"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

१४ महिना अवधि बाँकी छँदै सचिव पोखरेलको राजीनामा, थप केही राजीनामा दिने तयारीमा

Table of Content

सरकारका दुई जना सचिवले एकसाथ राजीनामा दिएका छन्।

त्यस्तै केही सचिवले राजीनामा दिने तयारीमा रहेको जानकारी दिएका छन्।

सूचना तथा सञ्चार मन्त्रालयका सचिव कमलप्रसाद पोखरेल र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव बाबुराम अधिकारीले पदबाट राजीनामा दिएका हुन्। उनीहरूको राजीनामा सरकारले स्वीकृत गरेको छ।

सामान्यतया सेवा अवधि सकिनु केही दिनअघि विशिष्ट श्रेणीका कर्मचारीले राजीनामा दिने गरेका छन्। सचिव अधिकारीको राजीनामा पनि विगतकै प्रचलन अनुरूप लिइएको छ। उनले २०८३ भदौ ४ गते नियमित अवकाश पाउँदै थिए।

अर्का सचिव पोखरेलले भने सेवा अवधिमा १४ महिना बाँकी रहँदै राजीनामा दिएका हुन्। उनी ५८ वर्षे उमेर हदका कारण २०८४ भदौ २३ गतेसम्म सेवामा थिए।

यसरी राजीनामा छिटो दिनुपर्ने कारण उनले खुलाएका छैनन्। सञ्चार मन्त्रालय स्रोतका अनुसार उनले ‘खासै सञ्चो पनि नभएको’ भन्दै राजीनामा दिएको बताएका थिए। मन्त्रीलाई फोन गरेर नै आफू नआउने कुरा जानकारी गराएका थिए।

शिक्षा मन्त्रालयमा लामो समय काम गरेका पोखरेल सचिव भएपछि सुदूरपश्चिम प्रदेशको प्रमुख सचिव र तथ्यांक कार्यालयको प्रमुख तथ्यांक अधिकारीका रूपमा काम गरेका थिए।

साउन १४ गते उनलाई सञ्चार मन्त्रालयमा सरुवा गरिए पनि उनी मन्त्रालयमा तीन दिन मात्रै उपस्थित भएको मन्त्रालय स्रोतले जानकारी दिएको छ।

पछिल्ला दिनमा निजामती कर्मचारीको असन्तोष बढ्दै गएको देखिएको छ। असारमा मात्रै ८ सहसचिव तहकासहित २०८ जना कर्मचारीले राजीनामा दिएका थिए। लामो सेवा अवधि भएका विशिष्ट श्रेणीका कर्मचारीले भने राजीनामा दिएका थिएनन्।

मुख्य सचिवको नियुक्ति र सरकारले गरेको सरुवा तथा कार्यशैलीबाट केही विशिष्ट श्रेणीका कर्मचारीको असन्तोष बढेको केही कर्मचारीको दाबी छ।

हालसालै सरुवामा परेका अर्का एक सचिवले पनि आफू राजीनामाको तयारीमा रहेको र सरकारका कतिपय मन्त्रीहरूलाई जानकारी गराएको बताएका छन्।

वर्तमान सरकार आएपछि मन्त्रालयको संख्या २२ बाट घटाएर १८ मा झारिएको छ। अन्य कार्यालय तथा विभागहरूको पनि पुनर्संरचना गर्ने र कतिपय खारेज गर्ने गरी काम अघि बढाइएको छ। तर कार्यरत कर्मचारीलाई प्रोत्साहन हुने खालका निर्णयहरू पनि गरिएका छन्।

वर्तमान सरकार आएपछि कर्मचारीको तलब २१ प्रतिशत बढाउने निर्णय भएको छ। करिब सबै तहका कर्मचारीले आयकर तिर्नु नपर्ने गरी दायरा विस्तार गरिएको छ। कर्मचारीको तलब महिनामा दुई पटक दिने व्यवस्था लागू गरिएको छ। साथै, सातामा दुई दिन बिदा कार्यान्वयन गरिएको छ।

यी सुविधा विस्तारका साथै स्वेच्छिक राजीनामा खुला गर्ने वा अन्य प्याकेज घोषणा गर्ने समयभन्दा पहिले नै राजीनामा दिने कर्मचारीको संख्या बढ्न थालेको देखिएको छ।

यसको मुख्य कारण सरकारले नयाँ निजामती सेवा ऐनमार्फत ३० वर्ष सेवा अवधि वा ५५ वर्षे उमेरहद लागू गरी अवकाशको समय निर्धारण गर्ने चर्चालाई पनि लिइएको छ। यस विषयमा अहिले छलफलहरू चलिरहेका छन्। हाल ५८ वर्षे उमेरहद छ भने सेवा अवधि तोकिएको छैन।

यो व्यवस्था लागू हुँदा विशेषगरी ३० वर्षभन्दा बढी सेवा गरेका र २०४९ सालभन्दा पहिले जागिर खाएका कर्मचारीलाई घाटा हुने बुझाइ कर्मचारीमा देखिएको छ।

‘नयाँ ऐन आएपछि ३० वर्षभन्दा बढी सेवा गरेका कर्मचारीको पेन्सन गणना गर्दा अधिकतम ३० वर्ष मात्र मानिने सम्भावना रहेको कर्मचारीको बुझाइ देखिन्छ,’ एक सहसचिवले भने।

उनका अनुसार कसैले ३७ वर्ष सेवा गरेको छ भने अहिले राजीनामा दिँदा ३७ वर्षकै आधारमा पेन्सन पाउँछन्। तर नयाँ ऐन आएपछि ३० वर्षको मात्रै हिसाब हुने हल्लाले ७ वर्षको सेवा सुविधा (करिब १४ प्रतिशत) घाटा हुने डर रहेको उनको भनाइ छ।

त्यस्तै, अहिले २०४९ सालअघि (हालको निजामती कर्मचारी ऐन लागू हुनुअघि) जागिर खाएका कर्मचारीका हकमा ५८ वर्षमा अवकाश पाए पनि ६० वर्षलाई आधार मानेर पेन्सन दिने गरिएको छ। नयाँ ऐन आएपछि भने ५८ वा ५५ वर्षलाई मात्र आधार बनाएर पेन्सन दिन सकिने आशंका गरिएको छ।

ऐनका विषयमा सरकारले स्पष्ट नपारेको र कर्मचारीमा यही बुझाइ कायम रहेको खण्डमा साउन लागेपछि राजीनामा दिनेहरूको संख्या थप बढ्न सक्ने उनीहरूको बुझाइ छ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

Rasuwa-nakaa-1789275503

मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड रुपैयाँ राजस्व सङ्कलन

काठमाण्डौ – नेपाल–चीन उत्तरी कोरला नाका लोमान्थाङ–४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयबाट १५ दिनमै एक...
pararastra-mantralaya_sYJjDkIurm

मलेसिया रोजगारीमा सीमित म्यानपावर कम्पनी छनोटपछिको विवाद थप पेचिलो , कूटनीतिक पहल भैरहेको सरकारको भनाइ

काठमाण्डौ – मलेसियाले नेपाली श्रमिक लिनका लागि सीमित २५ वटा म्यानपावर कम्पनी छनोट गरेपछि उत्पन्न...
brics-12-1789259902

ब्रिक्स सम्मेलनद्वारा नयाँ दिल्ली घोषणापत्र जारी : विश्व शान्ति र बहुपक्षीय सहकार्यमा जोड

भारतको नयाँ दिल्लीमा चलिरहेको ब्रिक्स शिखर सम्मेलनले विश्व शान्ति, बहुपक्षीय सहकार्य र विकासशील राष्ट्रहरूको आवाजलाई...
Bridge-India-1789268524

भारतले तत्कालै जोड्न मिल्ने तीन वटा पुल दियो

काठमाण्डौ – भोटेकोशी र त्रिशूली नदीमा आएको बाढी तथा पहिरोबाट क्षतिग्रस्त सडक पूर्वाधार पुनः सञ्चालनमा...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०