"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

भोटेकोशी र त्रिशूली नदीमा भीषण बाढीको जोखिम

Table of Content

काठमाडौँ । चीनको तिब्बततर्फबाट भोटेकोशी र त्रिशूली नदीमा ठुलो बाढी प्रवेश गरेपछि तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ।

बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीले भदौ १० गते बिहान करिब ९ बजेको समयमा तिब्बततर्फबाट भोटेकोशी नदीमा ठुलो मात्रामा पानीको बहाव प्रवेश गरेको हो। यो बाढी अहिले रसुवा हुँदै नुवाकोटको विदुरभन्दा तल पुगिसकेको र यसले माथिल्लो क्षेत्रमा ठुलो क्षति पुर्‍याएको प्रारम्भिक सूचना प्राप्त भएको पराजुलीले बताए । 

पराजुलीले विभागले रसुवा, नुवाकोट, धादिङ र चितवनका तटीय क्षेत्रहरूलाई उच्च जोखिमको सूचीमा राखेको जानकारी दिए । विशेष गरी त्रिशूली नदी र मर्स्याङ्दीको दोभान (मुग्लिन) सम्मको क्षेत्रलाई अति उच्च जोखिम मानिएको छ। बाढी मुग्लिनसम्म पुग्न करिब ४ देखि ५ घण्टा लाग्ने अनुमान गरिएको छ, त्यसैले आज बेलुकीसम्म नै विशेष सावधानी अपनाउनु पर्ने पराजुलीले बताए । 

बाढीको जोखिमलाई मध्यनजर गर्दै विभागले पृथ्वी राजमार्ग र त्रिशूली नदी किनारका अन्य कोरिडोर राजमार्गहरूमा आवागमन नगर्न र सम्भव भएसम्म यातायात बन्द गर्न सुझाव दिएको छ।

नदी किनारका बस्ती, घर र कृषि क्षेत्रमा रहेका नागरिकहरूलाई तत्काल सुरक्षित र उचाइ भएको स्थानमा जान पनि आग्रह गरिएको पराजुलीले बताए । 

त्रिशूलीमा पानीको सतह बढ्दा तादी, बुढीगण्डकी र मलेखु लगायतका सहायक नदीहरूमा पनि पानी फर्किने हुनसक्ने भएकाले ती क्षेत्रमा पनि सावधानी अपनाउन भनिएको उनको भनाइ छ । 

यो बाढी वर्षाका कारण नभई आकस्मिक रूपमा आएको देखिएकाले तिब्बतमा हिमताल विस्फोट भएको हुनसक्ने आशङ्का गरिएको छ। यसबारे थप जानकारीका लागि चिनियाँ अधिकारीहरूसँग समन्वय र उपग्रहबाट अध्ययन भइरहेको पराजुलीले जानकारी दिए ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

Shankar_Pokhrel_9ZAiybdpLh

शंकर पोखरेलको टिप्पणी : दलहरूसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो

काठमाण्डौ – नेकपा एमाले महासचिव शंकर पोखरेलले राजनीतिक दलहरूसँगको संवाद प्रधानमन्त्री वालेन्द्र शाहका लागि एकादेशको...
NRB_Bank_final_iKM3hHv13C

मूल्यवृद्धि उच्च : घिउ, तेल, तरकारी र फलफूल सबैभन्दा महँगो

काठमाण्डाै – चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना अर्थात् साउनमा महँगी अत्यधिक बढेको छ ।...
ramchandra_poudel_yyL0tB0G0w

एकताबद्ध भई अगाडि बढ्न सबैलाई राष्ट्रपति पौडेलको आह्वान

काठमाण्डौ – राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा देशमा दिगो...
Balen-dai23243545-1789793060

संविधानको भावनाप्रति सरकार पूर्ण प्रतिबद्ध छ : प्रधानमन्त्री शाह

काठमाण्डौ – प्रधानमन्त्री वालेन्द्र शाहले सरकार संविधानको भावनाप्रति पूर्णरुपमा प्रतिबद्ध रहेको बताउनुभएको छ । संविधान...
sena-badi-1789805649

त्रिशूली–१ को सुरुङबाट थप ११ शव निकालियो : नेपाली सेना

काठमाण्डौ – रसुवाको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ सुरुङबाट ११ जनाको शव निकालेको नेपाली सेनाले...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०