"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

सरकारी वेबसाइट सुरक्षित बनाउन साइबर सुरक्षा केन्द्रको निर्देशन

Table of Content

काठमाण्डौ – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सरकारी वेबसाइट र सूचना प्रविधि प्रणालीलाई सुरक्षित बनाउन नयाँ निर्देशन जारी गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको केन्द्रले सङ्घीय मन्त्रालय, आयोग, सचिवालय, प्रदेश मन्त्रालय र पालिकालाई  पत्राचार गरेको हो । केन्द्रका अनुसार वेबसाइट र विभिन्न सफ्टवेयर बनाउन प्रयोग गरिने प्रविधिमा गम्भीर सुरक्षा कमजोरी फेला परेका छन् ।

यी कमजोरीको फाइदा उठाएर सरकारी प्रणालीमा अनधिकृत पहुँच प्राप्त गर्न, सेवा अवरुद्ध गर्न वा प्रणालीमा भइरहेका काम नियन्त्रण गर्न सक्ने जोखिम बढेपछि केन्द्रले यस्तो कदम चालेको हो ।

यसबाट बच्न सरकारी निकायले आफ्ना प्रणालीमा प्रयोग भइरहेको सफ्टवेयर बनाउन प्रयोग गरिने प्रविधिको संस्करण जाँच गरी नयाँ संस्करणमा अद्यावधिक गर्नुपर्नेछ । केन्द्रले सरकारी वेबसाइट सुरक्षित बनाउन वैध प्रमाणपत्र अनिवार्य रूपमा प्रयोग गर्न निर्देशन दिएको छ ।

यस्तो प्रमाणपत्रले वेबसाइट र प्रयोगकर्ताबीच आदानप्रदान हुने सूचना सुरक्षित राख्न मद्दत गर्छ । सबै सरकारी निकायले आफ्ना वेबसाइटमा प्रयोग भएको प्रमाणपत्रको म्याद जाँच गर्नुपर्नेछ । प्रमाणपत्र नभएका वा म्याद सकिएका वेबसाइटमा विश्वसनीय निकायबाट नयाँ प्रमाणपत्र लिएर जडान गर्नुपर्नेछ । केन्द्रले वेबसाइटलाई सुरक्षित एचटीटीपीएस अर्थात सुरक्षित सञ्चार प्रणालीबाट मात्र सञ्चालन गर्न पनि भनेको छ ।

साथै, सुरक्षित नभएका पुराना सुरक्षा प्रोटोकल बन्द गरी सुरक्षित प्रोटोकल प्रयोग गर्नुपर्नेछ । वेबसाइटमा प्रयोग भएका सुरक्षा प्रमाणपत्रको म्याद सकिनुअघि नै नवीकरण गर्ने व्यवस्था मिलाउन पनि केन्द्रले निर्देशन दिएको छ ।

यसका साथै वेबसाइटमा देखिन सक्ने अन्य सुरक्षा कमजोरी पहिचान गरी समयमै समाधान गर्न सरकारी निकायलाई आग्रह गरिएको छ । केन्द्रका अनुसार यी उपाय अपनाउँदा सरकारी वेबसाइटमा साइबर आक्रमणको जोखिम कम गर्न, नागरिकका व्यक्तिगत विवरण सुरक्षित राख्न र संवेदनशील सरकारी सूचना चुहिनबाट जोगाउन मद्दत पुग्नेछ ।

CYBER-2-1793241152.jpg

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

केपी ओलीको प्रश्न– ‘ओली, देउवा र प्रचण्डलाई थुन्दिन्छु रे ! हामी मजाकका पात्र हौँ ?’

काठमाडौं, मंसिर २ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफू, नेपाली काँग्रेसका निवर्तमान पार्टी सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिष्ट पाटीका संयोजक पुष्पकमल दाहाललाई पक्राउ गर्ने धम्की दिएको बताउनुभएको छ । पार्टीको राष्ट्रिय भेलामा सम्बोधन गर्दै उहाँले प्रहरी महानिरीक्षक (आईजीपी)ले आफूहरुलाई पक्राउ गर्ने अभिव्यक्ति दिएको आरोप लगाउनु भयो । राजनीतिक नेतृत्वलाई पक्राउ गर्ने...

चितवनमा ट्राफिक लाइट सञ्चालनको तयारी तीव्र, केही दिनभित्रै सञ्चालनमा आउने

चितवनको भरतपुर महानगरपालिकाका ६ वटा मुख्य चोकमा जडान गरिएका ट्राफिक लाइट छिट्टै सञ्चालनमा आउने भएका छन्। ट्राफिक लाइट सञ्चालनका लागि आवश्यक सडक पूर्वाधार निर्माण तथा व्यवस्थापनको काम तीव्र पारिएको छ। ट्राफिक लाइट सञ्चालनलाई व्यवस्थित बनाउन आज बुधबारदेखि ६ वटै स्थानमा लेन मार्किङ, स्टपिङ लाइन तथा जेब्रा क्रसिङलगायतका सडक रेखाङ्कन गर्ने काम सुरु गरिएको छ। दसैँ,...

इन्टरनेट सेवा प्रदायकलाई सेवा दस्तुर दाखिलासम्बन्धी विवरण १० दिनभित्र पेस गर्न निर्देशन

काठमाण्डौ – नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवा दस्तुर (टीएससी) दाखिलासम्बन्धी विवरण तथा आवश्यक कागजात १० दिनभित्र पेस गर्न निर्देशन दिएको छ । प्राधिकरणले आर्थिक ऐन, २०८३ को व्यवस्था कार्यान्वयन गर्ने क्रममा दूरसञ्चार सेवा सञ्चालन गर्न अनुमतिपत्र प्राप्त गरी सेवा प्रदान गरिरहेका सबै इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको हो । प्राधिकरणले आज सार्वजनिक सूचनामार्फत आर्थिक वर्ष...

पूर्वाधार मन्त्रालयद्वारा सात इन्जिनियर सेवाबाट बर्खास्त

काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले सातजना इन्जिनियरलाई सेवाबाट हटाएको छ । भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी सेवाबाट हटाइएको मन्त्रालयले जनाएको छ ।  कार्यालयमा हाजिर नभएको र बिदा स्वीकृत नगरी बिदा बसेको भन्दै मन्त्रालयले उनीहरूलाई हटाएको प्रस्ट पारेको छ ।  सेवाबाट हटाइएका इन्जिनियरहरूमा पुजन न्यौपाने, सृष्टि भुषाल, सम्योग श्रेष्ठ, आस्था आचार्य, नरेश थापा, रमेशप्रसाद पौडेल...

गुल्मीमा प्रहरी क्वार्टरभित्रै इन्स्पेक्टर मृत भेटिए

जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) पर्वतकुमार केसी निवासमै मृत फेला परेका छन् । सिनियर अधिकृत निवास क्वार्टरमा बस्दै आएका केसी मंगलबार बिहान मृत फेला परेको डीएसपी विरेन्द्रवीर विश्वकर्माले लोकान्तरलाई जानकारी दिए । उनका अनुसार बिहान साढे ढिलासम्म पनि नउठेपछि प्रहरीले निवासमा गएर हेर्दा उनी अचेत अवस्थामा भेटिएका थिए । अचेत अवस्थामा भेटिएका...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०