"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

गुँला धर्म पर्व शुरु

Table of Content

काठमाण्डौ – गुँला धर्म पर्व आजदेखि शुरु भएको छ ।

विशेषगरी नेवार समुदायका बौद्ध धर्मावलम्बीले यो पर्व मनाउने गर्छन् । हिनयान, महायान र बज्रयान तीनै समुदायका बौद्ध अनुयायीले भगवान बुद्धप्रतिको आस्था प्रकट गर्दै एक महिनासम्म गुँला पर्व मनाउने गर्छन् ।

साउन शुक्ल प्रतिपदादेखि भदौ शुक्ल प्रतिपदा एक महिनासम्म मनाइने पर्वमा बौद्धधर्म भक्तिभाव झल्काउने कर्म गरिन्छ । यो अवधिलाई शाक्यमुनि गौतम बुद्धले बुद्धत्व प्राप्त गरेको पवित्र महिनाका रूपमा लिने गरिन्छ । काठमाण्डौको स्वयम्भू महाचैत्य परिक्रमापछि शोभाभगवतीसँगैका विजयश्वरी, केलटोलस्थित सेतो मत्स्यनारायण पनि परिक्रमा गर्ने परम्परा छ ।

नेवार भाषामा गुं’ को अर्थ ‘नौ’ हो भने ‘ला’को अर्थ ‘महिना’ भएकोले नेपाल संवत्को नवौं महिनाको पारु तिथिमा यो पर्व मनाउने गरिन्छ । हरेक बिहान गुंलाः बाजा बजाउँदै स्वयम्भू महाचैत्यका साथ बौद्ध चैत्य, मन्दिर तथा विहार परिक्रमा गरेर पर्व शुरु गरिन्छ ।

सिठी नखःमा थन्क्याइएको बाजा गठेमंगलका दिन निकालेर गुंला पर्व शुरुवातमा निकालिन्छ । नेवार समुदायका गोपालीले पानीका मुहानमा पूजा गरी परिक्रमा गर्ने चलन छ । असारभर पानी परेर थुनिएका मुहान, ढल, कुलेसो यही समय खोल्ने गरिन्छ ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

Rasuwa-nakaa-1789275503

मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड रुपैयाँ राजस्व सङ्कलन

काठमाण्डौ – नेपाल–चीन उत्तरी कोरला नाका लोमान्थाङ–४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयबाट १५ दिनमै एक...
pararastra-mantralaya_sYJjDkIurm

मलेसिया रोजगारीमा सीमित म्यानपावर कम्पनी छनोटपछिको विवाद थप पेचिलो , कूटनीतिक पहल भैरहेको सरकारको भनाइ

काठमाण्डौ – मलेसियाले नेपाली श्रमिक लिनका लागि सीमित २५ वटा म्यानपावर कम्पनी छनोट गरेपछि उत्पन्न...
brics-12-1789259902

ब्रिक्स सम्मेलनद्वारा नयाँ दिल्ली घोषणापत्र जारी : विश्व शान्ति र बहुपक्षीय सहकार्यमा जोड

भारतको नयाँ दिल्लीमा चलिरहेको ब्रिक्स शिखर सम्मेलनले विश्व शान्ति, बहुपक्षीय सहकार्य र विकासशील राष्ट्रहरूको आवाजलाई...
Bridge-India-1789268524

भारतले तत्कालै जोड्न मिल्ने तीन वटा पुल दियो

काठमाण्डौ – भोटेकोशी र त्रिशूली नदीमा आएको बाढी तथा पहिरोबाट क्षतिग्रस्त सडक पूर्वाधार पुनः सञ्चालनमा...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०