काठमाण्डाै – नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले विशेष छुट सुविधासहितको घर कर्जा योजना सार्वजनिक गरेको छ ।
बैंकले आफ्नो स्थापनाको ९०औँ वार्षिकोत्सवको अवसर पारेर ९० दिनका लागि न्यून ब्याजदर तथा सेवा शुल्कमा सर्वसुलभ आवास कर्जा योजना ल्याएको हो । याेजनाअन्तर्गत ग्राहकले घर खरिद, घर निर्माण तथा मर्मत र अपार्टमेन्टसमेत खरिद गर्न सक्नेछन् ।
आधार दरमा ०.५ प्रतिशत प्रिमियम ब्याजदरबाट प्रारम्भ हुने यो कर्जाको अवधि अधिकतम २५ वर्षसम्म हुनेछ जसमा ०.२५ प्रतिशत मात्र सेवा शुल्क लाग्नेछ ।
यो कर्जा लिने ग्राहकले बैंकबाट ५ लाख रुपैयाँसम्मको लाइफटाइम निःशुल्क क्रेडिट कार्ड सुविधा र लकर सुविधाको वार्षिक शुल्कमा ५० प्रतिशत छुट पाउनेछन् ।
यो योजनाको अवधि आउँदाे आइतवार कात्तिक १५ गतेदेखि माघ १५ गतेसम्मका लागि रहने छ ।
नेपाल बैंक लिमिटेड यही कात्तिक ३० गते साेमवार ९०औँ वर्षमा प्रवेश गर्दैछ ।
