काठमाडौँ । सुदूरपश्चिम प्रदेश सभा सदस्य वीरबहादुर थापाले आफूलाई राजीनामा पत्र बुझाएको सभामुख भीमबहादुर भण्डारीले पुष्टि गरेका छन् । बुधबार रातोपाटीसँग कुराकानी गर्दै भण्डारीले आफूलाई थापाले राजीनामा पत्र बुझाएको पुष्टि गरे ।
‘उहाँले हिजो राजीनामा पत्र बुझाउनु भएको छ । तर, स्वीकृति गरिएको छैन र के गर्ने भन्नेमा म परामर्शमा छु’, उनले रातोपाटीसँग भने ।
बजेटप्रति असन्तुष्टि जनाउँदै उनले सभामुख राजीनामा पत्र बुझाएको बताइएको छ । थापा नेकपा एमालेबाट प्रदेशसभा सदस्य निर्वाचित भएका हुन्।
उनी यसअघि सुदूरपश्चिम प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीसमेत भएका थिए। राजीनामा बुझाएका थापा अहिले फोन स्विच अफ गरेर बसेका छन् ।
