"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

भोटेकोशी बाढीबाट प्रभावित ४ हजार १०८ परिवारलाई नगद सहयोग

Table of Content

काठमाण्डौ – सरकारले भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद सहायता वितरण गरेको छ ।

विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी)ले उपलब्ध गराएको रकम दोहोरोपना हुन नदिने गरी एकद्वार प्रणालीमार्फत वितरण गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार पालिकासँगको समन्वयमा प्रभावित परिवारको पहिचान गरी रसुवाका पाँच, नुवाकोटका ४ र धादिङका २ गरी ११ पालिकाका प्रभावित परिवारलाई सहायता उपलब्ध गराइएको हो ।

तथ्याङ्क प्रमाणीकरण हुन बाँकी रहेका झण्डै एक हजार ४०० परिवारलाई पनि ३ दिनभित्र रकम वितरण गरिसक्ने सरकारको तयारी छ । बाढी प्रभावितको दीर्घकालीन पुनर्स्थापना तथा व्यवस्थापनका लागि पनि काम भइरहेको सरकारको भनाइ छ । 

यसैबीच राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीले भोटेकोशी बाढीपीडितका लागि ३ वर्षभित्र स्थायी आवास निर्माण गरी हस्तान्तरण गर्ने लक्ष्यका साथ काम अघि बनाएको बताउनु भएको छ ।उहाँले प्रभावितलाई ६ महिनाभित्र अस्थायी आवासमा स्थानान्तरण गर्ने जानकारी दिनुभयो ।

नेपाल वातावरण पत्रकार समूहले आयोजना गरेको ‘भोटेकोशी बाढीः पुनःस्थापनाको सवाल’ कार्यक्रममा प्रमुख उप्रेतीले रसुवा, नुवाकोट, गोरखा र धादिङका पाँच हजार ११६ परिवारलाई स्थायी बसोबासको व्यवस्था गर्नुअघि अस्थायी आवास निर्माण गर्ने जानकारी दिनुभयो ।

सरकारले बाढीपीडित परिवारलाई पाँच महिनासम्म मासिक १५ हजार रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ । ४ जनाभन्दा बढी सदस्य भएका परिवारलाई प्रत्येक थप सदस्यका लागि २ हजार रुपैयाँका दरले थप रकम उपलब्ध गराइनेछ ।

प्रभावित परिवारलाई आउँदा तीन महिनाका लागि ४५ हजारका दरले आर्थिक सहायता उपलब्ध गराउने प्रक्रिया पनि अघि बढाएको उहाँले बताउनुभयो ।

टिमुरेमा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक फूर्वु दोर्जेले बाढीमा विद्यालयका १० विद्यार्थी बेपत्ता भएको र भवन पूर्ण रूपमा नष्ट भएकाले आउँदा दिनमा विद्यालय सञ्चालन तथा शैक्षिक वातावरणबारे अन्योल रहेको बताउनुभयो ।

रसुवाका पत्रकार निराजन पौडेलले बाढीमा आफ्ना आमाबुवा सहित परिवारका ५ सदस्य गुमाएको र बाढी आएको ५० दिन बितिसक्दा पनि राहत नपाएको गुनासो गर्नुभयो ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

चितवनमा रक्तदान प्रिमियर लिग हुँदै, विजेता टोलीलाई एक लाख रुपैयाँ पुरस्कार

भरतपुर, असोज २९- रक्तदान संस्कृतिको विकास, युवापुस्तामा मानवीय सेवाभावको अभिवृद्धि तथा रक्तदानसम्बन्धी जनचेतना विस्तार गर्ने उद्देश्यले चितवनमा ‘रक्तदान प्रिमियर लिग’ आयोजना हुने भएको छ। नेपाल रक्तदाता संगठनको आयोजनामा सञ्चालन हुन लागेको उक्त प्रिमियर लिग आगामी मङ्सिर महिनादेखि सुरु हुने भएको हो। रक्तदानलाई सामाजिक अभियानका रूपमा स्थापित गर्दै विद्यालय तहदेखि नै विद्यार्थीहरूलाई मानवीय सेवामा सहभागी गराउने...

कालिकाका ४२ चेपाङ परिवारलाई दसैँका लागि खाद्यान्न सहयोग

चितवन, असोज २९- चितवनको कालिका नगरपालिका–१० स्थित मेत्राङ र कासवाङका ४२ घरधुरीलाई दसैँका लागि खाद्यान्न सहयोग गरिएको छ। चाडपर्वका बेला विपन्न परिवारलाई राहत पु¥याउने उद्देश्यले चामल, तेल, दाल, भटमास र भुजा वितरण गरिएको हो । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि एवं सामाजिक अगुवा विनोद ढकाल र नेपाली कांग्रेस भरतपुर महानगर सभापति बुद्धिकान्त न्यौपानेको पहलमा खाद्यान्न वितरण...

भरतपुर विमानस्थलबारे चितवन प्रशासनको चासो परिसर सुधार गर्न निर्देशन

चितवन । भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला प्रशासनले अनुगमन गरी सम्बन्धीत कार्यालयलाई सचेत गराएको छ । विमानस्थल परिसरभित्र रहेका शौचालय दुर्गन्धित भएको, नियमित सरसफाइ नभएको, विमानस्थल परिसरलाई आवश्यक सौन्दर्यता दिने काम नगरिएकोजस्ता गुनासो आएपछि अनुगमन गरिएको हो । चितवन क्षेत्र नं ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहेकी कानुन, न्याय तथा संसदीय मामिलामन्त्री...

चितवनमा मंसिर २५ देखि ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ हुने

चितवन । सुस्ताउँदै गएको घरजग्गा व्यवसायलाई चलायमान बनाउने र निर्माण क्षेत्रमार्फत आर्थिक गतिविधि बढाउने उद्देश्यले चितवनमा ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुने भएको छ भिग्रुप इभेन्ट्स र एसवन होम्सको आयोजनामा एक्स्पोको दोस्रो संस्करण आगामी मंसिर २५ देखि २७ गतेसम्म चितवन उद्योग संघको एक्स्पो सेन्टरमा सञ्चालन हुनेछ। एक्स्पोमा आधुनिक निर्माण सामग्री, घरको डिजाइन, निर्माण प्रविधि तथा सुरक्षित...

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी

काठमाण्डाै – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्दै स्तनपानको संरक्षण, प्रवर्द्धन र सहयोग गर्न ‘मातृ शिशुमैत्री स्वास्थ्य संस्था कार्यक्रम सञ्चालन निर्देशिका २०८३’ जारी गरेको छ । यसअघिको ‘स्वास्थ्य संस्थामा मातृ शिशुमैत्री सेवा अभियान निर्देशिका २०७३’ का कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउन नयाँ निर्देशिका जारी गरिएको मन्त्रालयले जानकारी दिएको छ ।...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०