"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

सुडानमा ड्रोन आक्रमणमा परी कम्तीमा २३ जनाको ज्यान गयो

Table of Content

सुडानमा ड्रोन आक्रमणमा परी कम्तीमा २३ जनाको ज्यान गयो

काठमाण्डौ – सुडानको रणनीतिक शहर एल–ओबेदमा भएको ड्रोन आक्रमणमा कम्तीमा २३ जनाले ज्यान गुमाएका छन् । 

सन् २०२३ को अप्रिलदेखि सुडानमा सेना र अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्सबीच शुरु भएको सङ्घर्ष निरन्तर चर्किँदै गएको छ । एएफपीका अनुसार ज्यान गुमाउनेमध्ये दुई बालबालिका र एक महिला रहेका छन् । आक्रमणहरू आवासीय क्षेत्र, अन्त्येष्टि सभा तथा खाद्यान्न बोकेको ट्रकसम्म भएका छन् । एल–ओबेद शहरलाई अर्धसैनिक बलले महिनौँदेखि घेराबन्दीमा राखेको छ । यो शहर डार्फर क्षेत्रमा आरएसएफ नियन्त्रणमा रहेका क्षेत्र र सेना–नियन्त्रित क्षेत्रबीचको मुख्य मार्गमा अवस्थित छ । 

संयुक्त राष्ट्रसङ्घका अनुसार यस वर्ष जनवरीदेखि अप्रिलसम्म मात्र सुडानमा भएका ड्रोन आक्रमणमा ८८० भन्दा बढी सर्वसाधारणको ज्यान गइसकेको छ । हालैका महिनाहरूमा कोर्डोफान र ब्लु नाइल क्षेत्रमा लडाइँ झनै तीव्र बनेको छ । आरएसएफले पश्चिमी डार्फरको एल–फाशर कब्जा गरेपछि द्वन्द्व अझ फैलिएको बताइएको छ । 

तेल भण्डार, कृषि भूमि र रणनीतिक मार्गहरू रहेको कोर्डोफान क्षेत्र अहिले युद्धको प्रमुख केन्द्र बनेको छ । यस व्यापक द्वन्द्वका कारण सुडानमा दशौँ हजार मानिसको मृत्यु भइसकेको छ भने एक करोडभन्दा बढी मानिस विस्थापित हुन बाध्य भएका छन् । 

संयुक्त राष्ट्रसङ्घले यसलाई विश्वकै सबैभन्दा ठूलो विस्थापन र भोकमरी संकटमध्ये एकको रूपमा वर्णन गरेको छ ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

army-helicopter_pkh6dlfnrg_pYa0c4LgMC

उद्धार तथा राहत कार्यका लागि सबै हेलिकप्टरहरूलाई स्ट्यान्डबाइ राखियो

काठमाडौं । रसुवा बाढीपछि सम्भावित उद्धार तथा राहत कार्यका लागि सबै हेलिकप्टरलाई स्ट्यान्डबाइमा राखिएको छ।...
timure_NidzBokBOe

रसुवा बाढी :  अबको केही घण्टामा मुग्लिन पार गर्ने

काठमाडौँ ।  रसुवाको भोटेकोसीमा आएको भीषण बाढी त्रिशूली नदी हुँदै तीव्र गतिमा अगाडि बढिरहेको छ...
aagolagi_wvkld87PQt (1)

विद्युत् ‘सर्ट’भएर आगलागी हुँदा दुई घर नष्ट, २६ लाख बराबरको क्षति

ओखलढुङ्गा । यहाँको सिद्धिचरण नगरपालिका–४ चार्खुमा मङ्गलबार साँझ विद्युत् चुहावट (सर्ट) भएर आगलागी हुँदा दुई...
can_cricket_k8Vyh7isr8

यू–१९ एसिया कप र विश्वकपका लागि छानिएका नेपालको प्रारम्भिक टोलीमा को-को समेटिए ?

आसन्न एसिया कप र आउँदो वर्ष आयोजना हुने आइसिसी यू–१९ महिला विश्वकपका लागि नेपालको प्रारम्भिक...
cm-office-sudurpaschim-(2)_0L8mzQiGiG

सुदूरपश्चिममा १४३ बहुवर्षीय योजना : १४ अर्बको ठेक्का, कामको गति कस्तो ?

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले सडक, पुल तथा अन्य भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै प्रदेशका...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०