राप्ती नगरपालिकाका नगर प्रमुख शमशेर लामाको अध्यक्षतामा SaMi (सुरक्षित आप्रवासन) कार्यक्रमअन्तर्गत स्थानीय कार्यक्रम कार्यान्वयन समिति बैठक सम्पन्न भएको छ।
बैठकमा सामाजिक विकास समिति संयोजक एवं वडा नं. ७ का वडा अध्यक्ष सुमिता डल्लाकोटी, प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेल, योजना शाखा, प्रशासन शाखा, न्यायिक शाखा, स्वास्थ्य शाखा तथा आर्थिक प्रशासन शाखाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
त्यसैगरी, वैदेशिक रोजगार बोर्डका कार्यक्रम अधिकृत शैलेन्द्र मिश्र, SaMi कार्यक्रमका जिल्ला संयोजक सूर्यप्रसाद पौडेल तथा रोजगार संयोजक दिपेन्द्र चौधरीलगायत सरोकारवालाहरूको सहभागिता रहेको थियो।
बैठकमा सुरक्षित वैदेशिक रोजगारी, वैदेशिक रोजगारसम्बन्धी सूचना तथा परामर्श, आप्रवासी श्रमिक र उनीहरूका परिवारको हकहित संरक्षण तथा स्थानीय तहमा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका विषयमा छलफल गरिएको थियो।
वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन स्थानीय सरकार तथा सम्बन्धित सरोकारवाला निकायबीच समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा बैठकमा जोड दिइएको छ।
