"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

प्रकृति संरक्षण र कृषिमा ग्रामीण महिलाको योगदान अतुलनीय

Table of Content

काठमाण्डौ – आज अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस । ‘प्रकृतिको रेखदेखमा ग्रामीण महिला किसान’ भन्ने नाराका साथ नेपालसहित विश्वभर मनाइँदै छ ।

संयुक्त राष्ट्रसंघले सन् २०२६ लाई ‘अन्तर्राष्ट्रिय महिला किसान वर्ष’का रूपमा समेत घोषणा गरेकाले यस वर्ष ग्रामीण महिलाको भूमिका थप चर्चामा छ । खाद्य सुरक्षा, कृषि उत्पादन र गरिबी निवारणमा ग्रामीण महिलाहरूको ठूलो योगदान रहेको छ ।

विश्वभर खाद्य प्रणाली र कृषि श्रमको ठुलो हिस्सा ओगटे पनि जमिनको स्वामित्व, कर्जा र आधुनिक प्रविधिमा भने अझै पनि महिलाको पहुँच सीमित रहेको छ ।

ग्रामीण महिलाहरू केवल अन्न उब्जाउने किसान मात्र होइनन्; उनीहरू माटो, पानी, वनजङ्गल र जैविक विविधता जस्ता प्राकृतिक स्रोतका सच्चा र पहरेदार संरक्षकसमेत हुन् ।

जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा परेका प्रतिकूल असरविरुद्ध लड्न र प्रकृतिको संरक्षण गर्दै दिगो कृषि अभ्यास अँगाल्न उनीहरूको अनुभव र ज्ञान अमूल्य मानिन्छ ।

नेपालजस्तो कृषिप्रधान देशमा घरपरिवारको हेरचाहदेखि खेतबारीको पसिनासम्म र पर्यावरणको रेखदेखदेखि स्थानीय बीउबिजन जोगाउनेसम्मका काममा महिलाहरू नै अग्रपङ्क्तिमा छन् ।

त्यसैले प्रकृतिको संरक्षिका र अन्नदाताका रूपमा रहेका ग्रामीण महिलालाई कृषि पेसामा समान अधिकार, सीप, प्रविधि र नीतिगत निर्णयमा अर्थपूर्ण सहभागिता गराउनु आजको मुख्य आवश्यकता रहेको छ । 

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

६९औँ प्रहरी दिवसमा डिएसपी सुवास भट्ट ‘सर्वोत्कृष्ट अपराध अनुसन्धानकर्ता’ पुरस्कारबाट सम्मानित

रत्ननगर। ६९औँ प्रहरी दिवस २०८३ को अवसरमा इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) सुवास भट्ट ‘सर्वोत्कृष्ट अपराध अनुसन्धानकर्ता’ पुरस्कारबाट सम्मानित हुनुभएको छ। नेपाल प्रहरी प्रधान कार्यालयद्वारा आयोजित कार्यक्रममा उहाँलाई फौजदारी अपराधको वस्तुनिष्ठ तथा वैज्ञानिक अनुसन्धानमा उत्कृष्ट कार्यदक्षता, व्यावसायिक निष्ठा र अनवरत समर्पण प्रदर्शन गरेको कदरस्वरूप उक्त पुरस्कार प्रदान गरिएको हो। राष्ट्र...

राखेपले क्यान सदस्य गुञ्जन शाह सहित ४ जनालाई फिर्ता बोलायो

काठमाण्डौ – राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नेपाल क्रिकेट संघ (क्यान) का सदस्य गुञ्जन शाह ठकुरीलाई फिर्ता बोलाएको छ । अस्ति राखेपका सदस्य सचिवस्तरीय निर्णयमार्फत शाहलाई फिर्ता बोलाइएको हो । राखेपले उनलाई असोज १ गते क्यानको सदस्यमा मनोनीत गरेर पठाएको थियो । नेपाल क्रिकेट संघको विधान, २०५५ को परिच्छेद २ को दफा ३ को उपदफा ४...

आईएसएफ फुटबल वर्ल्ड कपमा सहभागी हुन नेपाली टोली आज चीन जाँदै

काठमाण्डौ – आईएसएफ फुटबल वर्ल्ड कपको २९ औँ संस्करणमा सहभागी हुन २० खेलाडीसहित २९ सदस्यीय नेपाली टोली आज चीन जाँदैछ । प्रतियोगिता भोलिदेखि कात्तिक ९ गतेसम्म हुनेछ । खेलाडीमा इभानरत्न तुलाधर, मानव सुब्बा, आरभ श्रेष्ठ, अग्रिमजङ्ग सिंह बस्नेत, साहिलराज थापा, प्रशान्त मेयाङबो, रिवाज गुरुङ, सगर्वबहादुर श्रेष्ठ, सम्योग राई, सुयास पौडेल, अंशुमन केसी, भविष्य शाह, सिभान्स भट्टराई,...

नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

काठमाण्डौ – नवरात्रको छैटौँ दिन आज दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ ।हरेक वर्ष असाेज शुक्ल षष्ठी अर्थात् दुर्गा पक्षको छैटौँ दिन कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । नवरात्रको पहिलो दिन असोज २५ गते आइतबार दशैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना...

चितवनमा रक्तदान प्रिमियर लिग हुँदै, विजेता टोलीलाई एक लाख रुपैयाँ पुरस्कार

भरतपुर, असोज २९- रक्तदान संस्कृतिको विकास, युवापुस्तामा मानवीय सेवाभावको अभिवृद्धि तथा रक्तदानसम्बन्धी जनचेतना विस्तार गर्ने उद्देश्यले चितवनमा ‘रक्तदान प्रिमियर लिग’ आयोजना हुने भएको छ। नेपाल रक्तदाता संगठनको आयोजनामा सञ्चालन हुन लागेको उक्त प्रिमियर लिग आगामी मङ्सिर महिनादेखि सुरु हुने भएको हो। रक्तदानलाई सामाजिक अभियानका रूपमा स्थापित गर्दै विद्यालय तहदेखि नै विद्यार्थीहरूलाई मानवीय सेवामा सहभागी गराउने...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०