रत्ननगर, चितवन
हरेक वर्ष बडादशैँको अवसरमा आयोजना हुँदै आएको परम्परागत भेटघाट तथा चियापान कार्यक्रम यस वर्ष पनि भव्य रूपमा सम्पन्न भएको छ। संविधान सभा सदस्य शेषनाथ अधिकारीको निज निवासमा (रत्ननगर नगरपालिका, टाँडी अस्पताल रोड) उक्त कार्यक्रम कार्तिक ६ गते (द्वादशीका दिन) दिउँसो २ बजे आयोजना गरिएको थियो।
शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रममा स्थानीय बासिन्दा, नेता, कार्यकर्ता तथा विभिन्न क्षेत्रका महानुभावहरूको बाक्लो उपस्थिति रहेको थियो।
दशैँको अवसरमा एकापसमा शुभकामना आदानप्रदान गर्दै भाइचारा, सद्भाव र आपसी सम्बन्धलाई अझ प्रगाढ बनाउने उद्देश्यले हरेक वर्ष द्वादशीका दिन यस किसिमको चियापान कार्यक्रम आयोजना गरिँदै आएको आयोजक एवं पूर्व संविधान सभा सदस्य शेषनाथ अधिकारीले बताउनुभयो। कार्यक्रममा उपस्थित सबैले एक-आपसमा बडादशैँको शुभकामना साटासाट गरेका थिए।
