्याण अधिकारी र कोषाध्यक्षमा शिवप्रसाद पौडेल सर्वसम्मत निर्वाचित भएका छन्। निर्वाचन समितिका संयोजक वामदेव अधिकारीका अनुसार कार्यसमिति सदस्यमा युवराज थापा,...
Read more

राप्ती–४ को उतराखण्ड सडक स्तर उन्नति हुने । हाम्रो समाचारको औचित्य पूरा हुँदै

चितवन । राप्ती नगरपालिका–४ डडुवास्थित वडा कार्यालय चोकदेखि वडा नं. ४ र ५ जोड्ने भवानिपुर नयाँ पुलसम्मको सडक स्तरोन्नति गर्ने प्रक्रिया अघि बढेको छ। उक्त सडकको दुवैतर्फ नालासहित स्तरोन्नति गर्ने उद्देश्यले सर्वेक्षणको काम सुरु गरिएको हो। उक्त सडक लामो समयदेखि जीर्ण अवस्थामा रहँदा स्थानीयवासीले आवतजावतमा सास्ती खेप्दै आएका थिए। अब भने करिब १ हजार ५८०...
Read more

कोरियन भाषा परीक्षाको तालिका सार्वजनिक, ७६ हजार परीक्षार्थी सहभागी हुने

काठमाडौँ,असोज २८- आगामी मंसिर १ गतेदेखि कोरियन भाषा परीक्षा सञ्चालन हुने भएको छ। ईपीएस कोरिया शाखाले सूचना जारी गरेर परीक्षा तालिका सार्वजनिक गरेको हो। यस पटक परीक्षामा दुईवटा नयाँ क्षेत्र थप गरिएका छन्। यसअघि उत्पादनमुलक क्षेत्र र कृषि तथा पशुपालन क्षेत्रमा परीक्षा हुने गरेकोमा यसपटकदेखि सेवा क्षेत्र र वन क्षेत्र थप गरिएका हुन्। परीक्षा क्षेत्रअनुसार...
Read more

मकवानपुरमा मतदाता सूचीबाट ३ हजार ४७२ मतदाताको नाम हटाइयो

मकवानपुर । प्रदेश निर्वाचन कार्यालय हेटौँडाले मकवानपुरको मतदाता नामावलीबाट तीन हजार ४७२ जनाको नाम हटाएको छ । मृत्यु भएका, दोहोरो नाम दर्ता भएका तथा नेपाली नागरिकता परित्याग गरेका व्यक्तिको नाम मतदाता नामावलीबाट हटाइएको हो । प्रदेश निर्वाचन कार्यालय हेटौँडाका निर्वाचन अधिकारी हरिप्रसाद ढकालका अनुसार नामावलीबाट हटाइएकामध्ये सबैभन्दा बढी एक हजार ९६४ जना मृत्यु भएका व्यक्ति...
Read more
1 2 3 4 … 42

Trending News

Editor's Picks

रवि लामिछाने गड्डाचौकी नाका हुँदै आज भारत प्रस्थान

काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीर्थाटनका क्रममा कञ्चनपुरको गड्डाचौकी नाका हुँदै आज भारत प्रस्थान गर्नुभएको छ । सभापति लामिछानेले स्थलमार्ग हुँदै भारतको उत्तराखण्डको नैनीताल जिल्लाको प्रसिद्ध धार्मिकस्थल कैचीधाम (नीम करौली बाबा) को दर्शन गर्ने कार्यक्रम रहेको छ । तीन दिने तीर्थाटनका क्रममा उत्तराखण्डको कैचीधामका साथै गुवाहाटीमा रहेको कामाख्या मन्दिरमा पूजार्चना...

रत्ननगरमा संविधान सभा सदस्य शेषनाथ अधिकारीद्वारा आयोजित शुभकामना तथा चियापान कार्यक्रम सम्पन्न

रत्ननगर, चितवन हरेक वर्ष बडादशैँको अवसरमा आयोजना हुँदै आएको परम्परागत भेटघाट तथा चियापान कार्यक्रम यस वर्ष पनि भव्य रूपमा सम्पन्न भएको छ। संविधान सभा सदस्य शेषनाथ अधिकारीको निज निवासमा (रत्ननगर नगरपालिका, टाँडी अस्पताल रोड) उक्त कार्यक्रम कार्तिक ६ गते (द्वादशीका दिन) दिउँसो २ बजे आयोजना गरिएको थियो। शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रममा स्थानीय बासिन्दा, नेता,...

सडक अवरोधको असर सौराहाको पर्यटनमा, दसैँमा पनि पर्यटकको आगमन अपेक्षाभन्दा कम

चितवन :  दसैँको बिदा र मुख्य पर्यटकीय सिजन सुरु भएसँगै चितवनका प्रमुख पर्यटकीय गन्तव्यमा पर्यटकको चहलपहल बढे पनि अपेक्षाअनुसार पर्यटकको आगमन हुन सकेको छैन। बाढीपहिरो र सडक यातायातमा देखिएको अवरोधका कारण यसपटक दसैँमा समेत सौराहासहित चितवनका पर्यटकीय क्षेत्रमा पर्यटकको चाप कम देखिएको हो।मुलुकको प्रमुख पर्यटकीय गन्तव्य सौराहामा स्वदेशी तथा विदेशी पर्यटकको आगमन अपेक्षाकृत कम हुँदा...

भारतीय विदेशमन्त्रीलाई अर्थमन्त्री वाग्लेकाे प्रश्न – ‘के हामी पेन्डुलमको अर्को छेउतिर गइरहेका छौँ ?’

काठमाण्डाै – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा. एस जयशङ्करबीच बदलिँदो विश्व परिस्थितिमा अन्तर्राष्ट्रिय सहकार्यको स्वरूप र भविष्यबारे रोचक प्रश्नोत्तर भएको छ । भारतीय टेलिभिजन च्यानल एनडीटीभीले आयोजना गरेको ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ अन्तर्गत हिजाे बिहीवार आयोजित एक सत्रमा दुई नेताबीच विश्व व्यवस्थामा देखिएको परिवर्तन, बहुपक्षीय सहकार्यको भविष्य र क्षेत्रीय तथा उपक्षेत्रीय साझेदारीको आवश्यकताबारे...

मनास्लु लार्केपास, लाङटाङ र गोसाइँकुण्ड पदयात्रा खुला

काठमाण्डाै – मनास्लु लार्केपास, लाङटाङ र गोसाइँकुण्ड पदयात्रा खुला भएका छन् ।  ट्रेकिङ एजेन्सिज् एसाेसिएशन अफ नेपाल (टान) ले मनास्लु लार्केपास पदयात्रा खुला भएकाले सर्तकता अपनाउँदै यात्रा गर्न आग्रह गरेको छ । टानले सूचना निकालेर बूढीगण्डकीमा आएको बाढीका कारण क्षतिग्रस्त पहुँचमार्ग, पदमार्गका खण्ड, पुल तथा टी–हाउस लज धार्चे र गोरखाको चुमनुब्री गाउँपालिकाले संयुक्त रूपमा मर्मत...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०