"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

खैरहनीका ८७ किसानलाई शतप्रतिशत अनुदानमा तोरीको मूल बीउ वितरण

Table of Content

नारायणगढ (चितवन), कात्तिक १७ –

खैरहनी नगरपालिकामा तोरीको गुणस्तरीय बीउ उत्पादन तथा प्रवर्द्धन गर्ने उद्देश्यले ८७ जना किसानलाई शतप्रतिशत अनुदानमा तोरीको मूल बीउ वितरण गरिएको छ ।

जलवायु उत्थानशील खाद्यबालीको प्रदर्शन तथा प्रवर्द्धन कार्यक्रमअन्तर्गत राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी)को आर्थिक सहयोग तथा खैरहनी नगरपालिकाको समन्वय, सहकार्य र प्राविधिक सहयोगमा ‘प्रीति’ जातको तोरीको मूल बीउ वितरण गरिएको हो ।

खैरहनी नगरपालिकाका कृषि अधिकृत सृजना श्रेष्ठका अनुसार कार्यक्रमका लागि सार्वजनिक सूचना आह्वान गरी तोकिएको मापदण्डका आधारमा नगरपालिकाभित्र रहेको एकमात्र सहकारी संस्था साना किसान कृषि सहकारी संस्था लिमिटेड, खैरहनी–१३ छनोट गरिएको हो ।

उक्त सहकारीमार्फत ८७ जना किसानलाई करिब ५०० केजी तोरीको बीउ वितरण गरिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार किसानलाई तोरीको बीउसँगै मल तथा विषादीसमेत वितरण गरिएको छ ।

“यो कार्यक्रमको मुख्य उद्देश्य जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा देखिएका जोखिमसँग जुध्न किसानको अनुकूलन क्षमता बढाउनु, गुणस्तरीय बीउ किसानको पहुँचसम्म पु¥याउनु र उत्पादन तथा उत्पादकत्व वृद्धि गर्नु हो ।”

उहाँले भन्नुभयो, “यसका साथै खैरहनी नगरपालिकालाई बीउमा आत्मनिर्भर बनाउने हाम्रो लक्ष्य रहेको छ ।” कार्यक्रमअन्तर्गत छनोट भएको सहकारी संस्थाले किसानबाट प्रोत्साहन रकमसहित बीउ खरिद गर्ने व्यवस्था गरिएको श्रेष्ठले बताउनुभयो ।

किसानलाई बीउ उत्पादनमा प्रोत्साहित गर्नुका साथै नगरपालिकामा दिगो बीउ उत्पादन प्रणाली विकास हुने अपेक्षा गरिएको उहाँको भनाइ छ । खैरहनी नगरपालिका तोरी उत्पादन हुने क्षेत्रका रूपमा परिचित छ । नगरपालिकामा गत वर्ष एक हजार ९१२ हेक्टर क्षेत्रफलमा तोरीखेती गरिएकामा एक हजार २७५ मेट्रिक टन उत्पादन भएको थियो ।

अहिले किसान तोरी लगाउन व्यस्त छन् । यद्यपि, वर्षाका कारण तोरी लगाउन केही समस्या भएको नगरपालिकाले जनाएको छ ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

खैरहनीका ८७ किसानलाई शतप्रतिशत अनुदानमा तोरीको मूल बीउ वितरण

नारायणगढ (चितवन), कात्तिक १७ – खैरहनी नगरपालिकामा तोरीको गुणस्तरीय बीउ उत्पादन तथा प्रवर्द्धन गर्ने उद्देश्यले ८७ जना किसानलाई शतप्रतिशत अनुदानमा तोरीको मूल बीउ वितरण गरिएको छ । जलवायु उत्थानशील खाद्यबालीको प्रदर्शन तथा प्रवर्द्धन कार्यक्रमअन्तर्गत राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी)को आर्थिक सहयोग तथा खैरहनी नगरपालिकाको समन्वय, सहकार्य र प्राविधिक सहयोगमा ‘प्रीति’ जातको तोरीको मूल बीउ वितरण...

एनपीएल : विराटनगरले जनकपुरलाई २ रनले हरायाे

काठमाण्डाै – नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किङ्ग्सले जनकपुर बोल्ट्समाथि २ रनको रोमाञ्चक जीत हासिल गरेको छ । विराटनगरले दिएको १७५ रनको लक्ष्य पछ्याएको जनकपुरले २० ओभरमा ७ विकेट गुमाएर १७२ रन बनायो । जनकपुरका सैफ हसनले ७१, विशाल शुस्लिङले ४३, जेम्स नीशमले २७ रन बनाए । विराटनगरका आन्द्रे रसेलले ४, एन्जेलो म्याथ्युजले २...

चितवनमा ६ लाख बढी मूल्यको पटाका बरामद, दुई भारतीय नागरिक पक्राउ

चितवन, कार्तिक १७– जिल्ला प्रहरी कार्यालय चितवनले ६ लाख बढी मूल्यको पटाकाजन्य विष्फोटक पदार्थ बरामद गरेको छ । झिरझिरे, खुर्सानी, चक्र, रकेट लगायतका पटाकाजन्य विस्फोटक पदार्थ प्रहरीले बरामद गरेको हो । ८० हजार ३७२ पिसको पटाकाको बजार मूल्य ६ लाख २३ हजार ४६५ रुपैयाँ चितवन प्रहरीले जनाएको छ । यस्तै प्रहरीले १ लाख ७२ हजार...

मैदानमा गोलकिपरसँग ठाेक्किएपछि स्पेनी खेलाडीकाे ज्यान गयाे

काठमाण्डाै – स्पेनी दोस्रो डिभिजनको फुटबल खेलका क्रममा गम्भीर घाइते भएका सीडी टेनेरिफका स्ट्राइकर जेसुस डे मिगुएलको ज्यान गएको छ । हिजो एन्डोरासँगको खेलका क्रममा गोलकिपर जेसुस ओवोनेसँग ठोक्किँदा ३० वर्षीय डे मिगुएलको टाउको र छातीमा चोट लागेको थियो । यस घटनाका लागि रेफ्रीले गोलकिपरलाई रातो कार्ड देखाएका थिए । यसपछि खेल रद्द गरिएको थियो...

भाइटीकाको शुभसाइत बिहान ११ बजेर ७ मिनेटमा

काठमाण्डाै – यस वर्षको तिहारअन्तर्गत भाइटीकाको शुभसाइत कात्तिक २५ गते बिहान ११ बजेर ७ मिनेटमा रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक तथा उपसचिव घनश्याम भुसालका अनुसार २०८३ सालको भाइटीकाका लागि बिहान ११ बजेर ७ मिनेटमा उत्तम साइतका रूपमा निर्धारण गरिएको हो । यस वर्ष यमपञ्चकका पर्वहरू कात्तिक २० गते शुक्रवारदेखि शुरू...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०