"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

वीरेन्द्रनगरमा राप्ती खेलकुद तथा पर्यटन महोत्सव–२०८३ सुरु

Table of Content

चितवन। चितवनको राप्ती नगरपालिका–७, वीरेन्द्रनगरस्थित आदर्श माध्यमिक विद्यालयको चौरमा बिहीबारदेखि राप्ती खेलकुद तथा पर्यटन महोत्सव–२०८३ सुरु भएको छ। कार्तिक १३ गतेदेखि २३ गतेसम्म सञ्चालन हुने महोत्सवको उद्घाटन राप्ती नगरपालिकाका नगर प्रमुख शमशेर लामाले गर्नुभएको हो।

महोत्सवमा विभिन्न सांस्कृतिक नृत्य, मनोरञ्जनात्मक कार्यक्रम तथा राष्ट्रिय कलाकारहरूको विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ। खेलकुद तथा सांस्कृतिक कार्यक्रममार्फत आन्तरिक पर्यटक भित्र्याउने र राप्ती नगरपालिकाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो।

महोत्सवको उद्घाटन समारोहमा थारू पहिरनमा सजिएका सहभागीहरूले झाँकी प्रदर्शन गरेका थिए। त्यसैगरी तेक्वान्दोका विद्यार्थीहरूको पनि सहभागिता रहेको थियो।

उद्घाटन समारोहमा बोल्दै राप्ती–७ की वडा अध्यक्ष सुमिता डल्लाकोटीले विद्यार्थीहरूको पढाइमा असर नपर्ने गरी दिउँसो ४ बजेपछि मात्रै ध्वनि बजाउन आयोजकलाई आग्रह गर्नुभयो। उहाँले महोत्सव सञ्चालन गर्दा शैक्षिक गतिविधिलाई समेत ध्यान दिनुपर्ने बताउनुभयो।

त्यस्तै, समाजसेवी घनश्याम कँडेलले स्थानीय व्यवसायीलाई स्टल उपलब्ध गराउँदै राप्ती क्षेत्रका मह तथा जडीबुटीको प्रवर्द्धन गर्न सके महोत्सवलाई थप प्रभावकारी बनाउन सकिने सुझाव दिनुभयो। स्थानीय उत्पादनको बजारीकरण र व्यवसाय प्रवर्द्धनमा महोत्सवले सहयोग पुर्‍याउनुपर्ने उहाँको भनाइ थियो।

राप्ती–१२ का वडा अध्यक्ष अर्जुन चेपाङले नगरपालिकाका पहाडी वडाहरूमा होमस्टे तथा होटल व्यवसायको प्रवर्द्धन गर्न सके राप्तीलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने बताउनुभयो। उहाँले पहाडी क्षेत्रको पर्यटन सम्भावनालाई उजागर गर्नुपर्नेमा जोड दिनुभयो।

नगर प्रमुख शमशेर लामाले राप्तीको बहुसांस्कृतिक तथा बहुभाषिक पहिचानलाई समेट्ने महोत्सवमा बालबालिकालाई समेत सहभागी गराउन आग्रह गर्नुभयो। उहाँले महोत्सवले स्थानीय कला, संस्कृति र विविधताको पहिचान गराउन सहयोग पुग्ने बताउनुभयो।

आयोजकका प्रतिनिधि सुदीप गिरीले खेलकुद तथा सांस्कृतिक कार्यक्रममार्फत आन्तरिक पर्यटक भित्र्याउने लक्ष्यका साथ महोत्सव आयोजना गरिएको बताउनुभयो।

उद्घाटन समारोहमा राप्ती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेल, जनप्रतिनिधि, विभिन्न क्षेत्रका व्यवसायी, प्रशिक्षक, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन पूर्णबहादुर मगरले गर्नुभएको थियो।

महोत्सव कार्तिक २३ गतेसम्म सञ्चालन हुनेछ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

नेप्से आज सामान्य अङ्कले घट्यो

काठमाण्डौ – धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५ दशमलव ४५ अङ्कले घटेर दुई हजार ६९०.१५ बिन्दुमा झरेको छ । आज शुक्रबार विभिन्न कम्पनीका दुई करोड २८ लाख ६२ हजार ५५४ कित्ता शेयर आठ अर्ब ८९ करोड १५ लाख ९५ हजार १४५...

एन्फा अध्यक्ष र महासचिवसहित ४ जनालाई स्पष्टीकरण सोध्ने निर्णय

काठमाण्डौ – नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) भित्रको विवाद र अन्योल थप पेचिलो बनेको छ । वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको अध्यक्षतामा आज बसेको बहुमत सदस्य बैठकले अध्यक्ष पंकजविक्रम नेम्वाङ, महासचिव किरण राई, कोषाध्यक्ष रविन्द्र जोशी र लेखापाल सञ्जिव पाण्डेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । पछिल्लो समय एन्फाका बारेमा आएको विषयवस्तुबारे...

राप्ती नगरपालिकामा SaMi कार्यक्रमको स्थानीय कार्यक्रम कार्यान्वयन समिति बैठक सम्पन्न

राप्ती नगरपालिकाका नगर प्रमुख शमशेर लामाको अध्यक्षतामा SaMi (सुरक्षित आप्रवासन) कार्यक्रमअन्तर्गत स्थानीय कार्यक्रम कार्यान्वयन समिति बैठक सम्पन्न भएको छ। बैठकमा सामाजिक विकास समिति संयोजक एवं वडा नं. ७ का वडा अध्यक्ष सुमिता डल्लाकोटी, प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेल, योजना शाखा, प्रशासन शाखा, न्यायिक शाखा, स्वास्थ्य शाखा तथा आर्थिक प्रशासन शाखाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। त्यसैगरी,...

चितवनमा रगत अभाव भएपछि राप्तीमा घुम्ती रक्तदान, १७ महिलासहित ८० जनाले गरे रक्तदान

२०८३ कार्तिक १२चितवनमा देखिएको रगत अभावलाई मध्यनजर गर्दै नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्र, भरतपुर चितवनले राप्ती नगरपालिकाको विभिन्न स्थानहरुमा आयोजना गरेको बृहत घुम्ती रक्तदान कार्यक्रममा १७ जना महिला सहित जम्मा ८० जनाले रक्तदान गरेका छन । घुम्ती रक्तदान कार्यक्रम पिप्ले चोक, सिमरा चोक, आइरिस इङलिस एकेडेमी, ग्रामीण साकोस प्राङ्गण, भण्डारा बजार र राप्ती खेलकुद...

वीरेन्द्रनगरमा राप्ती खेलकुद तथा पर्यटन महोत्सव–२०८३ सुरु

चितवन। चितवनको राप्ती नगरपालिका–७, वीरेन्द्रनगरस्थित आदर्श माध्यमिक विद्यालयको चौरमा बिहीबारदेखि राप्ती खेलकुद तथा पर्यटन महोत्सव–२०८३ सुरु भएको छ। कार्तिक १३ गतेदेखि २३ गतेसम्म सञ्चालन हुने महोत्सवको उद्घाटन राप्ती नगरपालिकाका नगर प्रमुख शमशेर लामाले गर्नुभएको हो। महोत्सवमा विभिन्न सांस्कृतिक नृत्य, मनोरञ्जनात्मक कार्यक्रम तथा राष्ट्रिय कलाकारहरूको विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ। खेलकुद तथा सांस्कृतिक कार्यक्रममार्फत आन्तरिक...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०