"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

चितवनमा जनकको तीन करोडको पाठ्यपुस्तक बिक्री

Table of Content

भरतपुर । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय भरतपुरले चितवन जिल्लामा मात्रै तीन करोड रूपैयाँभन्दा बढीको पाठ्यपुस्तक बिक्री गरेको छ । एक महिनाको अवधिमा (चैत १६ देखि वैशाख १७ सम्म) नेपाली र अंग्रेजी माध्यम गरी तीन करोड १० लाख रूपैयाँबराबरको पाठ्यपुस्तक बिक्री भएको कार्यालयका प्रमुख धनबहादुर केसीले बताए ।

उनका अनुसार चितवनमा अंग्रेजी माध्यमका ४४ हजार २६३ थान, नेपाली माध्यमका १७ लाख ६७ हजार ८८ थान पुस्तक बिक्री भएको छ । ‘चैत १६ देखि पुस्तक बिक्री खुलाएका थियौँ, जसले जति पुस्तक मागे पनि दिइरहेका छौँ, कुनै पुस्तकको अभाव छैन’, कार्यालय प्रमुख केसीले भने ।

जनक शिक्षाले निकालेको कक्षा ३ देखि १२ सम्मको पुस्तक बिक्री गरिरहेको छ । यसपटक जनकले गत वर्षजसरी कक्षा ४, १ र २ को पाठ्यपुस्तक निकालेन । ‘गत वर्षको तुलनामा चितवनमा जनकको पुस्तक बिक्री यसवर्ष बढेको छ’, प्रमुख केसीले भने, ‘गत वर्ष शैक्षिक सत्रको अवधिमा एक महिनामा चितवन जिल्लामा अढाई करोड रूपैयाँबराबरको पुस्तक बिक्री भएको थियो, अहिले तीन करोड कटिसक्यो, अझै पनि बिक्री भइरहेको छ ।’

चितवनका ९१ व्यवसायीहरुले जनकको पुस्तक खरिद गरेका छन् । जनकको कार्यालयमा ९४ व्यवसायी सूचीकृत भए पनि ९१ व्यवसायीले मात्र पुस्तक खरिद गरेका थिए । जनकसँग सूचीकृत भएका व्यवसायीहरु सबैभन्दा बढी चितवनमा छन् । शैक्षिक सत्र सुरू भइसकेको छ । शैक्षिक सत्र सुरू हुनु १५ दिनअगावै जनकको पुस्तक व्यवसायीकहाँ पुग्न थालेको थियो ।

‘चितवनमा अझै छिटपुट किताब व्यवसायीले लगिरहेका छन्, तर अब बिक्री ज्यादै कम हुन्छ । माडी र इच्छाकामनामा पाठ्यपुस्तक कम गएको छ, त्यहाँ विद्यार्थी पनि कम छन् । सबैभन्दा बढी भरतपुर महानगरमा गयो’, प्रादेशिक कार्यालय भरतपुरका सूचना अधिकारी केदारराज विष्टले भने । उनका अनुसार मकवानपुर, पर्सा, बारामा त व्यवसायी पुस्तक खरिदका लागि भरतपुर आउनै नपर्ने वातावरण बनाइयो । जनकले उनीहरुको व्यवसाय गर्ने स्थानमै पुस्तक पुर्‍याएको विष्टले बताए ।

कार्यालयका प्रमुख धनबहादुर केसीका अनुसार प्रादेशिक कार्यालय भरतपुरबाट पूर्वी तनहुँका आँबुखैरहनी, देवघाट गाउँपालिका र नवलपरासीको पूर्वी क्षेत्र, बारा, पर्सा, रौतहट र मकवानपुरसम्म पाठ्यपुस्तक जान्छ । सबैभन्दा बढी पुस्तक रौतहट जिल्लामा बिक्री हुन्छ ।

गत वर्षजसरी यसपटक पनि कक्षा ३, ४ र ५ को पाठ्यपुस्तक निजी क्षेत्रले बिक्री गरेको थियो । प्रादेशिक कार्यालय भरतपुरले सात जिल्लामा यस शैक्षिक सत्रको एक महिनाको अवधिमा १६ करोड ६० लाख रूपैयाँबराबरको पुस्तक बिक्री गरिसकेको छ ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलको अग्रता कायमै

काठमाण्डाै – कांग्रेस महामन्त्री पदको मतगणना चलिरहँदा प्रदीप पौडेलले अग्रता कायमै राख्नुभएकाे छ । पछिल्लो मत परिणामअनुसार पौडेलले १ हजार ३७० मत प्राप्त गर्नुभएको छ । महामन्त्री पदकै प्रतिस्पर्धामा रहनुभएका उदयशमशेर राणाले अमरसिंह पुनलाई पछि पार्नुभएको छ । पछिल्लो परिणामअनुसार राणाले ७८३ मत प्राप्त गर्दा पुनले ६८७ मत पाउनुभएको छ । यस्तै अर्का प्रतिस्पर्धी सुनिल...

भारतमा ‘कक्रोच’ आन्दोलनका संस्थापकसहित ३ जना नेता रिहा

भारतमा निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने तयारीमा रहेका युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनका संस्थापक अभिजीत दिप्केसहित तीन जना नेता आज रिहा भएका छन् । नयाँ दिल्लीमा हिजो आयोजना गर्ने भनिएको बृहत् प्रदर्शन रोक्ने उद्देश्यले उनीहरूलाई नियन्त्रणमा लिइएको एक दिनपछि रिहा गरिएको हो । कक्रोच जनता पार्टी (सीजेपी) की मुख्य कानूनी सल्लाहकार रत्ना सिंहका अनुसार कार्यकारी मजिस्ट्रेटको अदालतले...

विपन्न परिवारका किशोरी अझै बालविवाहको जोखिममा : प्रतिवेदन

काठमाण्डाै – नेपालमा पछिल्लो एक दशकमा बालविवाहको दर घटे पनि अति विपन्न परिवारका किशोरी अझै धेरै जोखिममा रहेका संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) को प्रतिवेदनले देखाएको छ । अन्तर्राष्ट्रिय बालिका दिवसका अवसरमा युनिसेफले सार्वजनिक गरेको ‘नेपालमा बालविवाह अन्त्यका लागि एक दशकको तथ्याङ्क र एक आह्वान’ नामक नयाँ पैरवी प्रतिवेदनअनुसार २० देखि २४ वर्ष उमेर समूहका १८...

सानेपामा उपसभापति र महामन्त्रीको मतगणना

तपेटिककाबारे विवाद सिर्जना भएसँगै प्रभावित भएको कांग्रेस १५ औँ महाधिवेशन अन्तर्गत पदाधिकारीहरुको मतगणना सुरु भएको छ । शनिबार ढिला गरी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको मतगणना मतपेटिकाको विवादसँगै केही समय प्रभावित भएको थियो । मतगणना अगाडि बढाउने बित्तिकै सिल नगरिएको मतपेटिका भेटिएपछि विवाद सुरु भएको थियो । मधेस प्रदेशको सिल नगरेको बाकस भेटिएको थियो भने मुचुल्का...

बूढीगण्डकी बाढी : आरुघाट आधारभूत अस्पतालका बिरामी अन्तै सारिए

काठमाडौँ : बूढीगण्डकी नदीमा आएको बाढीको जोखिम बढेपछि गोरखाको आरुघाट आधारभूत अस्पतालमा भर्ना भएका बिरामीलाई एम्बुलेन्समार्फत सुरक्षित स्थानमा सारिएको छ। गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयका अनुसार हाल  आरूघाट आधारभूत अस्पतालमा उपचाररत बिरामीहरूलाई एम्बुलेन्स मार्फत सुरक्षित स्थानमा सारिएको छ भने अस्पतालका कर्मचारीहरूलाई पनि सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ। स्थानीय प्रशासन, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय युवा क्लब...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०