"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

चितवन प्रशासनद्वारा राष्ट्रिय परिचयपत्र सेवाको समय विस्तार, बिहान ८ देखि साँझ ७ बजेसम्म सेवा

Table of Content

चितवन प्रशासनद्वारा राष्ट्रिय परिचयपत्र सेवाको समय विस्तार, बिहान ८ देखि साँझ ७ बजेसम्म सेवा

चितवन, साउन ७। जिल्ला प्रशासन कार्यालय चितवनले राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवाको समय विस्तार गर्दै बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म सेवा प्रदान गर्ने भएको छ। कार्यालयले बिहीबारदेखि लागू हुने गरी उक्त व्यवस्था गरिएको जनाएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी चूडामणि शर्मा गौतमद्वारा जारी सूचनाअनुसार सेवाग्राहीको बढ्दो चापलाई मध्यनजर गर्दै सेवा समय बढाइएको हो। नयाँ व्यवस्थाअनुसार दैनिक करिब ७५० जना सेवाग्राहीलाई सेवा प्रदान गर्ने गरी आवश्यक प्रबन्ध मिलाइएको कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार केही दिनका लागि राष्ट्रिय परिचयपत्र वितरणको कार्य भने स्थगित गरिएको छ। यसअघि नै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरिसकेका सेवाग्राहीको काम सोही नम्बरका आधारमा हुने भएकाले वितरण कार्य अस्थायी रूपमा रोकिएको सूचनामा उल्लेख छ।

यस्तै, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको ‘सिस्टम अपग्रेड’ का कारण सनाखत प्रक्रियामा ढिलाइ भएको जनाउँदै कार्यालयले क्रमशः सनाखत हुँदै जाने जानकारी दिएको छ। यसका लागि सेवाग्राहीले अनावश्यक रूपमा कार्यालयमा आइरहनु नपर्ने पनि सूचनामार्फत अनुरोध गरिएको छ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०