"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

अझै नियन्त्रणमा आएन आतङ्क मच्याउने चितुवा

Table of Content

भरतपुर । पछिल्ला दिनमा रामपुर क्याम्पसको हाताभित्र तथा आसपासका क्षेत्रमा आतङ्क मच्याइरहेको एक माउ र एक बच्चा चितुवा अझै नियन्त्रणमा आउन सकेको छैन । भरतपुर–१५ स्थित कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुर क्याम्पस हाताभित्र चितुवाको गतिविधि बढेपछि डिभिजन वन कार्यालय चितवनले निगरानी र नियन्त्रणका लागि थप सतर्कता अपनाएको छ ।

पछिल्लो दुई महिनादेखि विभिन्न स्थानमा चितुवा देखिएसँगै त्यसको आक्रमणबाट कुकुर मरेका घटना भएपछि स्थानीय त्रसित भएका छन् । बस्तीमा बच्चासहित माउ चितुवा दिनको समयमा देखिने गरे पनि त्यसपछि हराउने र रातभरि कराउने गरेपछि सर्वसाधारणमा त्रास फैलिएको हो ।

राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्राविधिकको समन्वयमा चितुवालाई सुरक्षित तवरले नियन्त्रणमा लिन विभिन्न स्थानमा ३ वटा बक्स ट्रयाप, ३ स्थानमा फुट ट्रयाप र क्यामेरा ट्रयाप राखिएकोे छ । राष्ट्रिय प्रकृति संरक्षण कोषका पशु चिकित्सक डा. अमिर सडौलाका अनुसार चितुवा नियन्त्रण र सुरक्षित व्यवस्थापनका लागि टोली निरन्तर प्रयासरत छ ।

कृषि तथा वनविज्ञान विश्वविद्यालय, रामपुर क्याम्पस परिसरभित्र चितुवा देखिएपछि उच्च सतर्कता अपनाइएको छ । डिभिजन वन कार्यालय, चितवनका अनुसार क्याम्पस परिसरमा एउटा र भेटेनरी विभागनजिकै अर्को गरी २ वटा खोर राखिएको छ । चितुवा क्याम्पस परिसरमा रहेको झाडीमा लुकेर बसेको हुन सक्ने आशङ्कामा डिभिजन वन कार्यालयले थर्मल ड्रोन प्रयोग गरी खोजीसमेत गरेको छ । चितुवा देखिएका सम्भावित स्थानमा ट्रयाप सारेर सुरक्षित तवरले नियन्त्रणमा लिने प्रयास भइरहेको कार्यालयले जनाएको छ ।

भरतपुर–१५, गोपालचोकस्थित अविनाश पोल्ट्रीको हाताभित्र राखिएको बक्स ट्रयापबाट एक चितुवाको बच्चा सुरक्षितरुपमा नियन्त्रणमा लिइएको थियो । उक्त चितुवाको बच्चालाई सौराहामा उपचार तथा निगरानीमा राखिएको छ । डिभिजन वन कार्यालयका सूचना अधिकारी देविप्रसाद पौडेलले भरतपुर–१५ को अविनाश पोल्ट्री परिसर, बाँस झ्याङ तथा कृषि तथा वनविज्ञान विश्वविद्यालय परिसरमा क्यामेरा र खोर व्यवस्थापन गरी नियमित अनुगमन भइरहेको बताए ।

चितुवाले मानवबस्तीमा छिरेर आतङ्क सिर्जना गर्न थालेपछि भरतपुर–१५ को अविनाश पोल्ट्री परिसरमा ‘ट्रयापिङ’का लागि क्यामेरासहित खोर राखिएको र त्यसनजिकै बाँसको झ्याङमा अर्को क्यामेरा जडान गरिएको भन्दै त्यसको एक किलोमिटर पर अर्को खोर राखिएको उनले बताए । चितुवालाई आकर्षित गर्न खोरमा कुकुर राखिएको छ ।

डिभिजन वन कार्यालय चितवनले जडान गरेको क्यामेरा ट्रयापिङमा देखिएका तीन चितुवामध्ये एउटा बच्चा खोरमा परेको भए पनि बाँकी दुई चितुवा अझै बस्तीनजिकै आवतजावत गरिरहेको पुष्टि भएको छ । गोपालचोकको खोरमा राखेको सिसी क्यामेरामा चितुवा देखा परेको छैन । तर, खोरवरपर चितुवाको माउ र बच्चाको खुट्टाको छाप देखिन्छ । डिभिजन कार्यालयका अनुसार बच्चा खोरमा परेपछि क्यामेरा ट्रयापिङमा एक माउ र अर्को बच्चासँगै बाहिर बसेको देखिएको थियो । त्यस ठाउँको झाडी फाँडेपछि माउ र बच्चा कृषि तथा वनविज्ञान विश्वविद्यालयको परिसर क्षेत्रमा गएको अनुमान छ ।

डिभिजन वन कार्यालयले रामपुर क्याम्पसआसपासका बासिन्दालाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । बालबालिकालाई एक्लै नछोड्न, साँझ–बिहान एक्लै नहिँड्न तथा कुकुर, बाख्रा, भेडालगायत घरपालुवा जनावरलाई सुरक्षित राख्न अनुरोध गरिएको छ ।

कार्यालयले वर्षात्को समयमा गाउँघरवरपर झाडी बाक्लो हुने भएकाले चितुवा दिउँसो झाडीमा लुक्ने र राति गाउँघरमा देखिन सक्ने जनाएको छ । त्यसैले टोल विकास संस्था, वडा कार्यालय तथा क्याम्पस प्रशासनसँग समन्वय गरी झाडी सफाइ गर्नसमेत आग्रह गरिएको छ । झाडी नहुँदा चितुवालाई सुरक्षितरुपमा नियन्त्रणमा लिन सहज हुने तथा आफ्नो प्राकृतिक बासस्थानतर्फ फर्किन सक्ने सम्भावना रहेको कार्यालयको भनाइ छ । गाउँघरमा चितुवा देखिएमा तत्काल डिभिजन वन कार्यालय चितवनमा सम्पर्क गर्न कार्यालयले अनुरोध गरेको छ ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

Rasuwa-nakaa-1789275503

मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड रुपैयाँ राजस्व सङ्कलन

काठमाण्डौ – नेपाल–चीन उत्तरी कोरला नाका लोमान्थाङ–४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयबाट १५ दिनमै एक...
pararastra-mantralaya_sYJjDkIurm

मलेसिया रोजगारीमा सीमित म्यानपावर कम्पनी छनोटपछिको विवाद थप पेचिलो , कूटनीतिक पहल भैरहेको सरकारको भनाइ

काठमाण्डौ – मलेसियाले नेपाली श्रमिक लिनका लागि सीमित २५ वटा म्यानपावर कम्पनी छनोट गरेपछि उत्पन्न...
brics-12-1789259902

ब्रिक्स सम्मेलनद्वारा नयाँ दिल्ली घोषणापत्र जारी : विश्व शान्ति र बहुपक्षीय सहकार्यमा जोड

भारतको नयाँ दिल्लीमा चलिरहेको ब्रिक्स शिखर सम्मेलनले विश्व शान्ति, बहुपक्षीय सहकार्य र विकासशील राष्ट्रहरूको आवाजलाई...
Bridge-India-1789268524

भारतले तत्कालै जोड्न मिल्ने तीन वटा पुल दियो

काठमाण्डौ – भोटेकोशी र त्रिशूली नदीमा आएको बाढी तथा पहिरोबाट क्षतिग्रस्त सडक पूर्वाधार पुनः सञ्चालनमा...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०