"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

एन्फा अध्यक्ष र महासचिवसहित ४ जनालाई स्पष्टीकरण सोध्ने निर्णय

Table of Content

काठमाण्डौ – नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) भित्रको विवाद र अन्योल थप पेचिलो बनेको छ ।

वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको अध्यक्षतामा आज बसेको बहुमत सदस्य बैठकले अध्यक्ष पंकजविक्रम नेम्वाङ, महासचिव किरण राई, कोषाध्यक्ष रविन्द्र जोशी र लेखापाल सञ्जिव पाण्डेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

पछिल्लो समय एन्फाका बारेमा आएको विषयवस्तुबारे सम्बन्धित व्यक्तिबाटै जानकारीका लागि पत्राचार गर्ने निर्णय भएको सहायक महासचिव बद्री भट्टराईले जानकारी दिनुभयो ।

आजको बैठकमा एन्फा कार्यसमितिका २० मध्ये १२ जना सहभागी थिए । बैठकले अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र सरकारसँग समन्वय गर्न उपाध्यक्ष दीपक खतिवडाको नेतृत्वमा समन्वय समिति गठन गरेको छ ।

खेल मिलेमतो तथा ठगीसम्बन्धी कसुरमा मुुद्दा परेका अध्यक्ष नेम्बाङ र महासचिव राई समान ५ लाख तथा कोषाध्यक्ष जोशी १५ र लेखापाल पाण्डे १२ लाख धरौटीमा यसअघि रिहा भएका छन् । तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै फिफाबाट एन्फा निलम्बनमा छ ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

डा.गोविन्द केसीसँग भएका सहमति कार्यान्वयनको प्रक्रियामा : शिक्षा मन्त्रालय

काठमाण्डौ – शिक्षा तथा खेलकुद मन्त्रालयले डा. गोविन्द केसीसँग भएका सहमतिका बुँदा कार्यान्वयनका लागि कार्यदल गठन गरेर आवश्यक प्रक्रिया अघि बढाएको जनाएको छ । मन्त्रालयले चिकित्सा शिक्षाको गुणस्तर सुधार, पहुँच विस्तार, शैक्षिक सुशासन तथा चिकित्सा शिक्षा क्षेत्रका समस्या समाधानका लागि नीतिगत र संस्थागत सुधारलाई प्राथमिकताका साथ अघि बढाएको जनाएको हो । शिक्षा मन्त्रालयका प्रवक्ता श्रीप्रसाद...

आधुनिक प्रविधिको पहुँच नहुँदा बेपत्ता नागरिकको खोजी कार्य चुनौतीपूर्ण : नेपाल प्रहरी

काठमाण्डौ – नेपाल प्रहरीले आधुनिक प्रविधिको पहुँच नहुँदा बेपत्ता नागरिकको खोजी कार्य थप चुनौतीपूर्ण बनेको जनाएको छ । संसदको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन विशेष समितिको बैठकमा नेपाल प्रहरीको तर्फबाट प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले बेपत्ता तथा शव खोजीमा आधुनिक प्रविधिको अभाव रहेको बताउनुभयो । विपद्का बेला पुरिएका वा बेपत्ता भएका व्यक्तिको खोजतलास...

नेप्से आज सामान्य अङ्कले घट्यो

काठमाण्डौ – धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५ दशमलव ४५ अङ्कले घटेर दुई हजार ६९०.१५ बिन्दुमा झरेको छ । आज शुक्रबार विभिन्न कम्पनीका दुई करोड २८ लाख ६२ हजार ५५४ कित्ता शेयर आठ अर्ब ८९ करोड १५ लाख ९५ हजार १४५...

एन्फा अध्यक्ष र महासचिवसहित ४ जनालाई स्पष्टीकरण सोध्ने निर्णय

काठमाण्डौ – नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) भित्रको विवाद र अन्योल थप पेचिलो बनेको छ । वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको अध्यक्षतामा आज बसेको बहुमत सदस्य बैठकले अध्यक्ष पंकजविक्रम नेम्वाङ, महासचिव किरण राई, कोषाध्यक्ष रविन्द्र जोशी र लेखापाल सञ्जिव पाण्डेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । पछिल्लो समय एन्फाका बारेमा आएको विषयवस्तुबारे...

राप्ती नगरपालिकामा SaMi कार्यक्रमको स्थानीय कार्यक्रम कार्यान्वयन समिति बैठक सम्पन्न

राप्ती नगरपालिकाका नगर प्रमुख शमशेर लामाको अध्यक्षतामा SaMi (सुरक्षित आप्रवासन) कार्यक्रमअन्तर्गत स्थानीय कार्यक्रम कार्यान्वयन समिति बैठक सम्पन्न भएको छ। बैठकमा सामाजिक विकास समिति संयोजक एवं वडा नं. ७ का वडा अध्यक्ष सुमिता डल्लाकोटी, प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेल, योजना शाखा, प्रशासन शाखा, न्यायिक शाखा, स्वास्थ्य शाखा तथा आर्थिक प्रशासन शाखाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। त्यसैगरी,...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०