"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

कुशल भुर्तेलले एकै ओभरमा हाने छ छक्का

Table of Content

काठमाडौँ ।  नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनिङ ब्याटर कुशल भुर्तेलले एसियन गेम्स छनोटअन्तर्गत चीनविरुद्धको खेलमा एकै ओभरमा ६ छक्का प्रहार गर्दै ऐतिहासिक कीर्तिमान कायम गरेका छन्।

भुर्तेलले इनिङ्सको नवौँ ओभरमा लगातार ६ बलमा ६ छक्का प्रहार गर्दै नेपालका लागि यस्तो उपलब्धि हासिल गर्ने दोस्रो खेलाडी बनेका छन्। यसका साथै उनी विश्व क्रिकेटमा एकै ओभरमा ६ छक्का प्रहार गर्ने छैटौँ खेलाडीका रूपमा समेत दर्ज भएका छन्।

यसअघि नेपालका अलराउन्डर दिपेन्द्र सिंह ऐरीले सन् २०२३ मा एसीसी प्रिमियर कपअन्तर्गत कतारविरुद्धको खेलमा २०औँ ओभरमा ६ छक्का प्रहार गर्दै यो कीर्तिमान बनाएका थिए।

मैदानमा आक्रामक ब्याटिङ गरिरहेका भुर्तेलले यो समाचार तयार पार्दासम्म ४२ बलमा १२९ रन बनाएर अविजित खेलिरहेका छन्। उनलाई अर्का ब्याट्सम्यान कुशल मल्लले साथ दिइरहेका छन्, जसले २७ बलमा ४२ रन बनाएर खेलिरहेका छन्।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

कुशल भुर्तेलले एकै ओभरमा हाने छ छक्का

काठमाडौँ ।  नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनिङ ब्याटर कुशल भुर्तेलले एसियन गेम्स छनोटअन्तर्गत चीनविरुद्धको खेलमा एकै ओभरमा ६ छक्का प्रहार गर्दै ऐतिहासिक कीर्तिमान कायम गरेका छन्। भुर्तेलले इनिङ्सको नवौँ ओभरमा लगातार ६ बलमा ६ छक्का प्रहार गर्दै नेपालका लागि यस्तो उपलब्धि हासिल गर्ने दोस्रो खेलाडी बनेका छन्। यसका साथै उनी विश्व क्रिकेटमा एकै ओभरमा ६...

आइपीएलको उपाधिका लागि बेङ्गलुरु र गुजरात भिड्दै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल २०२६) को फाइनलमा आज साविक विजेता रोयल च्यालेन्जर्स बेङ्गलुरु र गुजरात टाइटन्सबीच अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा उपाधिका लागि कडा प्रतिस्पर्धा हुँदैछ । नेपाली समय अनुसार बेलुकी पौने आठ बजे सुरु हुने फाइनलमा दुवै टोली दोस्रो पटक आईपीएलको ट्रफी उचाल्ने दाउमा मैदान उत्रनेछन्। रजत पाटीदारको कप्तानीमा रहेको बेङ्गलुरुले गत संस्करणामा...

सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत आज दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा) को बैठक बस्दै छ। संसद् सचिवालयले दुवै सदनका लागि छुट्टाछुट्टै समय र विभिन्न कार्यसूचीहरू निर्धारण गरेको छ। बिहान सवा ११ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा मुख्यतया प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विभिन्न विधेयकहरूमाथि छलफल र पारित गर्ने कार्यसूची रहेको छ। बैठकमा प्रधानमन्त्री एवं गृहमन्त्री...

जडीबुटीमा गोली चलाएर प्रहरीले लुटेरालाई समात्यो

जडीबुटीमा गोली चलाएर प्रहरीले लुटेरालाई समात्यो काठमाण्डौ – काठमाण्डौको जडीबुटीमा प्रहरीले गोली चलाएर एक जनालाई पक्राउ गरेको छ ।  जडीबुटीमा रहेको रोयल पार्टी प्यालेस नजिकै जिल्ला प्रहरी परिसर काठमाण्डौको टोलीले गोली चलाएर एक जना लुटेरालाई पक्राउ गरेको हो ।  पक्राउ पर्नेमा काठमाण्डौको भद्रकाली घर भएका गणेश कार्की छन् । उनको बायाँ खुट्टामा गोली लागेको जिल्ला...

विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगमा, चार करोड बालबालिका समेत जोखिममा

काठमाडौँ, १७ जेठः आज विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस विश्वका विभिन्न देशमा चेतनामूलक कार्यक्रमका साथ मनाइँदै छ ।  हरेक वर्ष मे ३१ मा मनाइने यो दिवसको उद्देश्य सुर्तीजन्य पदार्थको प्रयोगबाट हुने स्वास्थ्य जोखिम, सुर्ती उद्योगका व्यावसायिक रणनीति, सुर्ती नियन्त्रणका लागि विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)ले गरिरहेका प्रयास तथा स्वस्थ जीवनयापन र भावी पुस्ताको संरक्षणका लागि आवश्यक कदमबारे...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०