"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गरेकोमा चौतर्फी विरोध

Table of Content

काठमाण्डौ – पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेकोमा सर्वत्र विरोध भएको छ ।

श्रेष्ठलाई हिजो बेलुकी ललितपुरको कुसुन्तीबाट पक्राउ गरी जिल्ला प्रहरी परिसर काठमाण्डौको हिरासतमा राखिएको छ । प्रहरीका अनुसार जनआस्था डटकममा प्रकाशित सामग्रीलाई लिएर परेको जाहेरीकाआधारमा काठमाण्डौ जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएर उहाँलाई अनुसन्धानका लागि पक्राउ गरिएको हो ।

श्रेष्ठमाथि वैयक्तिक गोपनीयता हननसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । प्रहरीले जनआस्था साप्ताहिक तथा जनआस्था डटकमको ललितपुर झम्सीखेलमा रहेको कार्यालयमा छापा मारी कार्यालयबाट कम्प्युटरलगायत केही कागजात नियन्त्रणमा लिएको छ ।

समाचारको विषयमा असहमति भए प्रेस काउन्सिल वा प्रचलित कानुनी प्रक्रियाबाट समाधान खोज्नुपर्नेमा पत्रकारलाई पक्राउ गर्नु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भएको भन्दै पत्रकारका संघसंस्थाहरुले तत्काल रिहाइको माग गरेका छन् ।

श्रेष्ठ पक्राउ परेको खबर पाएलगत्तै नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्मा, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेलगायत पत्रकार तथा सञ्चारकर्मीहरू काठमाण्डौ प्रहरी परिसर पुगेका थिए । पत्रकारहरूले नाराबाजी गर्दै श्रेष्ठलाई तत्काल रिहा गर्न माग गरेका छन् । नेपाल पत्रकार महासंघले बिहान काठमाण्डौ प्रहरी परिसर अगाडि धर्ना दिएको छ ।

महासंघले प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारको रक्षाका लागि पत्रकार, प्रेस स्वतन्त्रताका पक्षधर तथा नागरिक समाजलाई धर्नामा सहभागी हुन आह्वान गरेको छ ।

महासंघले पक्राउको कारण सार्वजनिक गर्न, कानुनी प्रक्रिया पारदर्शी बनाउन र पत्रकारको संवैधानिक अधिकारको सम्मान गर्न माग गरेको छ । यसैबीच नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाचार लेखेकै आधारमा पत्रकारलाई राज्य संयन्त्रबाट नियन्त्रणमा लिनु लोकतन्त्रको उपहास भएको भन्दै तत्काल रिहाइको माग गर्नुभएको छ ।

एमाले महासचिव शंकर पोखरेलले पनि समाचार लेखेकै वा प्रकाशित गरेकै आधारमा पत्रकार पक्राउ गर्नु गैरकानुनी तथा प्रेस स्वतन्त्रताविरोधी कदम भएको बताउनु भएको छ । त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि प्रेसलाई निर्वाध काम गर्न दिन र श्रेष्ठलाई रिहा गर्न माग गरेको छ । 

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

Rasuwa-nakaa-1789275503

मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड रुपैयाँ राजस्व सङ्कलन

काठमाण्डौ – नेपाल–चीन उत्तरी कोरला नाका लोमान्थाङ–४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयबाट १५ दिनमै एक...
pararastra-mantralaya_sYJjDkIurm

मलेसिया रोजगारीमा सीमित म्यानपावर कम्पनी छनोटपछिको विवाद थप पेचिलो , कूटनीतिक पहल भैरहेको सरकारको भनाइ

काठमाण्डौ – मलेसियाले नेपाली श्रमिक लिनका लागि सीमित २५ वटा म्यानपावर कम्पनी छनोट गरेपछि उत्पन्न...
brics-12-1789259902

ब्रिक्स सम्मेलनद्वारा नयाँ दिल्ली घोषणापत्र जारी : विश्व शान्ति र बहुपक्षीय सहकार्यमा जोड

भारतको नयाँ दिल्लीमा चलिरहेको ब्रिक्स शिखर सम्मेलनले विश्व शान्ति, बहुपक्षीय सहकार्य र विकासशील राष्ट्रहरूको आवाजलाई...
Bridge-India-1789268524

भारतले तत्कालै जोड्न मिल्ने तीन वटा पुल दियो

काठमाण्डौ – भोटेकोशी र त्रिशूली नदीमा आएको बाढी तथा पहिरोबाट क्षतिग्रस्त सडक पूर्वाधार पुनः सञ्चालनमा...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०