"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

शव कसैका सबैथोक हुन्, खेलबाड नगरौँ

Table of Content

भोटेकोशी र त्रिशूलीको उर्लिंदो भेलले कति घर बगायो । कति सपना बगायो र कति परिवारका आफन्तलाई बेपत्ता बनायो । त्यसको हिसाब गरेर साध्य छैन ।  अहिले नदीको किनार, पाखा र बगरमा भेटिन थालेका शवले विपद्को अर्को भयावह पाटो देखाइरहेका छन् ।

यी शव कसै न कसैका बुबा हुन्, कसैकी आमा, दाजु, भाइ, दिदी, बहिनी, श्रीमान, श्रीमती वा सन्तान । परिवार हराएको आफन्तको सास या लासको पखाईमा छ ।  

अहिलेसम्म भेटिएका सात सयभन्दा धेरै शव चिन्नै नसक्ने अवस्थाका छन् । तर, शवमा रहेका लुगाफाटा, गहना, साथमा भेटिएका सामग्रीले उनीहरुको पहिचान बोकेका छन् । यस्तो अवस्थामा शवबाट गहना निकाल्नु चोरी मात्र होइन, कसैको आफन्तसम्म पुग्ने अन्तिम प्रमाण नै मेटाउनु हो ।

त्यसैले बाढीमा भेटिएको शवबाट गहना निकाल्ने वा लुगाफाटा तथा अरु सामग्री हटाउने काम सामान्य चोरी होइन, गम्भीर अपराध हो । यो मृत शरीरप्रति र उनीहरुका परिवारको घोर अनादर हो । आफ्ना प्रियजनको खोजीमा तड्पिरहेका परिवारको पीडामाथि निर्मम प्रहार हो ।

मरेपछि पनि मानिसको सम्मान हुन्छ । शवले बोल्न सक्दैन । आफ्नो नाम भन्न सक्दैन । ‘म फलानोको छोरा हँ’, ‘म फलानाकी आमा हुँ’, ‘म फलाना परिवारको सदस्य या फलानाको नातेदार हुँ’ भनेर चिनाउन सक्दैन । त्यसैले उसले छोडेर गएको कपडा, गहना, कागजात वा शरीर नै उसको अन्तिम परिचय बन्न सक्छ । त्यही परिचय लुटिदिनु भनेको एउटा परिवारलाई आफ्नै मान्छे भेट्ने अधिकारबाट वञ्चित गर्नु हो ।

अहिले अर्को चुनौती शव व्यवस्थापनको पनि छ । एकातिर शवको संख्या बढ्दैछ, अर्कोतिर शव राख्ने सुरक्षित ठाउँको अभाव छ । संक्रमणको जोखिम बढेपछि सरकारले ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३’ ल्याएर पहिचान हुन नसकेका शव व्यवस्थापनको प्रक्रिया अघि बढाएको छ ।

सनाखत नभएका शवलाई जमिनमुनि व्यवस्थापन गर्ने निर्णय सुन्दा कतिपयलाई असहज लाग्न सक्छ । तर यो शव नष्ट गरिएको होइन । तत्कालका लागि सुरक्षित राख्ने उपाय हो । 

परिवार वा आफन्तले पछि डीएनए परीक्षणलगायतका प्रमाणबाट शवको सनाखत गरेमा आवश्यक प्रक्रिया पूरा गरी जमिनमुनिबाट निकालेर हस्तान्तरण गर्नु यसको मूल उद्देश्य हो । यसरी राखेको शव हराउँदैन, प्रमाण मेटिँदैन र आफन्तले खोज्दा भविष्यमा भेटिन्छ पनि ।  

विपद्को समयमा राज्यले शव व्यवस्थापन गर्नुपर्छ, तर समाजले पनि आफ्नो मानवीय जिम्मेवारी बिर्सनु हुँदैन ।

नदीले बगाएर ल्याएको शव देख्दा सम्मानपूर्वक सूचना दिनुपर्छ । शव भेटिएमा त्यसमा भएका सामान चलाउनु हुँदैन । गहना, कपडा वा अन्य सामग्री निकाल्नु हुँदैन । नजिकको प्रहरी वा प्रशासनलाई खबर गर्नुपर्छ ।

आज त्यो शव अपरिचित होला । भोलि डीएनए परीक्षणले उसको नाम बताउन सक्छ । र, त्यो नामले परिवारको टुटेको आश बौराउन मद्दत गर्छ । त्यसैले यस विपदमा प्राण गुमाएका तर तत्कालका लागि पहिचान गुमाएका मृत शरीरप्रति मानवीय संवेदना र सम्मान कायम राखौैँ ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

50539_364db57837bbe8658517de7d46290859-10_03_2026-16_38_19-860x484

बारामा भदौ महिनामा ८४ सवारी दुर्घटनामा १२ जनाको मृत्यु

बारा । जिल्ला प्रहरी कार्यालय बाराले भदौ महिनामा जिल्लामा विभिन्न प्रकृतिका १४४ वटा अपराधसम्बन्धी मुद्दा...
blood_group_BXxRsRezXU

मानिसमा ४९औँ रक्त समूह प्रणाली पत्ता लाग्यो

बेलायत र इजरायलका वैज्ञानिकले मानिसमा नयाँ रक्त समूह प्रणाली पत्ता लगाएका छन् । वैज्ञानिकहरुले यसलाई...
fs_i2pYj6tfCr

रसुवा बाढीले निम्त्याएको विपद्‍बाट सिक्किमदेखि कश्मीरसम्मले के सिक्ने ?

काठमाडौँ । भदौ १० गते आएको विनाशकारी रसुवा बाढीसँगै हिमाली क्षेत्रमा विपद् पूर्वसूचनाको विद्यमान प्रणालीमाथि...
death-1783488169

धनुषाको रामानन्द चोकमा घरमा आगलागी हुँदा एक जनाको ज्यान गयो

काठमाण्डौ – धनुषाको जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्द चोकमा रहेको एक घरमा आगलागी हुँदा एक जनाको ज्यान...
nepali_congress_flag_zP1BwtPExZ

कांग्रेसले ४३ जिल्लामा वडा अधिवेशन सक्यो, ३१ जिल्लामा आज

काठमाण्डौ – नेपाली कांग्रेसको १५औँ  केन्द्रीय महाधिवेशनअन्तर्गत हिजो ४३ जिल्लाका तीन हजार ३९६ वडामा वडा...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०