"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

क्यानडामा कपिल शर्माको क्याफे नजिकै चौथोपटक गोली प्रहार, ज्यान मार्ने धम्की

Table of Content

टोरन्टो । क्यानडाको ब्रिटिस कोलम्बियास्थित सर्रेमा चर्चित भारतीय कमेडियन कपिल शर्माको ‘क्याप्स क्याफे’ नजिकै रहेको एक रेस्टुरेन्टमा गोली प्रहार भएको छ। 

‘चाय सुट्टा बार’ आउटलेट नजिकै भएको यस घटनाले कपिल शर्माको सुरक्षालाई लिएर गम्भीर चिन्ता पैदा गरेको छ। 

घटनालगत्तै सामाजिक सञ्जालमा टायसन बिश्नोई जोरा सिद्धू नामको फेसबुक अकाउन्टबाट एक पोस्ट सार्वजनिक गर्दै कपिल शर्मा र क्याफेका मालिक दुवैलाई ज्यान मार्ने धम्की दिइएको छ। उक्त पोस्टमा ग्याङले कपिल शर्मालाई ‘लाइनमा आउन’ चेतावनी दिँदै आफ्नो कुरा नमाने क्याफेको हालत पनि त्यस्तै हुने संकेत गरेको छ।

कपिल शर्माको क्याफेलाई निशाना बनाइएको यो पहिलो घटना भने होइन। सन् २०२५ देखि नै उनको क्याफेमाथि लगातार आक्रमण भइरहेका छन्। 

पहिलो पटक १० जुलाई २०२५ मा क्याफे खुलेको केही दिनमै गोली प्रहार भएको थियो। त्यसपछि ७ अगस्ट २०२५ मा पुनः सोही स्थानमा धेरै राउन्ड फायरिङ गरियो। अक्टोबर २०२५ मा भएको तेस्रो पटकको आक्रमणको जिम्मेवारी भने लरेन्स बिश्नोई नेटवर्कसँग जोडिएका व्यक्तिहरूले सामाजिक सञ्जालमार्फत लिएका थिए। 

यो पछिल्लो घटनाले बिश्नोई ग्याङले कपिललाई निरन्तर पछ्याइरहेको र यो एउटा योजनाबद्ध सिलसिला भएको पुष्टि गरेको छ।

ग्याङको दाबी अनुसार कपिल शर्माले ‘द ग्रेट इन्डियन कपिल शो’ को सार्वजनिक कार्यक्रममा बलिउड अभिनेता सलमान खानलाई आमन्त्रण गरेपछि लरेन्स बिश्नोई नेटवर्क उनीसँग चिढिएको हो। 

ग्याङका सदस्यहरूले सलमान खानसँग काम गर्ने वा उनलाई साथ दिने जोकोहीले पनि यसको परिणाम भोग्नुपर्ने चेतावनी पहिले नै दिइसकेका थिए। कपिलले सलमानलाई सम्मान दिएकै कारण उनका क्याफे र व्यावसायिक प्रतिष्ठानहरूलाई तारो बनाइएको बुझिएको छ।

आफ्नो क्याफेमा पटक–पटक हुने फायरिङका विषयमा कपिल शर्माले यसअघि पनि मुख खोलिसकेका छन्। उनले आफ्नो फिल्म ‘किस किसको प्यार करूँ २’ को ट्रेलर सार्वजनिक गर्ने क्रममा क्यानडाको सुरक्षा व्यवस्था र प्रहरी प्रशासनमाथि नै प्रश्न उठाएका थिए। त्यहाँको नियम र प्रहरीसँग यस्ता हिंस्रक घटना रोक्ने पर्याप्त शक्ति नभएको उनको आरोप थियो। 

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

अमलेखगञ्जमा डिजेल ट्याङ्कर, ईभी हाइस र मोटरसाइकल ठोक्किँदा १० जना घाइते

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२१ अमलेखगञ्जस्थित नेपाल आयल निगमको डिपो नजिकै डिजेल बोकेको ट्याङ्कर, ईभी हाइस र मोटरसाइकल एकआपसमा ठोक्किँदा १० जना घाइते भएका छन्। शुक्रबार दिउँसो करिब १२ बजे हेटौंडा–पथलैया सडकखण्डमा तीनवटा सवारीसाधन आपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। प्रहरीका अनुसार अमलेखगञ्जबाट जनकपुरतर्फ जाँदै गरेको ना.४ ख २३४९ नम्बरको डिजेल...

बारामा ब्राउन सुगरसहित दुई जना पक्राउ

कलैया । बारा प्रहरीले ब्राउन सुगर जस्तो पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ। लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंज पर्सा र प्रहरी चौकी मुसहर्वाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले प्रेस विज्ञप्ति जारी गरी जानकारी दिएका हुन्। बारा बिश्रामपुर गाउँपालिका वडा...

प्रहरीले नेपाल प्रेसको समाचार कक्षमै प्रवेश गरेर पत्रकार सुवेदीलाई लियो नियन्त्रणमा

नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सादा पोशाकका प्रहरीले शुक्रबार समाचार कक्षमै प्रवेश गरेर सुवेदीलाई नियन्त्रणमा लिएको नेपाल प्रेसका सम्पादक चिरञ्जीवि पौडेलले फेसबूकमार्फत जानकारी गराएका छन् । नियन्त्रणमा लिने क्रममा पक्राउ पुर्जी नदिइएको उनले बताए । ‘सादा पोशाकका प्रहरी समाचार कक्षभित्रै प्रवेश गरेर नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदीलाई पक्राउ गरेका छन्...

डा.गोविन्द केसीसँग भएका सहमति कार्यान्वयनको प्रक्रियामा : शिक्षा मन्त्रालय

काठमाण्डौ – शिक्षा तथा खेलकुद मन्त्रालयले डा. गोविन्द केसीसँग भएका सहमतिका बुँदा कार्यान्वयनका लागि कार्यदल गठन गरेर आवश्यक प्रक्रिया अघि बढाएको जनाएको छ । मन्त्रालयले चिकित्सा शिक्षाको गुणस्तर सुधार, पहुँच विस्तार, शैक्षिक सुशासन तथा चिकित्सा शिक्षा क्षेत्रका समस्या समाधानका लागि नीतिगत र संस्थागत सुधारलाई प्राथमिकताका साथ अघि बढाएको जनाएको हो । शिक्षा मन्त्रालयका प्रवक्ता श्रीप्रसाद...

आधुनिक प्रविधिको पहुँच नहुँदा बेपत्ता नागरिकको खोजी कार्य चुनौतीपूर्ण : नेपाल प्रहरी

काठमाण्डौ – नेपाल प्रहरीले आधुनिक प्रविधिको पहुँच नहुँदा बेपत्ता नागरिकको खोजी कार्य थप चुनौतीपूर्ण बनेको जनाएको छ । संसदको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन विशेष समितिको बैठकमा नेपाल प्रहरीको तर्फबाट प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले बेपत्ता तथा शव खोजीमा आधुनिक प्रविधिको अभाव रहेको बताउनुभयो । विपद्का बेला पुरिएका वा बेपत्ता भएका व्यक्तिको खोजतलास...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०