"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

मालिका सामुदायिक वनका ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

Table of Content

काठमाण्डौ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको मालिका सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी र लेखापरीक्षकसहित ८ जनाविरुद्ध विशेष अदालत काठमाण्डौमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ । 

सुर्खेतको चौकुने गाउँपालिका-१ मा रहेको मालिका सामुदायिक वनका तत्कालीन पदाधिकारीहरूले काठ बिक्रीबाट भएको आम्दानी हिनामिना गर्न नक्कली बिल भरपाई तयार पारेको आयोगले जनाएको छ । 

आर्थिक वर्ष २०७२/०७३ देखि २०७६/०७७ सम्म झाडी सफाइ, अग्नी रेखा निर्माण, वन हेरालुको तलब, भैँसी तथा बाख्रापालन लगायत काम नै नभएका शीर्षकमा झुट्टा विवरण बनाई ३९ लाख १२ हजार रुपैयाँ हिनामिना गरेको अख्तियारको आरोप छ । 

यस प्रकरणमा आयोगले वन समूहका पूर्वअध्यक्षहरू खीमबहादुर सावद, पदमसिं सावद र हर्कबहादुर बुढासहित तत्कालीन सचिव र कोषाध्यक्षहरूविरुद्ध बिगो बमोजिम कारबाहीको मागदाबी गरेको छ ।

त्यस्तै, झुट्टा विवरणका आधारमा लेखापरीक्षण प्रतिवेदन तयार पारेको अभियोगमा रजिष्टर्ड लेखापरीक्षकहरू डिल्लीराम पाठक र प्रेमबहादुर विसीविरुद्ध पनि कैद र जरिवानाको मागदाबी गर्दै आरोपपत्र दायर गरेको अख्तियारले जनाएको छ । 

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

RS_KTM-IMG_20260824_132639-1787571334 (1)

सामाजिक सञ्जाल, सडक हुँदै संसद्मा पनि खोजियो मृत्युदण्डको कानुन

काठमाण्डौ — प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले बलात्कारीलाई मृत्युदण्ड दिने कानुन बनाउन माग गरेका छन् ।...
WhatsApp Image 2026-08-24 at 3.46.29 PM

राप्ती–७, वीरेन्द्रनगरस्थित साकुरा एकेडेमी स्कुलमा गरिमा चौधरीका लागि न्यायको माग

राप्ती नगरपालिका–७ वीरेन्द्रनगरस्थित साकुरा एकेडेमी स्कुलमा आज कक्षा केजीदेखि १० सम्मका विद्यार्थीहरूले बाराको सिमरामा बलात्कारपछि...
swarnim-bulb_twYD6nUHoI

विद्युत् महसुल घटाउने सरकारको तयारी : पुनरवलोकन समितिको म्याद थपिँदै

काठमाडौँ । विद्युत् महसुलमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) का कारण चौतर्फी आलोचना भएपछि सरकारले...
simara-rape-accused-video_g7C0pxSeMm

सिमरा घटना : आरोपीको भिडियो भाइरल गराएको आरोपमा प्रहरी हवल्दार पक्राउ

वीरगन्ज । बाराको सिमराकी तीन वर्षीया बालिकाको बलात्कार र हत्यामा संलग्न आरोपीको भिडियो सामाजिक सञ्जालमा...
1787556667-qL72S

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

नवलपुर : गैँडाकोटस्थित सरस्वती निकेतन आवासीय माध्यमिक विद्यालयका एक शिक्षक विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०