"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

बेलायतमा कोभिडका कारण अस्पताल भर्ना हुनेको सङ्ख्या झन्डै ५० प्रतिशतले बढ्यो

Table of Content

बेलायतमा एक हप्तामै कोभिड सङ्क्रमणका कारण अस्पताल भर्ना हुनेहरूको सङ्ख्या झन्डै ५० प्रतिशतले बढेको छ । ‘स्ट्र्याटस’ भनेर चिनिने ‘एक्सएफजी’ भेरियन्टको प्रभाव बढ्दै जाँदा लन्डन सबैभन्दा धेरै प्रभावित भएको ‘टाइम्स नाउ’ ले जनाएको छ ।

विभिन्न सञ्चारमाध्यमका रिपोर्टहरूका अनुसार बेलायतको ‘हेल्थ सेक्युरिटी एजेन्सी’ (यूकेएचएसए) को नयाँ तथ्याङ्कले प्रति १ लाख जनसङ्ख्यामा अस्पताल भर्ना हुने साप्ताहिक दर ०.८१ बाट बढेर १.२० पुगेको देखाएको छ । यसमा लन्डनमा सबैभन्दा उच्च अर्थात् ७९ प्रतिशतको वृद्धि देखिएको छ ।

ज्येष्ठ नागरिक पनि यसबाट धेरै प्रभावित भइरहेका छन् । ८५ वर्षभन्दा माथिका मानिसहरूमा अस्पताल भर्ना हुने दर प्रति १ लाखमा ७.०८ बाट बढेर १२.४३ पुगेको छ ।

यसैबीच अहिले देखिएको सङ्क्रमणको वास्तविक सङ्ख्या तथ्याङ्कले देखाएको भन्दा धेरै हुन सक्ने स्वास्थ्य विज्ञहरूले बताएका छन् । महामारी बेलाको तुलनामा अहिले कोभिड परीक्षण गराउने मानिसहरूको सङ्ख्या निकै कम छ ।

यद्यपि अहिले देखिएको वृद्धि महामारीको चरम अवस्थामा देखिएका लहरहरूको तुलनामा निकै कम छ ।

हेल्थ सेक्युरिटी एजेन्सी (यूकेएचएसए) ले अस्पताल भर्ना हुने दरलाई अझै पनि आधारभूत स्तरमै रहेको मान्दछ ।

बेलायतमा गएको अगस्टको अन्तिम हप्तामा कोभिडसँग सम्बन्धित ७ जनाको ज्यान गएको थियो । यस्तै त्यसअघिको सातामा ६ जनाको ज्यान गएको विवरण छ ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

भारतमा सीजेपीको आह्वानमा प्रदर्शन : नयाँ दिल्लीमा सुरक्षा व्यवस्था कडा, २५० भन्दा धेरै रेल सेवाहरू रद्द

भारतमा ‘कक्रोच जनता पार्टी’ (सीजेपी) को आह्वानमा निर्वाचन आयोगका प्रमुखलाई पदमुक्त गर्न माग गर्दै आज बृहत् प्रदर्शन शुरु भएको छ । यो प्रदर्शनलाई ध्यानमा राखेर राजधानी नयाँ दिल्लीमा यसअघि हिजोदेखि नै २० हजारभन्दा धेरै प्रहरी तथा अर्धसैनिक सुरक्षाकर्मी परिचालन गरिएको छ । आज बिहान प्रहरीले युट्युबर ध्रुव राठीसहित ६०० भन्दा धेरै समर्थकलाई पक्राउ गरेको बीबीसी...

आज मिति २०८३ साल असोज २४ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

चितवन, असोज २४- वि.सं.२०८३ साल असोज २४ गते शनिबार, यस्तो छ ज्योतिषी भुपेन्द्र राज घिमिरेले तयार पार्नुभएको राशिफलः मेषः आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । श्रीमती÷प्रेमीकाबाट राम्रो सहयोग प्राप्त हुनेछ । शत्रु परास्त हुनेछन् । स्वास्थ्य राम्रो रहने छ । दाजुभाई तथा कुल–कुटुम्बबाट अपेक्षाकृत साथसहयोग प्राप्त हुनेछ । वृषः दाम्पत्य तथा प्रेम सम्बन्धमा असन्तोष...

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, असोज २४- आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी समापन गरिँदैछ । आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृ पक्ष आश्विन कृष्ण आमावास्याका दिन दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी आज समापन गर्न लागिएको हो । आश्विन शुक्ल प्रतिपदाका दिन गरिने मातामह (आमाको...

त्रिभुवन राजपथमा गाडी चलाउन आलोपालोसहित समय तालिका

काठमाण्डौ – मुग्लिन– काठमाण्डौ सडकखण्ड पहिरोका कारण अवरुद्ध भएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले त्रिभुवन राजपथमा गाडीको आवागमन व्यवस्थित गर्न नयाँ समयतालिका निर्धारण गरेको छ । प्रशासकीय अधिकृत सन्तोष सुवेदीले मुग्लिन–काठमाण्डौ सडक अवरुद्ध भएपछि वैकल्पिक मार्गमा बढ्न सक्ने गाडीको चापलाई ध्यानमा राख्दै त्रिभुवन राजपथमा आलोपालो प्रणाली लागू गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार हेटौँडाबाट काठमाण्डौतर्फ छुट्ने...

यमोसा पर्व: थारु समुदायको पितृपूजा, पाहुना सत्कार र सांस्कृतिक एकताको अनुपम परम्परा

यमोसा पर्व चितवन र छिमेकी नवलपुर क्षेत्रका थारु समुदायले परम्परागत रूपमा मनाउँदै आएको महत्वपूर्ण सांस्कृतिक तथा धार्मिक पर्व हो। यसलाई यमोसा, यम्वासा वा पितृ औँसी पनि भनिन्छ। यो पर्व दिवंगत भएका बुबा–आमा, हजुरबुबा–हजुरआमा तथा परिवारका अन्य पुर्खाहरूको सम्झना गर्दै उनीहरूको आत्माको शान्ति र कल्याणको कामना गर्न मनाइन्छ। यो केवल पूजा गर्ने दिन मात्र होइन; पुर्खाप्रतिको...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०