"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

चितवनमा रगत अभाव भएपछि राप्तीमा घुम्ती रक्तदान, १७ महिलासहित ८० जनाले गरे रक्तदान

Table of Content

२०८३ कार्तिक १२
चितवनमा देखिएको रगत अभावलाई मध्यनजर गर्दै नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्र, भरतपुर चितवनले राप्ती नगरपालिकाको विभिन्न स्थानहरुमा आयोजना गरेको बृहत घुम्ती रक्तदान कार्यक्रममा १७ जना महिला सहित जम्मा ८० जनाले रक्तदान गरेका छन । घुम्ती रक्तदान कार्यक्रम पिप्ले चोक, सिमरा चोक, आइरिस इङलिस एकेडेमी, ग्रामीण साकोस प्राङ्गण, भण्डारा बजार र राप्ती खेलकुद तथा पर्यटन महोत्सव स्थलमा आयोजना गरिएको थियो । रक्तदान कार्यक्रम राप्ती नगरपालिका स्थित विभिन्न संघ संस्था, रेडक्रस उपशाखा तथा विद्यालयहरु संगको सहकार्यमा सम्पन्न भएको छ ।
हाल चितवनमा रगतको चरम अभाव भएकोले प्रादेशिक रक्तसञ्चार केन्द्र, भरतपुरले रक्तदान कार्यक्रम आयोजना गरिदिन समेत अनुरोध गरेको छ ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

चितवनमा रगत अभाव भएपछि राप्तीमा घुम्ती रक्तदान, १७ महिलासहित ८० जनाले गरे रक्तदान

२०८३ कार्तिक १२चितवनमा देखिएको रगत अभावलाई मध्यनजर गर्दै नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्र, भरतपुर चितवनले राप्ती नगरपालिकाको विभिन्न स्थानहरुमा आयोजना गरेको बृहत घुम्ती रक्तदान कार्यक्रममा १७ जना महिला सहित जम्मा ८० जनाले रक्तदान गरेका छन । घुम्ती रक्तदान कार्यक्रम पिप्ले चोक, सिमरा चोक, आइरिस इङलिस एकेडेमी, ग्रामीण साकोस प्राङ्गण, भण्डारा बजार र राप्ती खेलकुद...

वीरेन्द्रनगरमा राप्ती खेलकुद तथा पर्यटन महोत्सव–२०८३ सुरु

चितवन। चितवनको राप्ती नगरपालिका–७, वीरेन्द्रनगरस्थित आदर्श माध्यमिक विद्यालयको चौरमा बिहीबारदेखि राप्ती खेलकुद तथा पर्यटन महोत्सव–२०८३ सुरु भएको छ। कार्तिक १३ गतेदेखि २३ गतेसम्म सञ्चालन हुने महोत्सवको उद्घाटन राप्ती नगरपालिकाका नगर प्रमुख शमशेर लामाले गर्नुभएको हो। महोत्सवमा विभिन्न सांस्कृतिक नृत्य, मनोरञ्जनात्मक कार्यक्रम तथा राष्ट्रिय कलाकारहरूको विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ। खेलकुद तथा सांस्कृतिक कार्यक्रममार्फत आन्तरिक...

सरकारी वेबसाइट सुरक्षित बनाउन साइबर सुरक्षा केन्द्रको निर्देशन

काठमाण्डौ – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सरकारी वेबसाइट र सूचना प्रविधि प्रणालीलाई सुरक्षित बनाउन नयाँ निर्देशन जारी गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको केन्द्रले सङ्घीय मन्त्रालय, आयोग, सचिवालय, प्रदेश मन्त्रालय र पालिकालाई  पत्राचार गरेको हो । केन्द्रका अनुसार वेबसाइट र विभिन्न सफ्टवेयर बनाउन प्रयोग गरिने प्रविधिमा गम्भीर सुरक्षा कमजोरी फेला परेका छन् ।...

नेपाल बैंकको ९०औँ वार्षिकोत्सवको अवसरमा घर कर्जामा विशेष अफर सार्वजनिक

काठमाण्डाै – नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले विशेष छुट सुविधासहितको घर कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले आफ्नो स्थापनाको ९०औँ वार्षिकोत्सवको अवसर पारेर ९० दिनका लागि न्यून ब्याजदर तथा सेवा शुल्कमा सर्वसुलभ आवास कर्जा योजना ल्याएको हो । याेजनाअन्तर्गत ग्राहकले घर खरिद, घर निर्माण तथा मर्मत र अपार्टमेन्टसमेत खरिद गर्न सक्नेछन् । आधार दरमा...

एन्फा मुख्यालयकाे ताला खुल्याे

काठमाण्डाै – लामो समयदेखि बन्द रहेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मुख्यालयको ताला बहुमत सदस्यले खोलेका छन् । एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको नेतृत्वमा बहुमत सदस्यले आज सातदोबाटोमा रहेको एन्फाको ताला खोलेका हुन् । यसैबीच उपाध्यक्ष खड्काले पर्सि शुक्रवार १३ गतेका लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाउनुभएको छ । उहाँका अनुसार बैठकमा फिफाले एन्फामाथि लगाएको प्रतिबन्ध,...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०