"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

Latest Posts

विश्वकै सर्वाधिक प्रदूषित शहर बन्यो काठमाडौं, एक्यूआई २०० भन्दा माथि

काठमाडौं विश्वकै सर्वाधिक प्रदूषित प्रमुख शहरको सूचीमा पहिलो नम्बरमा परेको छ । विश्वका प्रमुख सय शहरमा काठमाडौंको वायु सबैभन्दा बढी प्रदूषित रहेको स्विजरल्यान्डस्थित वायु प्रदूषण मापन गर्ने अन्तर्राष्ट्रिय संस्था आइक्यु एयरले जनाएको छ । आईक्यूएयरका अनुसार काठमाडौंको एयर क्वालिटी इन्डेक्स २१० छ । जनस्वास्थ्यका निम्ति यो ‘अति अस्वस्थकर’ हो ।  एक्यूआई १०१ देखि १५० को...
Read more

‘धरतीको नर्क’: ट्रम्पले भारतको बारेमा ‘विवादास्पद’ पोस्ट सेयर गरेपछि तीव्र आलोचना

ठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूढीवादी लेखक तथा रेडियो प्रस्तोता माइकल सेभेजको जन्मसिद्ध नागरिकतासम्बन्धी विवादास्पद सन्देश सेयर गरेका छन्। यसमा सेभेजले वर्तमान कानुनले आप्रवासीहरूलाई गर्भावस्थाको “नवौँ महिना” मा अमेरिका पुगेर स्थानीय कानुनको फाइदा उठाउन अनुमति दिएको दाबी गरेका छन्। ट्रम्पले सेयर गरेको सेभेजको भनाइमा लेखिएको छ, “यहाँ जन्मिएको बच्चा तुरुन्त नागरिक बन्छ र त्यसपछि उनीहरू...
Read more

पत्रकार आचारसंहिता उल्लङ्घन बढेपछि प्रेस काउन्सिलको चेतावनी

काठमाडौँ । प्रेस काउन्सिल नेपालले सञ्चार माध्यममा सम्प्रेषित सामग्रीको अनुगमन गर्दै पत्रकार आचारसंहिता उल्लङ्घनका घटना बढ्दै गएको भन्दै गम्भीर ध्यानाकर्षण गराएको छ। प्रेस काउन्सिल नेपाललले शुक्रबार सार्वजनिक गरेको सूचनामा पछिल्ला दिनहरूमा पत्रकार आचारसंहिताविपरीत उजुरी तथा जनगुनासो बढिरहेको उल्लेख गरिएको छ। काउन्सिलका अनुसार यस्ता उजुरीहरूमा तथ्यहीन, अपुष्ट तथा भ्रामक सामग्री प्रकाशन गर्ने प्रवृत्ति देखिएको छ । काउन्सिलले...
Read more

क्षतिपूर्ति र पुनर्वासको व्यवस्था गरेर मात्रै सुकुम्वासी बस्ती खाली गराउन हर्क साम्पाङको सुझाव

क्षतिपूर्ति र पुनर्वासको व्यवस्था गरेर मात्रै सुकुम्वासी बस्ती खाली गराउन हर्क साम्पाङको सुझाव काठमाण्डौ – सरकारले भोलि र पर्सि थापाथलीमा क्षेत्रको नदी अतिक्रमित बस्ती हटाउने तयारी गरेपछि त्यसको विरोध भइरहेको छ । अधिकारकर्मीसँगै विभिन्न दल र नवयुवाहरूले समेत सुकुम्वासी बस्ती हटाउने तयारीको विरोध गरेका हुन् ।  श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले विज्ञप्ति निकालेर सुकुम्वासी...
Read more

इजरायल–लेबनान युद्धविराम तीन हप्ताका लागि थप

इजरायल–लेबनान युद्धविराम तीन हप्ताका लागि थप काठमाण्डौ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र लेबनानबीचको युद्धविरामको अवधि थप तीन हप्ताका लागि बढाइएको घोषणा गरेका गर्नुभएको छ ।  ह्वाइट हाउसमा भएको वार्तापछि ट्रम्पले यस्तो निर्णय गर्नुभएको बीबीसीले जनाएको छ । उपराष्ट्रपति जेडी भान्सले यस ३ हप्ते विस्तारलाई एक महत्त्वपूर्ण र ऐतिहासिक क्षण भन्नुभएको छ । यो...
Read more

सिडिओ कार्यालय गेटमा खगेन्द्र सुनारसहित रास्वपा सांसदहरूको रातभरि धर्ना

खगेन्द्र सुनारसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले १२ घन्टादेखि जिल्ला प्रशासन कार्यालय सिन्धुलीको गेटमा धर्ना दिएका छन्। सिन्धुलीको सुनकोशी गाउँपालिका-३ जुम्लेडाँडाका २२ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमै मृत्यु भएको घटनामा न्याय माग गर्दै बिहीबार साँझदेखि उनीहरू धर्नामा बसेका हुन्। धर्नमा रास्वपा सांसदहरू खगेन्द्र सुनार, रिमा विश्वकर्मा, सुस्मा स्वर्णकार, खिमा विश्वकर्मा, आशिष गजुरेल लगायत बुद्धिजीवि तथा...
Read more

राति अवेरसम्म डान्स बार सञ्चालन गर्ने ४ जना पक्राउ

मकवानपुर — जिल्ला प्रहरी कार्यालय मकवानपुरले राति अबेरसम्म डान्स बार तथा दोहोरी साँझ सञ्चालन गरेको आरोपमा ४ जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार शुक्रबार बार राति करिब १ बजेको समयमा नगर क्षेत्रभित्र सञ्चालनमा रहेका विभिन्न डान्स बार तथा दोहोरी साँझहरूमा अनुगमन गर्दा बन्द गर्न अटेर गरेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो । पक्राउ पर्नेहरूमा हेटौंडा–१० स्थित...
Read more

विद्यालय खोल्न खुट्टा कमाएका चितवनका पाँच पालिका

भरतपुर । चितवनको इच्छाकामना गाउँपालिकाले वैशाख २ गतेदेखि भर्ना अभियान चलाइरहेका छ । वैशाख ८ गतेदेखि त धमाधम इच्छाकामना गाउँपालिकामा पठनपाठन भइरहेको छ । माडी नगरपालिकाले आज शुक्रबारदेखि भर्ना अभियान सँगसगैँ विद्यालयमा शैक्षिक क्रियाकलाप अगाडि बढाउँदैछ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को अधिकांश स्थानीय तहले नियमित पठनपाठन चलाइरहेका छन् । तनहुँको देवघाटलगायतका स्थानीय तहले पठनपाठन अगाडि बढाइसकेका छन्...
Read more

माडीका वडा नं–१ र २ मा सार्वजनिक सुनुवाइ

माडी । माडी नगरपालिकाका सबै वडाहरुमा वडास्तरीय सार्वजनिक सुनुवाइ सञ्चालन भएका छन् । कार्यक्रममा सहभागीहरुले सडक, खानेपानी, नाला व्यवस्थापन, बसोवास, स्वास्थ्यसेवालगायतका विषयमा आफ्ना धारणा राखेका थिए । बुधबार बरूवास्थित पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समितिको कार्यालय भवनको खुला हलमा माडी–२ वडा कार्यालयको आर्थिक वर्ष २०८२/०८३ को वडास्तरीय सार्वजनिक सुनुवाइ सम्पन्न भएको थियो । सार्वजनिक सुनुवाइमा सहभागी रहँदै...
Read more

वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको ९ महिनामा ७९ अर्ब ५४ करोडको सामग्री निर्यात

वीरगञ्ज । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको नौ महिनामा ७९ अर्ब ५४ करोड मूल्य पर्ने वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्षको नौ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा भने १० अर्ब १९ करोड अर्थात् १५ प्रतिशत बढी आयात भएको हो । जबकि गत आर्थिक वर्षको...
Read more
1 … 85 86 87 88 89 … 98

Trending News

Editor's Picks

शाहको फेसबुक पोस्टले फोहोर संकलन रोकिएको मुद्दामा सर्वोच्चले दियो ११ बुँदे निर्देशनात्मक आदेश 

काठमाडौँ — ‘आजबाट सिंहदरबारको फोहोर उठ्दैन । साच्चिकै देश सफा गर्नु परे, त्यहाँका नेताहरूलाई सिसडोलमा डम्प गर्नुपर्ने हुन्छ ।’काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर र हालका प्रधानमन्त्री वालेन्द्र शाहले २५ चैत २०७९ मा लेखेको फेसबुक पोस्ट हो यो ।  यो पोस्टकै आधारमा काठमाडौं महानगरपालिकाले मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार, राष्ट्रपति कार्यालय शीतल निवास र प्रधानमन्त्री निवास बालुवाटारको फोहोर उठाउन बन्द...

४ महिनामा २३ प्रतिशत बजेट खर्च, पूँजीगत खर्च साढे ७ प्रतिशतमा सीमित

काठमाण्डाै – चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा सरकारले वार्षिक बजेटको २३.३७ प्रतिशत मात्रै खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार कात्तिक मसान्तसम्ममा सरकारले कुल ४ खर्ब ९६ अर्ब ५२ करोड रुपैयाँ खर्च गरेको हो । बजेट खर्चमध्ये चालूतर्फ सबैभन्दा धेरै २७.२९ प्रतिशत खर्च भएको छ । चालू शीर्षकमा विनियोजित १२ खर्ब ७० अर्ब...

राष्ट्रिय कर दिवसको अवसरमा १९ विधामा करदाता सम्मानित

काठमाण्डौ – राष्ट्रिय कर दिवसको अवसरमा सरकारले विभिन्न १९ विधामा उत्कृष्ट करदातालाई सम्मान गरेको छ । आज काठमाण्डौमा भएको कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदाताहरुलाई सम्मान गर्नुभयो । सरकारले यस वर्ष भाटभटेनी सुपरमार्केटलाई विशेष सम्मान गरेको छ । नवयुवा आन्दोलनका बेला भाटभटेनीका १२ स्टोरमा आगजनी, लुटपाट र तोडफोड भएको थियो । ठूलो क्षति हुँदा पनि...

भरतपुर अस्पतालमा चाडपर्वपछि बिरामीको चाप, ५०० बेडको स्वीकृति भएपनि १०० बेडको मात्र दरबन्दीले सञ्चालनमा कठिनाइ

भरतपुर, मंसिर १- भरतपुर अस्पतालमा चाडपर्व पछिको समयमा बिरामीहरूको भीड लागेको छ। अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा विश्वबन्धु बगालेका अनुसार लामो बिदा र चाडपर्वका बेला खानपानको शैलीमा हुने परिवर्तनका कारण नियमित स्वास्थ्य जाँच गराउने तथा औषधि सेवन गर्ने बिरामीहरूको चाप बढेको हो। डा बगालेले दिएको जानकारी अनुसार असार, साउन, भदौ र असोज महिनाको अन्त्यसम्म अस्पतालमा...

राप्ती नदी बचाउन जुटे स्थानीय, १६ भन्दा बढी स्थानमा एकैसाथ सरसफाइ अभियान !

राप्ती, चितवन। ‘स्वच्छ राप्ती, स्वस्थ समाज, समृद्ध राप्ती’ भन्ने नारासहित चौथो राप्ती नदी दिवसको अवसरमा राप्ती नदीका विभिन्न स्थानमा सरसफाइ अभियान सम्पन्न भएको छ। नदी तथा जलस्रोतको संरक्षण, स्वच्छ वातावरण निर्माण र जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले मंसिर १ गते बिहान ७ बजेदेखि अभियान सञ्चालन गरिएको हो। अभियानअन्तर्गत भिमफेदी, हेटौंडा राप्ती पुल, मनहरी, लोथर, सौराहा ड्याक,...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०