"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

स्वकीय सचिव नियुक्तिमा रास्वपाको नयाँ मापदण्ड, आर्थिक अनियमिततामा शून्य सहनशीलता

Table of Content

काठमाडौं, साउन ८-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसदका स्वकीय सचिवको नियुक्ति, पारिश्रमिक, कार्यसम्पादन र आचारसंहितासम्बन्धी विस्तृत मार्गदर्शन जारी गर्दै आर्थिक अनियमिततामा शून्य सहनशीलताको नीति अपनाएको छ।

रास्वपाका महामन्त्री विपिन कुमार आचार्यद्वारा जारी सूचनामा स्वकीय सचिवको पारिश्रमिकबाट कुनै पनि प्रकारको अनधिकृत रकम कट्टा, असुल वा हिनामिना गर्न पूर्ण रूपमा निषेध गरिएको उल्लेख छ। पारिश्रमिक सिधै स्वकीय सचिवको बैंक खातामा जम्मा हुने व्यवस्था सुनिश्चित गर्न पनि सांसदहरूलाई निर्देशन दिइएको छ।

आचार्यका अनुसार नियुक्त स्वकीय सचिवको व्यक्तिगत विवरण ९बायोडाटा० र शैक्षिक योग्यताका प्रमाणपत्रको प्रतिलिपि संघीय संसद् सचिवालय तथा पार्टीको केन्द्रीय कार्यालयमा समयमै दर्ता गराउनुपर्नेछ।

यस्तै, सम्बन्धित सांसदले स्वकीय सचिवको कार्यसम्पादनको नियमित मूल्याङ्कन गरी त्यसको आवधिक प्रतिवेदन संसदीय दलसमक्ष अनिवार्य रूपमा पेस गर्नुपर्ने व्यवस्था गरिएको छ। साथै, स्वकीय सचिवले सांसदको कामकारबाही, पार्टीका आन्तरिक सूचना तथा संसद्का संवेदनशील विषयको गोपनीयता कायम राख्नुपर्ने उल्लेख गरिएको छ।

रास्वपाले राज्यकोषबाट उपलब्ध गराइने सुविधा जनताको करबाट प्राप्त हुने भएकाले यसको प्रयोगमा सांसदहरूले उच्च नैतिक आचरण र जनउत्तरदायित्व प्रदर्शन गर्नुपर्ने जनाएको छ।

सूचनामा नातेदार नियुक्त गर्ने, कागजी रूपमा मात्र स्वकीय सचिव देखाएर सुविधा लिने वा अन्य आर्थिक हिनामिना गर्ने कार्यलाई गम्भीर उल्लङ्घन मानिने र त्यस्तो अवस्थामा पार्टीको केन्द्रीय अनुशासन समितिमार्फत तत्काल कारबाही अघि बढाइने उल्लेख गरिएको छ।

त्यस्तै, स्वकीय सचिवको कार्यसम्पादन सन्तोषजनक नभएमा, पदीय आचरणविपरीत कार्य गरेमा वा गोपनीयता भंग गरेमा सम्बन्धित सांसदले संसदीय दललाई जानकारी गराई जुनसुकै बेला पदमुक्त गर्न सक्ने व्यवस्था गरिएको छ।

रास्वपाले स्वकीय सचिव नियुक्तिका लागि सार्वजनिक दरखास्त आह्वान गर्न साझा, आधिकारिक र व्यावसायिक विज्ञापन ढाँचा तयार गर्ने जनाएको छ। उक्त ढाँचामा आवश्यक योग्यता, कार्यविवरण र आवेदन प्रक्रियासम्बन्धी विवरण स्पष्ट उल्लेख गरिने तथा सबै सांसदले नयाँ स्वकीय सचिव नियुक्तिका लागि अनिवार्य रूपमा सोही ढाँचा प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ।

सूचनामा स्वकीय सचिव व्यवस्थापन तथा नियुक्तिसम्बन्धी सहयोग वा परामर्श आवश्यक परे संसदीय दलका उपनेता, मुख्य सचेतक र सचेतकसँग सम्पर्क गर्न सकिने उल्लेख गरिएको छ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

barta_jPKe9ykRCG (1)

गरिमा चौधरीका अभिभावक र सरकारबिच ३ बुँदे सहमति

काठमाडौँ । बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१ की ३ वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...
photo-4_f0bd92f3

गरिमा चौधरीका हत्यारालाई कारवाही हुन्छ तर ‘तत्काल मृत्युदण्ड’ असम्भवः गृहमन्त्री

काठमाडौं, भदौ ६- गृहमन्त्री सुधन गुरुङले तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि गरिएको जघन्य हत्याको...
aandolan_CVLQiweb5a_m1DadpA4I0

‘कहिले सुरक्षित हुन्छन् हाम्रा छोरी ?’

काठमाडौं : तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या गरिएको घटनामा संलग्नलाई कडा कारबाहीको माग गर्दै...
death_JvuG08585c_zhovlXx9fv

खहरेमा बगेकी सुमित्राको शव राप्ती किनारमा भेटियो

हेटौँडा, ५ भदौ । हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुरकी ११ वर्षीया सुमित्रा ब्लोनको शव राप्ती खोलामा भेटिएको...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०