"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

सानेपामा उपसभापति र महामन्त्रीको मतगणना

Table of Content

तपेटिककाबारे विवाद सिर्जना भएसँगै प्रभावित भएको कांग्रेस १५ औँ महाधिवेशन अन्तर्गत पदाधिकारीहरुको मतगणना सुरु भएको छ ।

शनिबार ढिला गरी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको मतगणना मतपेटिकाको विवादसँगै केही समय प्रभावित भएको थियो ।

मतगणना अगाडि बढाउने बित्तिकै सिल नगरिएको मतपेटिका भेटिएपछि विवाद सुरु भएको थियो । मधेस प्रदेशको सिल नगरेको बाकस भेटिएको थियो भने मुचुल्का नगरेको पाइएको थियो । 

यसबारे निर्वाचन समितिले शुक्रबार भारी वर्षाका कारण हतारमा मतपेटिका सार्दा केही समस्या भएको हुनसक्ने जवाफ दिएपछि कुरा मिलेको समावेशीतर्फ उपसभापतिका उम्मेदवार रञ्जित कर्णले रातोपाटीलाई बताए ।

आज पहिलो चरणमा उपसभापति र महामन्त्रीको मतगणना गरिँदैछ । सभापतिको मतगणना यसअघि नै सकिएको छ भने वरिष्ठ उपभसभापति निर्विरोध निर्वाचित भएका छन् । 

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

सानेपामा उपसभापति र महामन्त्रीको मतगणना

तपेटिककाबारे विवाद सिर्जना भएसँगै प्रभावित भएको कांग्रेस १५ औँ महाधिवेशन अन्तर्गत पदाधिकारीहरुको मतगणना सुरु भएको छ । शनिबार ढिला गरी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको मतगणना मतपेटिकाको विवादसँगै केही समय प्रभावित भएको थियो । मतगणना अगाडि बढाउने बित्तिकै सिल नगरिएको मतपेटिका भेटिएपछि विवाद सुरु भएको थियो । मधेस प्रदेशको सिल नगरेको बाकस भेटिएको थियो भने मुचुल्का...

बूढीगण्डकी बाढी : आरुघाट आधारभूत अस्पतालका बिरामी अन्तै सारिए

काठमाडौँ : बूढीगण्डकी नदीमा आएको बाढीको जोखिम बढेपछि गोरखाको आरुघाट आधारभूत अस्पतालमा भर्ना भएका बिरामीलाई एम्बुलेन्समार्फत सुरक्षित स्थानमा सारिएको छ। गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयका अनुसार हाल  आरूघाट आधारभूत अस्पतालमा उपचाररत बिरामीहरूलाई एम्बुलेन्स मार्फत सुरक्षित स्थानमा सारिएको छ भने अस्पतालका कर्मचारीहरूलाई पनि सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ। स्थानीय प्रशासन, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय युवा क्लब...

आजदेखि शनिबारसम्म काठमाण्डौका विभिन्न ६ ठाउँमा जुनसुकै सिलिन्डर साट्न पाइने

काठमाण्डौ – आजदेखि आउँदो शनिबार फूलपातीसम्म उपभोक्ताले जुनसुकै कम्पनीका ग्यास सिलिन्डर काठमाण्डौ उपत्यकाका विभिन्न ६ ठाउँबाट साट्न पाउने भएका छन् । नेपाल एलपी ग्यास उद्योग सङ्घले दशैँमा खाना पकाउने एलपी ग्यासको आपूर्ति सुनिश्चित गर्न जुनसुकै कम्पनीको पनि ग्यास सिलिन्डर तोकिएका केन्द्रबाट साट्न सक्ने गरी व्यवस्था गरिएको जनाएको छ । सङ्घका अनुसार बालाजुको नेपाल ग्यासको उद्योग, पेप्सिकोलाको...

नुवाकोट र रसुवा जोड्ने वेत्रावतीमा बेलिब्रिज जडान : गाडी वारपार हुन थाले

काठमाण्डौ – नुवाकोट र रसुवालाई जोड्ने बेत्रावतीको फलाखु खोलामा बेलिब्रिज जडानको काम सकिएको छ । गएको भदौ १० मा आएको भोटेकोशीको बाढीले बगाएको बेत्रावती पुलको विकल्पमा नयाँ मोडुलर एक्रो ब्रिज अर्थात् (बेलिब्रिज) निर्माण सम्पन्न भएको हो । पुल निर्माणसँगै आजदेखि यो खण्डमा औपचारिकरूपमा गाडी वारपार हुन थालेका नेपाली सेनाले जनाएको छ । भोटेकोशी बाढीले वेत्रावतीको...

भारतमा सीजेपीको आह्वानमा प्रदर्शन : नयाँ दिल्लीमा सुरक्षा व्यवस्था कडा, २५० भन्दा धेरै रेल सेवाहरू रद्द

भारतमा ‘कक्रोच जनता पार्टी’ (सीजेपी) को आह्वानमा निर्वाचन आयोगका प्रमुखलाई पदमुक्त गर्न माग गर्दै आज बृहत् प्रदर्शन शुरु भएको छ । यो प्रदर्शनलाई ध्यानमा राखेर राजधानी नयाँ दिल्लीमा यसअघि हिजोदेखि नै २० हजारभन्दा धेरै प्रहरी तथा अर्धसैनिक सुरक्षाकर्मी परिचालन गरिएको छ । आज बिहान प्रहरीले युट्युबर ध्रुव राठीसहित ६०० भन्दा धेरै समर्थकलाई पक्राउ गरेको बीबीसी...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०