"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

सुदूरपश्चिममा १४३ बहुवर्षीय योजना : १४ अर्बको ठेक्का, कामको गति कस्तो ?

Table of Content

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले सडक, पुल तथा अन्य भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै प्रदेशका नौ वटै जिल्लामा १४३ वटा बहुवर्षीय योजना अघि बढाएको छ । अर्बौं रुपैयाँ लगानी भएका यी योजनामध्ये केही निर्माणको अन्तिम चरणमा पुगेका छन् भने केहीको भौतिक प्रगति निकै न्यून छ ।

भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत सञ्चालित १४३ वटा बहुवर्षीय योजनाको कुल लागत अनुमान करिब १९ अर्ब ९७ करोड ४३ लाख रुपैयाँ छ । प्रतिस्पर्धात्मक ठेक्का प्रक्रियाबाट यी योजना १४ अर्ब ३६ करोड २६ लाख रुपैयाँमा सम्झौता भएका छन् ।

मन्त्रालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/०८२ सम्म यी योजनामा ७ अर्ब ८१ करोड ८७ लाख रुपैयाँ भुक्तानी भइसकेको छ । आर्थिक वर्ष २०८२/०८३ मा १४३ योजनाका लागि २ अर्ब ८ करोड ५२ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो, तर त्यस अवधिमा हालसम्म ३१ करोड ४४ लाख ९७ हजार रुपैयाँमात्रै भुक्तानी भएको मन्त्रालयको विवरणमा उल्लेख छ ।

यसले प्रदेश सरकारले ठुलो सङ्ख्यामा बहुवर्षीय योजना अघि बढाए पनि सबै आयोजनाको कार्यान्वयन गति समान नरहेको देखाउँछ ।

भौतिक पूर्वाधार विकास मन्त्रालयकी सूचना अधिकारी कल्पना पन्तका अनुसार बहुवर्षीय योजनाहरू प्रदेशको दीर्घकालीन पूर्वाधार विकासका लागि महत्त्वपूर्ण छन् । सडक तथा पुल निर्माणलाई प्राथमिकतामा राखेर प्रदेशका सबै जिल्लालाई आपसमा जोड्ने लक्ष्यसहित आयोजना अघि बढाइएको उनले बताइन् ।

सुदूरपश्चिमको भौगोलिक अवस्थाका कारण सडक पूर्वाधारलाई प्रदेश विकासको प्रमुख आधारका रूपमा लिइएको छ । कैलाली र कञ्चनपुरका सहरी तथा ग्रामीण सडकदेखि बाजुरा, बझाङ, अछाम, डोटी, डडेल्धुरा, बैतडी र दार्चुलाका दुर्गम क्षेत्रसम्म बहुवर्षीय सडक आयोजना सञ्चालनमा छन् ।

तराईका सडकले बजार, प्रशासनिक केन्द्र र सीमावर्ती क्षेत्रलाई जोड्ने अपेक्षा गरिएको छ भने पहाडी तथा हिमाली जिल्लामा निर्माण भइरहेका सडकले स्थानीय उत्पादनलाई बजारसम्म पुर्‍याउन सहज बनाउने लक्ष्य राखिएको छ ।

१४३ आयोजनामध्ये कैलाली र कञ्चनपुरमा सहरी तथा रणनीतिक सडक निर्माणका योजना बढी छन् । पहाडी जिल्लामा भने नयाँ सडक खोल्ने, सडक स्तरोन्नति गर्ने, पुल निर्माण गर्ने तथा मुख्य बस्ती र व्यापारिक केन्द्र जोड्ने आयोजना सञ्चालनमा छन् ।

सडकसँगै वर्षायाममा नदी तथा खोलाका कारण हुने आवागमन अवरोध हटाउन पुल निर्माणलाई पनि प्राथमिकता दिइएको छ । कैलालीमा अण्डैया जाने बाटोको कटनी नदी पुल, चौमाला पुरानो बजार पुल र सुर्मी नालाको पक्की पुललगायतका आयोजना निर्माणको विभिन्न चरणमा छन् । केही पुलको भौतिक प्रगति ७० प्रतिशतभन्दा माथि पुगेको छ भने केही आयोजना सम्पन्न हुने अन्तिम चरणमा छन् ।

धनगढी क्षेत्रमा पर्ने हुलाकी सडक योजनाको भौतिक प्रगति करिब ९८ प्रतिशत पुगेको छ । कृष्ण मन्दिर–गोदावरी सडक स्तरोन्नति योजनाको प्रगति भने करिब ५५ प्रतिशत छ ।

कतिपय योजनाहरुमा कैलाली र कञ्चनपुरका सहरी तथा रणनीतिक सडकसँगै अछाम र बाजुराका सडक आयोजनालाई समेटिएको छ । त्यसैगरी ९१ देखि १४३ सम्मका आयोजनामा कञ्चनपुर, डडेल्धुरा, बैतडी, कैलालीलगायतका जिल्लाका ठूला सडक तथा पुल निर्माणका प्याकेज छन् ।

स्तै कैलालीको घोडाघोडी नगरपालिका–५ मा पर्ने शीतलपुर–सिम्ली सडकको भौतिक प्रगति ११ प्रतिशतमात्रै रहेको मन्त्रालयको विवरणले देखाउँछ । यसले एउटै मन्त्रालयअन्तर्गत सञ्चालन भइरहेका बहुवर्षीय योजनाको प्रगति निकै असमान रहेको देखाउँछ ।

बहुवर्षीय योजनाको सूची हेर्दा साना ग्रामीण सडकदेखि रणनीतिक सडक, ठुला पुल र जिल्ला जोड्ने आयोजनासम्म समेटिएका छन् ।

सुरुवाती योजनाहरूमा कैलाली र कञ्चनपुरका सडक स्तरोन्नति तथा सहरी सडक सञ्जाल विस्तारका आयोजना छन् । त्यसपछि बाजुरा, अछाम, बैतडी, डोटी, डडेल्धुरा र दार्चुलाका सडक आयोजना समेटिएका छन् ।
पहाडी जिल्लाका सडकसँगै पुल तथा नाला निर्माणका काम बढी देखिन्छन् । बैतडी र अछाममा सडक तथा पुल निर्माणका विभिन्न प्याकेज सञ्चालनमा छन् भने डडेल्धुरा र दार्चुलाका दुर्गम क्षेत्रमा पनि सडक विस्तारका आयोजना अघि बढाइएको छ ।

कतिपय योजनाहरुमा कैलाली र कञ्चनपुरका सहरी तथा रणनीतिक सडकसँगै अछाम र बाजुराका सडक आयोजनालाई समेटिएको छ । त्यसैगरी ९१ देखि १४३ सम्मका आयोजनामा कञ्चनपुर, डडेल्धुरा, बैतडी, कैलालीलगायतका जिल्लाका ठूला सडक तथा पुल निर्माणका प्याकेज छन् ।

यसरी हेर्दा १४३ आयोजनामध्ये कैलाली र कञ्चनपुरमा योजनाको संख्या बढी देखिए पनि पहाडी तथा हिमाली जिल्लालाई समेत पूर्वाधार सञ्जालमा जोड्ने प्रयास गरिएको मन्त्रालयको दाबी छ ।

प्रदेश सरकारले बहुवर्षीय आयोजनाका लागि करिब २० अर्ब रुपैयाँ लागत अनुमान गरे पनि ठेक्का सम्झौता करिब १४ अर्ब ३६ करोड रुपैयाँमा भएको छ ।

सम्झौता भएको रकमको तुलनामा हालसम्म भएको भुक्तानी र आयोजनाको भौतिक प्रगतिलाई हेर्दा सबै आयोजना अपेक्षित गतिमा अघि बढ्न सकेका छैनन् । कतिपय आयोजना तीव्र गतिमा अघि बढिरहेका छन् भने कतिपयको काम सुरुवाती चरणमै सीमित छ । निर्माण व्यवसायीको ढिलासुस्ती, जग्गा तथा मुआब्जासम्बन्धी समस्या, भौगोलिक कठिनाइ र वर्षायामका कारण पनि आयोजनाको गति प्रभावित हुने गरेको मन्त्रालयको भनाइ छ ।

यी आयोजना समयमै सम्पन्न भए पहाडबाट तराईसम्मको आवागमन सहज हुने, स्थानीय उत्पादनले बजार पाउने र पर्यटन क्षेत्रमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको अछामका स्थानीय लोकवहादुर खड्काले बताए ।

उनका अनुसार खप्तड, रामारोशनलगायतका पर्यटकीय क्षेत्रमा पहुँच विस्तार गर्न पनि सडक पूर्वाधारले महत्त्वपूर्ण भूमिका खेल्न सक्छ ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

nagdhunga-naubise-road-(7)-1765352945

पृथ्वी राजमार्ग हुँदै जान लागेका गाडीलाई नागढुंगामै रोकियो

काठमाडौंबाट पृथ्वीराजमार्ग हुँदै बाहिरिने सवारीसाधनलाई प्रहरीले नागढुंगामै रोकेको छ। रसुवाबाट आएको बाढीले धादिङ, तनहुँ, चितवनसम्म...
SG gives press con

समुन्द्री ढुवानी संयन्त्र सुदृढ गर्न संयुक्त राष्ट्रसंघका महासचिवको आह्वान

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विभिन्न सामुद्रिक नाकाहरूबाट अत्यावश्यक वस्तुहरूको सुरक्षित ढुवानी सुनिश्चित गर्न एक...
army-helicopter_pkh6dlfnrg_pYa0c4LgMC

उद्धार तथा राहत कार्यका लागि सबै हेलिकप्टरहरूलाई स्ट्यान्डबाइ राखियो

काठमाडौं । रसुवा बाढीपछि सम्भावित उद्धार तथा राहत कार्यका लागि सबै हेलिकप्टरलाई स्ट्यान्डबाइमा राखिएको छ।...
timure_NidzBokBOe

रसुवा बाढी :  अबको केही घण्टामा मुग्लिन पार गर्ने

काठमाडौँ ।  रसुवाको भोटेकोसीमा आएको भीषण बाढी त्रिशूली नदी हुँदै तीव्र गतिमा अगाडि बढिरहेको छ...
aagolagi_wvkld87PQt (1)

विद्युत् ‘सर्ट’भएर आगलागी हुँदा दुई घर नष्ट, २६ लाख बराबरको क्षति

ओखलढुङ्गा । यहाँको सिद्धिचरण नगरपालिका–४ चार्खुमा मङ्गलबार साँझ विद्युत् चुहावट (सर्ट) भएर आगलागी हुँदा दुई...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०