"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

पाँच हजार अमेरिकी डलर बराबरको रकम भन्सार घोषणा नगरी ल्याउन पाइने

Table of Content

काठमाण्डौ — नेपाल राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले नेपाली वा विदेशी नागरिकले पाँच हजार अमेरिकी डलर बराबरको भन्सार घोषणाबिनै नेपालमा ल्याउन पाइने जनाएको छ ।

राष्ट्र बैंकले हिजो सार्वजनिक सूचना निकालेर पाँच हजार डलर बराबरको अमेरिकी मुद्रा र पाँच हजार अमेरिकी डलर बराबर हुन आउने भारतीय रुपैयाँ पनि भन्सार घोषणाबिनै नेपालमा भित्र्याउन सकिने जनाएको हो ।

पाँच हजार अमेरिकी डलरभन्दा बढी मुद्रा ल्याउँदा अनिवार्य रूपमा भन्सार घोषणा गरेर मात्रै ल्याउनुपर्ने राष्ट्र बैंकले निकालेको सूचनामा उल्लेखे छ ।

यसैबीच, नेपाल राष्ट्र बैंकले सन् २०१६ नोभेम्बर ९ तारिखदेखि निष्कासन भई चलनचल्तीमा रहेका भारतीय २०० रुपैयाँ र भारतीय ५०० का नोट नेपाली वा भारतीय नागरिकले प्रतिव्यक्ति भारतीय रुपैयाँ २५ हजार रुपैयाँको सीमासम्म प्रचलित व्यवस्थाबमोजिम ल्याउन/लैजान तथा सटही गर्न सकिने व्यवस्था गरेको छ ।

नेपाली नागरिकले भारतबाहेक अरु देशमा भारतीय रुपैयाँ लैजान वा अन्य देशबाट भारतीय रुपैयाँ नेपाल ल्याउन नपाउने व्यवस्था रहेको जनाएको छ । राष्ट्र बैंकले सन् सन् २०१६ नोभेम्बर ९ तारिखभन्दा अगाडि चलनचल्तीमा रहेका भारतीय रुपैयाँ ५०० र १ हजार दरका नोटको कारोबार गर्न नपाइने व्यवस्था कायमै रहेको जनाएको छ ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

nepali-cricket-team-1789023534 (1)

एशियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली घोषणा

काठमाण्डाै – जापानको आइची–नायोगामा आउँदो असोज ३ देखि १८ गतेसम्म आयोजना हुने एशियाली खेलकुदका लागि...
1-1789292666 (1)

ओस्कार अवार्डमा नेपालबाट चलचित्र ‘तिनीहरू’ सिफारिश

काठमाण्डाै – सन् २०२७ मा घोषणा हुने ९९औँ एकेडेमी अवार्ड (ओस्कार) मा नेपालको प्रतिनिधित्व गर्दै...
Rasuwa-nakaa-1789275503

मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड रुपैयाँ राजस्व सङ्कलन

काठमाण्डौ – नेपाल–चीन उत्तरी कोरला नाका लोमान्थाङ–४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयबाट १५ दिनमै एक...
pararastra-mantralaya_sYJjDkIurm

मलेसिया रोजगारीमा सीमित म्यानपावर कम्पनी छनोटपछिको विवाद थप पेचिलो , कूटनीतिक पहल भैरहेको सरकारको भनाइ

काठमाण्डौ – मलेसियाले नेपाली श्रमिक लिनका लागि सीमित २५ वटा म्यानपावर कम्पनी छनोट गरेपछि उत्पन्न...
brics-12-1789259902

ब्रिक्स सम्मेलनद्वारा नयाँ दिल्ली घोषणापत्र जारी : विश्व शान्ति र बहुपक्षीय सहकार्यमा जोड

भारतको नयाँ दिल्लीमा चलिरहेको ब्रिक्स शिखर सम्मेलनले विश्व शान्ति, बहुपक्षीय सहकार्य र विकासशील राष्ट्रहरूको आवाजलाई...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०