"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

यमनको लालसागरमा युद्ध, माझीहरूको जीविकोपार्जन संकटमा

Table of Content

यमनको लालसागर तटमा लामो समयदेखि जारी द्वन्द्वका कारण हजारौँ माझीको रोजगारी र जीविकोपार्जन संकटमा परेको छ ।

इन्धन र डुङ्गा भाडा महँगो हुनुका साथै समुद्रमा गोली चल्ने, समुद्री खानी विस्फोट हुने र विभिन्न समूहले माछा मार्न प्रतिबन्ध लगाउने गरेका कारण पनि माझीहरूको रोजगारी र जीविकोपार्जन संकटमा परेको अल–जजीराको खबरमा उल्लेख छ ।

युद्धका कारण यमनको माछा मार्ने उद्योगमा पनि ठूलो रूपमा प्रभावित भएको छ । सन् २०१८ को एक अध्ययनअनुसार यस क्षेत्रबाट हुने माछा निर्यात करिब ७० प्रतिशतले घटेको थियो । सन् २०१५ मा यमनमा युद्ध शुरु भएयता समुद्रमा माछा मार्ने काम जोखिमपूर्ण बनेको छ । माझीहरूका अनुसार हुथी विद्रोही र सरकार समर्थक दुवै पक्षले विभिन्न समयमा समुद्रमा जान प्रतिबन्ध लगाउने गरेका छन् ।

समुद्री खानीका कारण पनि उनीहरूको ज्यान जोखिममा परेको छ । अल–खोखास्थित मछुवा संघका प्रमुख फौद दोब्लाका अनुसार लाल सागरको अवस्थाबाट ३० हजारभन्दा बढी माझी प्रभावित भएका छन् ।

समुद्री खानी विस्फोटमा २६४ जना माझीको मृत्यु भएको र २१५ जना अपाङ्ग भएको दाबी पनि मछुवा संघले गरेको छ । साथै  सन् २०२३ यता ११३ जना माझी बेपत्ता भएका छन् । युद्धमा आफ्नो कुनै भूमिका नभए पनि त्यसको सबैभन्दा ठूलो असर आफूहरूले भोग्नुपरेको माझीहरूको गुनासो छ ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

Rasuwa-nakaa-1789275503

मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड रुपैयाँ राजस्व सङ्कलन

काठमाण्डौ – नेपाल–चीन उत्तरी कोरला नाका लोमान्थाङ–४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयबाट १५ दिनमै एक...
pararastra-mantralaya_sYJjDkIurm

मलेसिया रोजगारीमा सीमित म्यानपावर कम्पनी छनोटपछिको विवाद थप पेचिलो , कूटनीतिक पहल भैरहेको सरकारको भनाइ

काठमाण्डौ – मलेसियाले नेपाली श्रमिक लिनका लागि सीमित २५ वटा म्यानपावर कम्पनी छनोट गरेपछि उत्पन्न...
brics-12-1789259902

ब्रिक्स सम्मेलनद्वारा नयाँ दिल्ली घोषणापत्र जारी : विश्व शान्ति र बहुपक्षीय सहकार्यमा जोड

भारतको नयाँ दिल्लीमा चलिरहेको ब्रिक्स शिखर सम्मेलनले विश्व शान्ति, बहुपक्षीय सहकार्य र विकासशील राष्ट्रहरूको आवाजलाई...
Bridge-India-1789268524

भारतले तत्कालै जोड्न मिल्ने तीन वटा पुल दियो

काठमाण्डौ – भोटेकोशी र त्रिशूली नदीमा आएको बाढी तथा पहिरोबाट क्षतिग्रस्त सडक पूर्वाधार पुनः सञ्चालनमा...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०