"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

Latest Posts

‘सन् २०५० सम्म हवाई उडानलाई ‘नेट जिरो’ बनाउन असम्भव’

काठमाडौं । वैश्विक उड्डयन उद्योगलाई सन् २०५० सम्ममा पूर्ण रूपमा कार्बनमुक्त अर्थात् ‘नेट जिरो’ बनाउने लक्ष्य अधुरै रहने आशंका बढेको छ । विश्वभरका एयरलाइन्स प्रमुखहरूले ब्राजिलको रियो दी जेनेरियोमा आयोजित एउटा सम्मेलनमा हालको गतिलाई हेर्दा यो समयसीमाभित्र वातावरणीय संकल्प हासिल गर्नु व्यावहारिक नभएको स्वीकार गरेका छन् । वैश्विक एयरलाइन्स संस्था इयाटा र बेलायतसहित धेरै देशका सरकारले मात्र...
Read more

इरान–इजरायल तनावबीच तेलको मूल्यमा सामान्य वृद्धि, लगानीकर्ता अझै अन्योलमा

इरान–इजरायल तनावबीच तेलको मूल्यमा सामान्य वृद्धि, लगानीकर्ता अझै अन्योलमा काठमाण्डौ – इरान र इजरायलले एक अर्कामाथिको आक्रमण अस्थायी रूपमा रोके पनि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य सामान्य रूपमा बढेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आग्रहपछि इरान र इजरायलले प्रत्यक्ष सैन्य कारबाही रोक्ने घोषणा गरेका थिए । तर दुवै पक्षले आवश्यक परे पुनः जवाफी आक्रमण...
Read more

औद्योगिक क्षेत्रभित्र सञ्चालित उद्योगलाई ७ दिनभित्र बक्यौता भुक्तानी गर्न निर्देशन

औद्योगिक क्षेत्रभित्र सञ्चालित उद्योगलाई ७ दिनभित्र बक्यौता भुक्तानी गर्न निर्देशन काठमाण्डौ – सरकारले औद्योगिक क्षेत्रको सरकारी जग्गा, भवन र पूर्वाधार प्रयोग गरेर भाडा र महसुल नतिर्ने ठूला उद्योगीहरूलाई सात दिनभित्र बक्यौता रकम भुक्तानी गर्न निर्देशन दिएको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले हिजो सूचना निकालेर जमिन, भवन, विद्युत् र पानी लगायतका सेवा प्रयोग गरेबापत नियमित...
Read more

स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने

स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने काठमाण्डौ – स्वीकृति पाएकोभन्दा बढी शय्या थपेर सञ्चालन गरिरहेका मेडिकल कलेजमाथि सरकारले कारबाही प्रक्रिया शुरु गरेको छ । आफैँ शय्या थपेर सञ्चालन गरिरहेका मेडिकल कलेजबाट बढी भएको रकम असुली गरिने स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको हो ।  मन्त्रालयले त्यस्ता मेडिकलबाट करिब एक करोड ७८...
Read more

साना तथा मझौला व्यवसायीले डिजिटल माध्यमबाट १० लाख रुपैयाँसम्म कर्जा लिन सक्ने

साना तथा मझौला व्यवसायीले डिजिटल माध्यमबाट १० लाख रुपैयाँसम्म कर्जा लिन सक्ने काठमाण्डौ – अब लघु, साना तथा मझौला व्यवसायीले डिजिटल माध्यमबाट १० लाख रुपैयाँसम्म कर्जा लिन सक्ने भएका छन् । राष्ट्र बैङ्क भुक्तानी विभागले डिजिटल माध्यमबाट प्रवाह हुने कर्जा (डिजिटल लेन्डिङ)सम्बन्धी मार्गदर्शन परिमार्जन गरेर लघु, साना तथा मझौला व्यवसायीका लागि पनि डिजिटल कर्जाको सुविधा...
Read more

बागमती प्रदेशमा ७०१ दरबन्दी कटौती गर्ने तयारी

मकवानपुर । बागमती प्रदेश सरकारले प्रशासनिक खर्च घटाउन र सरकारी संयन्त्रलाई चुस्त बनाउने भन्दै ७०१ दरबन्दी कटौतीको तयारी गरेको छ । प्रदेश सरकारले २ चरणमा प्रशासनिक पुनर्संरचनाको काम टुङ्ग्याएको छ भने अन्तिम चरणका रूपमा कर्मचारी सङ्ख्या कटौती गर्ने तयारीमा जुटेको हो । कर्मचारी व्यवस्थापनका लागि आवश्यक प्रक्रियाको नेतृत्व प्रदेशका प्रशासन सचिवको संयोजकत्वमा एउटा विशेष टोलीले...
Read more

चितवनका सात स्थानीय तहले ४ अर्ब ९६ करोड पाए, सबैभन्दा बढी भरतपुरलाई २ अर्ब ५ करोड

चितवन । चितवनका सात वटा स्थानीय तहले ४ अर्ब ९६ करोड ४ लाख रुपैयाँ पाएका छन् । अर्थ मन्त्रालयले अन्तर–सरकारी वित्तीय हस्तान्तरण मार्फत जिल्लाका पालिकालाई सो रकम हस्तान्तरण गरेको हो । सरकारले स्थानीय तहलाई समानीकरण, सशर्त, विषेश र समपुरक अनुदान मार्फत रकम हस्तान्तरण गर्ने गर्दछ । चितवनका सात वटा स्थानीय तहले समानिकरण अनुदान अन्तरगत १...
Read more

विश्वकपको तयारीअन्तर्गत भएको मैत्रीपूर्ण फुटबलमा फ्रान्स विजयी

विश्वकपको तयारीअन्तर्गत भएको मैत्रीपूर्ण फुटबलमा फ्रान्स विजयी काठमाण्डौ – विश्वकपको तयारीअन्तर्गत भएको मैत्रीपूर्ण फुटबलमा फ्रान्स विजयी भएको छ । गएराति लिलमा सम्पन्न खेलमा फ्रान्सले उत्तरी आयरल्यान्ड लाई ३–१ गोलले पराजित गरेको हो । फ्रान्सको जितमा माइकल ओलिसेले ह्याट्रिक गर्दै टोलीलाई जित दिलाए । पहिलो हाफ सकिन दुई मिनेट बाँकी रहँदा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका...
Read more

१८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरू, लागत ४० अर्ब रुपैयाँ

म्याग्दी । म्याग्दीमा १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरू भएको छ । कालीगण्डकी गर्ज हाइड्रोपावर प्राली प्रवर्द्धक रहेको आयोजनाले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ भालेबासमा सोमबारदेखि विस्फोटक पदार्थको प्रयोग गरि सुरूङ निर्माण थालेको हो । आयोजना निर्देशक रमण सिंहले आगामी चार वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाले छिट्टै बाँध, गाडपार र घरापमा प्रस्तावित विद्युत्गृह...
Read more

आज – २६ जेठ २०८३ मंगलवार को राशिफल

मेषः असम्बन्धित कुरामा चासो नदिनु राम्रो हुनेछ, राम्रो सोचेर गरेका कुरामा पनि बात लाग्न सक्नेछ । वृषः कुनै कुराले मनमा हर्ष बढ्ने सक्नेछ, कतै रमाइलो भेटघाट÷घुमघाम गर्ने योजना बन्न सक्नेछ । मिथुनः आफ्नो कार्यक्षेत्रमा राम्रो प्रगति हुने देखिन्छ, मुद्दामामिलामा पनि सहज हुने योग छ । कर्कटः काम गर्दा मन अस्थिर रहन सक्नेछ, धैर्यपूर्वक कामको प्राथमिकता बुझि चल्नुपर्ने देखिन्छ ।...
Read more
1 … 31 32 33 34 35 … 98

Trending News

Editor's Picks

शाहको फेसबुक पोस्टले फोहोर संकलन रोकिएको मुद्दामा सर्वोच्चले दियो ११ बुँदे निर्देशनात्मक आदेश 

काठमाडौँ — ‘आजबाट सिंहदरबारको फोहोर उठ्दैन । साच्चिकै देश सफा गर्नु परे, त्यहाँका नेताहरूलाई सिसडोलमा डम्प गर्नुपर्ने हुन्छ ।’काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर र हालका प्रधानमन्त्री वालेन्द्र शाहले २५ चैत २०७९ मा लेखेको फेसबुक पोस्ट हो यो ।  यो पोस्टकै आधारमा काठमाडौं महानगरपालिकाले मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार, राष्ट्रपति कार्यालय शीतल निवास र प्रधानमन्त्री निवास बालुवाटारको फोहोर उठाउन बन्द...

४ महिनामा २३ प्रतिशत बजेट खर्च, पूँजीगत खर्च साढे ७ प्रतिशतमा सीमित

काठमाण्डाै – चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा सरकारले वार्षिक बजेटको २३.३७ प्रतिशत मात्रै खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार कात्तिक मसान्तसम्ममा सरकारले कुल ४ खर्ब ९६ अर्ब ५२ करोड रुपैयाँ खर्च गरेको हो । बजेट खर्चमध्ये चालूतर्फ सबैभन्दा धेरै २७.२९ प्रतिशत खर्च भएको छ । चालू शीर्षकमा विनियोजित १२ खर्ब ७० अर्ब...

राष्ट्रिय कर दिवसको अवसरमा १९ विधामा करदाता सम्मानित

काठमाण्डौ – राष्ट्रिय कर दिवसको अवसरमा सरकारले विभिन्न १९ विधामा उत्कृष्ट करदातालाई सम्मान गरेको छ । आज काठमाण्डौमा भएको कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदाताहरुलाई सम्मान गर्नुभयो । सरकारले यस वर्ष भाटभटेनी सुपरमार्केटलाई विशेष सम्मान गरेको छ । नवयुवा आन्दोलनका बेला भाटभटेनीका १२ स्टोरमा आगजनी, लुटपाट र तोडफोड भएको थियो । ठूलो क्षति हुँदा पनि...

भरतपुर अस्पतालमा चाडपर्वपछि बिरामीको चाप, ५०० बेडको स्वीकृति भएपनि १०० बेडको मात्र दरबन्दीले सञ्चालनमा कठिनाइ

भरतपुर, मंसिर १- भरतपुर अस्पतालमा चाडपर्व पछिको समयमा बिरामीहरूको भीड लागेको छ। अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा विश्वबन्धु बगालेका अनुसार लामो बिदा र चाडपर्वका बेला खानपानको शैलीमा हुने परिवर्तनका कारण नियमित स्वास्थ्य जाँच गराउने तथा औषधि सेवन गर्ने बिरामीहरूको चाप बढेको हो। डा बगालेले दिएको जानकारी अनुसार असार, साउन, भदौ र असोज महिनाको अन्त्यसम्म अस्पतालमा...

राप्ती नदी बचाउन जुटे स्थानीय, १६ भन्दा बढी स्थानमा एकैसाथ सरसफाइ अभियान !

राप्ती, चितवन। ‘स्वच्छ राप्ती, स्वस्थ समाज, समृद्ध राप्ती’ भन्ने नारासहित चौथो राप्ती नदी दिवसको अवसरमा राप्ती नदीका विभिन्न स्थानमा सरसफाइ अभियान सम्पन्न भएको छ। नदी तथा जलस्रोतको संरक्षण, स्वच्छ वातावरण निर्माण र जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले मंसिर १ गते बिहान ७ बजेदेखि अभियान सञ्चालन गरिएको हो। अभियानअन्तर्गत भिमफेदी, हेटौंडा राप्ती पुल, मनहरी, लोथर, सौराहा ड्याक,...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०