"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

यू–१९ एसिया कप र विश्वकपका लागि छानिएका नेपालको प्रारम्भिक टोलीमा को-को समेटिए ?

Table of Content

आसन्न एसिया कप र आउँदो वर्ष आयोजना हुने आइसिसी यू–१९ महिला विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा गरेको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले सोनी पाख्रिनको कप्तानीमा २८ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको हो ।

आगामी एसिया कप तथा यू–१९ महिला विश्वकपमा सहभागिता जनाउने नेपाली यू–१९ महिला राष्ट्रिय क्रिकेट टोलीको पहिलो चरणको क्याम्पका लागि २८ खेलाडी छनोट गरिएको छ ।

क्यानले अन्तिम टोली चाँडै घोषणा गर्नेछ । क्यान सचिव पारस खड्काका अनुसार प्रथम चरणको क्याम्पमा पर्नेहरूमा कप्तान सोनी पाख्रिन, प्रथा श्रेष्ठ, रचना चौधरी, चन्द्रमाया बराल, कुसुम गोदार, रञ्जना साउद, ज्योत्सिका मरासिनी, तिर्सना विश्वकर्मा, रिया शर्मा, प्रिन्सा राना मगर, टीका साह, पूर्णिमा राजवंशी, अञ्जिला पाठक रहेका छन् ।

यस्तै, आशना चौधरी, सुप्रिया बुढा मगर, प्रतिमा साह, साक्षी यादव, आरती महतो, सावित्री धामी, मनीषा चौधरी, जयन्ती भण्डारी, आशिकाकुमारी महरा, अन्जु पार्की, सोनाम जोशी, अनु कडायत, मनीयाकुमारी उपाध्याय, साना प्रवीण र अलिसाकुमार यादवले पनि बन्द प्रशिक्षणमा मौका पाएका छन् । उनीहरूमध्ये केही खेलाडीले सिनियर महिला टोलीको समेत प्रतिनिधित्व गरिसकेका छन् ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

upendra-yadav_j3lS1ILJ07

संविधान संशोधन वा पुनर्लेखन नभएसम्म हामी संविधान विरोधी नै रहन्छौँ : उपेन्द्र यादव

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव नेपालको राजनीतिक इतिहासमा पटक–पटक...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०