"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

११ वर्षपछि औषधिको मूल्य समायोजन गर्दै सरकार

Table of Content

काठमाण्डौ — क्यान्सर तथा अन्य गम्भीर रोगको उपचारमा प्रयोग हुने अत्यावश्यक औषधिको अभाव हटाउन सरकारले औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाएको छ । कच्चा पदार्थको मूल्यमा भएको वृद्धि र ११ वर्षदेखि औषधिको मूल्य पुनरावलोकन नभएका कारण बजारमा देखिएको अभाव समाधान गर्न सरकारले आवश्यक नीतिगत सुधारको तयारी गरेको हो ।

गएको हप्ता औषधि व्यवस्था विभागकी निमित्त महानिर्देशक शिवानी खड्गीको अध्यक्षतामा बसेको मूल्य अनुगमन समितिको बैठकले अत्यावश्यक औषधिको आपूर्ति सहज बनाउन मूल्य समायोजनसहित आवश्यक नीतिगत सुधार अघि बढाउने निर्णय गरेको छ ।

विभागका अनुसार लामो समयदेखि औषधिको मूल्य समायोजन नहुँदा केही औषधिको बजार मूल्य सरकारले तोकेको मूल्यभन्दा धेरै बढिसकेको छ । यस्तै, केही औषधिको बजार मूल्य घटिसकेको अवस्थामा सरकारले निर्धारण गरेको मूल्य भने अझै उच्च रहेकाले त्यस्ता औषधिको मूल्य घटाउने तयारी पनि गरिएको छ ।

झण्डै दुई हप्ताअघि क्यान्सर उपचारमा प्रयोग हुने प्लाटिनम समूहका कार्बोप्लाटिन, सिस्प्लाटिन तथा सलाइनमार्फत दिइने केही इन्जेक्सन औषधिको अभाव भएपछि उपचाररत बिरामीले समस्या भोग्नुपरेको थियो ।

नेपालमा औषधिको मूल्य निर्धारण तथा समायोजन गर्दा भारतको नेशनल फार्मास्युटिकल प्राइसिङ अथोरिटी (एनपीपीए)ले निर्धारण गरेको सिलिङ मूल्यलाई आधार मान्ने अभ्यास रहेको छ । निमित्त महानिर्देशक खड्गीले मूल्य समायोजनको कानुनी प्रक्रिया अघि बढिरहेको भए पनि तत्कालका लागि औषधिको अभाव हुन नदिन सरकार उत्पादक, आयातकर्ता र व्यवसायीसँग निरन्तर संवाद तथा आवश्यक सहजीकरणमा जुटिरहेको बताउनुभएको छ ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

barta_jPKe9ykRCG (1)

गरिमा चौधरीका अभिभावक र सरकारबिच ३ बुँदे सहमति

काठमाडौँ । बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१ की ३ वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...
photo-4_f0bd92f3

गरिमा चौधरीका हत्यारालाई कारवाही हुन्छ तर ‘तत्काल मृत्युदण्ड’ असम्भवः गृहमन्त्री

काठमाडौं, भदौ ६- गृहमन्त्री सुधन गुरुङले तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि गरिएको जघन्य हत्याको...
aandolan_CVLQiweb5a_m1DadpA4I0

‘कहिले सुरक्षित हुन्छन् हाम्रा छोरी ?’

काठमाडौं : तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या गरिएको घटनामा संलग्नलाई कडा कारबाहीको माग गर्दै...
death_JvuG08585c_zhovlXx9fv

खहरेमा बगेकी सुमित्राको शव राप्ती किनारमा भेटियो

हेटौँडा, ५ भदौ । हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुरकी ११ वर्षीया सुमित्रा ब्लोनको शव राप्ती खोलामा भेटिएको...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०