"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

भरतपुर विमानस्थलबारे चितवन प्रशासनको चासो परिसर सुधार गर्न निर्देशन

Table of Content

चितवन । भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला प्रशासनले अनुगमन गरी सम्बन्धीत कार्यालयलाई सचेत गराएको छ ।

विमानस्थल परिसरभित्र रहेका शौचालय दुर्गन्धित भएको, नियमित सरसफाइ नभएको, विमानस्थल परिसरलाई आवश्यक सौन्दर्यता दिने काम नगरिएकोजस्ता गुनासो आएपछि अनुगमन गरिएको हो ।

चितवन क्षेत्र नं ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहेकी कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमलाई सर्वसाधारणले सो गुनासो गरेका थिए ।

उनले सो विषयमा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको ध्यानाकर्षण गराएकी थिइन् । उनका अनुसार मन्त्री र अन्यबाट गुनासो आएपछि मन्त्री गौतमसहित आफूहरूले विमानस्थल परिसरको अनुगमन गरेको उनले बताए।

गुनासोअनुसार सरसफाइ र व्यवस्थापनमा कमजोरी देखिएपछि कार्यालय प्रमुख दीपक विकलाई तत्काल सुधार गर्न भनिएको प्रजिअ अर्यालले बताए । उनले भने, ‘विमानस्थल परिसरको सुधार गर्नुपर्ने छ । मन्त्रीसँगै हामीले अनुगमन गर्‍यौं । सुधार्ने प्रतिबद्धता गराइएको छ ।’

समग्र पूर्वाधार, सरसफाइ र कार्यालयका कर्मचारी नभेटिने जटिल समस्या आफूहरूले पाएको उनले बताए ।

यसअघि पनि विमानस्थल परिसरमा पार्किङलगायतमा पटकपटक समस्या आउने गरेको थियो । प्रजिअ अर्यालका अनुसार उनी चितवन आएर १५ महिना यता गरिएका कार्यालय प्रमुखको बैठकमा विक उपस्थित नभएकाले यस अघि त्यहाँको समस्या र समाधानका बारेमा बुझ्ने र सुधार गर्न नसकिएको हो । निकै गुनासो आएपछि मन्त्रीसहित आफूहरू गएर सुधार गर्न निर्देशन दिइएको जानकारी दिए ।

बुद्ध एयरले यहाँबाट काठमाडौँ दैनिक सात वटा जहाज उडान भर्दै आएको छ । झन्डै ८०० यात्रु आवतजावत गर्दछन् । विमानस्थलको बोडिङ पछि प्रतीक्षा कक्षको शौचालयको गन्ध बाहिर आएको भन्दै यसअघि पनि पटकपटक गुनासो आउने गरेको थियो ।

कार्यालय प्रमुख विकले कतिपय कमीकमजोरी भएको जनाउँदै यसलाई सुधार गर्ने प्रतिबद्धता आफूले जनाएको बताए । अनुगमनपछि काम भइरहेको उनले जानकारी दिए । सडक अवरुद्ध हुँदा यात्रुका चाप बढेका कारण नजर पुर्‍याउन नसकिएको उनको भनाइ थियो ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

चितवनमा रक्तदान प्रिमियर लिग हुँदै, विजेता टोलीलाई एक लाख रुपैयाँ पुरस्कार

भरतपुर, असोज २९- रक्तदान संस्कृतिको विकास, युवापुस्तामा मानवीय सेवाभावको अभिवृद्धि तथा रक्तदानसम्बन्धी जनचेतना विस्तार गर्ने उद्देश्यले चितवनमा ‘रक्तदान प्रिमियर लिग’ आयोजना हुने भएको छ। नेपाल रक्तदाता संगठनको आयोजनामा सञ्चालन हुन लागेको उक्त प्रिमियर लिग आगामी मङ्सिर महिनादेखि सुरु हुने भएको हो। रक्तदानलाई सामाजिक अभियानका रूपमा स्थापित गर्दै विद्यालय तहदेखि नै विद्यार्थीहरूलाई मानवीय सेवामा सहभागी गराउने...

कालिकाका ४२ चेपाङ परिवारलाई दसैँका लागि खाद्यान्न सहयोग

चितवन, असोज २९- चितवनको कालिका नगरपालिका–१० स्थित मेत्राङ र कासवाङका ४२ घरधुरीलाई दसैँका लागि खाद्यान्न सहयोग गरिएको छ। चाडपर्वका बेला विपन्न परिवारलाई राहत पु¥याउने उद्देश्यले चामल, तेल, दाल, भटमास र भुजा वितरण गरिएको हो । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि एवं सामाजिक अगुवा विनोद ढकाल र नेपाली कांग्रेस भरतपुर महानगर सभापति बुद्धिकान्त न्यौपानेको पहलमा खाद्यान्न वितरण...

भरतपुर विमानस्थलबारे चितवन प्रशासनको चासो परिसर सुधार गर्न निर्देशन

चितवन । भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला प्रशासनले अनुगमन गरी सम्बन्धीत कार्यालयलाई सचेत गराएको छ । विमानस्थल परिसरभित्र रहेका शौचालय दुर्गन्धित भएको, नियमित सरसफाइ नभएको, विमानस्थल परिसरलाई आवश्यक सौन्दर्यता दिने काम नगरिएकोजस्ता गुनासो आएपछि अनुगमन गरिएको हो । चितवन क्षेत्र नं ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहेकी कानुन, न्याय तथा संसदीय मामिलामन्त्री...

चितवनमा मंसिर २५ देखि ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ हुने

चितवन । सुस्ताउँदै गएको घरजग्गा व्यवसायलाई चलायमान बनाउने र निर्माण क्षेत्रमार्फत आर्थिक गतिविधि बढाउने उद्देश्यले चितवनमा ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुने भएको छ भिग्रुप इभेन्ट्स र एसवन होम्सको आयोजनामा एक्स्पोको दोस्रो संस्करण आगामी मंसिर २५ देखि २७ गतेसम्म चितवन उद्योग संघको एक्स्पो सेन्टरमा सञ्चालन हुनेछ। एक्स्पोमा आधुनिक निर्माण सामग्री, घरको डिजाइन, निर्माण प्रविधि तथा सुरक्षित...

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी

काठमाण्डाै – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्दै स्तनपानको संरक्षण, प्रवर्द्धन र सहयोग गर्न ‘मातृ शिशुमैत्री स्वास्थ्य संस्था कार्यक्रम सञ्चालन निर्देशिका २०८३’ जारी गरेको छ । यसअघिको ‘स्वास्थ्य संस्थामा मातृ शिशुमैत्री सेवा अभियान निर्देशिका २०७३’ का कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउन नयाँ निर्देशिका जारी गरिएको मन्त्रालयले जानकारी दिएको छ ।...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०