"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

कृषि उत्पादनको प्रवर्द्धनका लागि मागपत्र पेस

Table of Content

रत्ननगर । सामाजिक उद्यमी महिला सहकारीले उत्पादन गरेका कृषि सामग्रीको प्रवर्द्धन र बजारीकरणका लागि प्रदेश सरकारसमक्ष मागपत्र पेस गरिएको छ । सामाजिक उद्यमी महिला सञ्जाल नेपाल (सेवा नेपाल)ले सोमबार भरतपुरमा आयोजना गरेको प्रदेशस्तरीय समन्वय बैठक तथा अन्तर्क्रिया कार्यक्रममा कृषि उत्पादन र बजारीकरणलाई जोड दिएर मागपत्र पेस गरिएको हो ।

महिला तथा सामाजिक उद्यमी महिला सहकारीहरुका लागि बजार सहजीकरणका लागि ढुवानी साधनमा अनुदान माग गरिएको छ । हाटबजार सञ्चालन गर्दा महिला उद्यमीलाई प्राथमिकता दिनुपर्ने तथा केन्द्रीय संघ स्थापना तथा दर्ताका लागि समन्वय तथा सेवा नेपालको कोसेली घरलाई प्रवद्र्धन गर्ने कार्यक्रम तथा अनुदान प्रदान गर्न माग गरिएको छ । कृषि उद्योग तथा सहकारी उद्योग सञ्चालनमा मन्त्रालय र मन्त्रालयअन्तर्गतका कार्यालयहरुले महिला तथा सामाजिक उद्यमी महिला सहकारीका लागि विशेष कार्यक्रम तयार गर्नुपर्ने, सामाजिक उद्यमी महिला सहकारीलक्षित क्षमता विकासका कार्यक्रमहरु सहकारी व्यवस्थापन तालिम, लेखा व्यबस्थापन सम्बन्धित तालिम, नीति नियमसम्बन्धी अभिमुखीकरण तथा सहकारी उद्योगसम्बन्धी क्षमता विकासका कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने मागपत्रमा उल्लेख छ ।

कार्यक्रममा सेवा नेपालकी अध्यक्ष टीकाकुमारी अधिकारीले बागमती प्रदेशकी सहकारी तथा गरिबी निवारणमन्त्री विनु रायमाझी पौडेललाई मागपत्र हस्तान्तरण गरेकी थिइन् । प्रदेशस्तरीय अन्तक्र्रिया कार्यक्रममा सामाजिक उद्यमी महिला सहकारीले उत्पादन गरेका सामग्रीको प्रवद्र्धन र बजारीकरण, सामाजिक उद्यमी महिला सहकारी क्षेत्रमा विद्यमान समस्या, चुनौती र त्यसको समाधानको विषयमा छलफल गरिएको सेवा नेपालकी संस्थापक अध्यक्ष पार्वती न्यौपानेले बताइन् ।

कार्यक्रममा मन्त्री पौडेलले सेवा नेपालले मागपत्रमा समावेश गरिएका विषयबस्तु आफूले नीति तथा कार्यक्रममा समावेश गरेको भन्दै सहकारी क्षेत्रका समस्या र चुनौती समाधानका लागि प्रदेश सरकारले विशेष चासोका साथ काम गरिरहेको बताइन् ।

सेवा नेपालले देशभरका करिब २३० सामाजिक उद्यमी महिला सहकारीहरुको छाता संघको रुपमा काम गर्दै आएको छ । संस्थाले आफ्ना सदस्य संस्थाहरुलाई विभिन्न प्राविधिक क्षमता तथा सीप विकास गर्दै सदस्यहरुलाई उद्यमी बन्नका लागि अभिप्रेरित गर्दै आएको संस्थाकी सचिव शैलजा घिमिरे पौडेलले जानकारी दिइन् । सेवा नेपालमा बागमती प्रदेशमा ५६ वटा सामाजिक उद्यमी महिला सहकारीहरु आबद्ध रहेको र उक्त सहकारीहरुले डेरी, खसीबोका, मसला र अन्य कृषि उद्यम गर्दै आएका छन् । उक्त सहकारीबाट ५० हजार महिला सदस्यहरुले सेवा लिएको र करिब ३०० जनाले रोजगारी पाएका छन् ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका उपाध्यक्षद्वय खेमबहादुर थापा र डिबी बस्नेतले सामाजिक उद्यमी महिला सहकारीले महिलाहरुलाई आर्थिकरुपमा सबल मात्र होइन समाजको नेतृत्व गर्न सक्ने बनाएको बताएका थिए । हेफर इन्टरनेसनल नेपालकी कार्यक्रम निर्देशक सविना प्रधानले हेफरले सुरू गरेको अभियानले महिलाहरुलाई आर्थिक तथा सामाजिक क्षेत्रमा अब्बल बनाएको बताइन् । संस्थाकी अध्यक्ष अधिकारीले १५ लाख सदस्यसहित एक हजार सामाजिक उद्यमी महिला सेवा नेपालमा आबद्ध गराई सहकारी क्षेत्रमा जागरण पैदा गर्ने लक्ष्य रहेको बताइन् । महिला सहकारीले उत्पादन गरेका वस्तुहरुको बजारीकरणका लागि सेवा नेपालले रत्ननगरमा कोसेली घर निर्माण गरिसकेको उनको भनाइ छ ।

संस्थापक अध्यक्ष न्यौपानेले आर्थिक अवस्था कमजोर भएका महिलाहरुलाई सहकारीमा आबद्ध बनाएर जीविकोपार्जनको आधारशिला तयार गर्ने र उद्यमी बनाउने उद्देश्यका साथ काम भइरहेको बताएको कार्यक्रममा सेवा नेपाल प्रदेश संयोजक प्रमिला पण्डितले संस्थाले अहिलेसम्म सञ्चालन गरेका कार्यक्रमसहित प्रस्तुतीकरण तथा शान्तिकुञ्ज सामाजिक उद्यमी महिला सहकारी संस्थाकी अध्यक्ष निर्मला दंगालले संस्थाले गरेका कामहरुको प्रगति विवरण प्रस्तुत गरेकी थिइन् ।

सेवा नेपालकी संस्थापक सचिव कल्पना रिमालले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रम सचिव शैलजा घिमिरे पौडेलले सञ्चालन गरेकी थिइन् । राष्ट्रिय सहकारी महासंघका सञ्चालक टेकप्रसाद चौलागाईंले अन्तर्क्रिया कार्यक्रमको सहजीकरण गरेका थिए ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

भारतीय विदेशमन्त्रीलाई अर्थमन्त्री वाग्लेकाे प्रश्न – ‘के हामी पेन्डुलमको अर्को छेउतिर गइरहेका छौँ ?’

काठमाण्डाै – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा. एस जयशङ्करबीच बदलिँदो विश्व परिस्थितिमा अन्तर्राष्ट्रिय सहकार्यको स्वरूप र भविष्यबारे रोचक प्रश्नोत्तर भएको छ । भारतीय टेलिभिजन च्यानल एनडीटीभीले आयोजना गरेको ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ अन्तर्गत हिजाे बिहीवार आयोजित एक सत्रमा दुई नेताबीच विश्व व्यवस्थामा देखिएको परिवर्तन, बहुपक्षीय सहकार्यको भविष्य र क्षेत्रीय तथा उपक्षेत्रीय साझेदारीको आवश्यकताबारे...

मनास्लु लार्केपास, लाङटाङ र गोसाइँकुण्ड पदयात्रा खुला

काठमाण्डाै – मनास्लु लार्केपास, लाङटाङ र गोसाइँकुण्ड पदयात्रा खुला भएका छन् ।  ट्रेकिङ एजेन्सिज् एसाेसिएशन अफ नेपाल (टान) ले मनास्लु लार्केपास पदयात्रा खुला भएकाले सर्तकता अपनाउँदै यात्रा गर्न आग्रह गरेको छ । टानले सूचना निकालेर बूढीगण्डकीमा आएको बाढीका कारण क्षतिग्रस्त पहुँचमार्ग, पदमार्गका खण्ड, पुल तथा टी–हाउस लज धार्चे र गोरखाको चुमनुब्री गाउँपालिकाले संयुक्त रूपमा मर्मत...

बुकिङ खुलेको आधा घण्टामै सकियो एनपीएल उद्घाटन खेलको टिकट

काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलको अनलाइन बुकिङ खुलेको केही समयमै टिकट सकिएको छ । हिजो बेलुका ८ बजे खुलेको टिकट साढे ८ बजे नै सकिएको प्रतियोगिताको आधिकारिक टिकटिङ साझेदार इसेवाले जनाएको छ । एनपीएल सोमबारदेखि कीर्तिपुर मैदानमा शुरु हुँदैछ । प्रतियोगिताको पहिलो खेल साबिक विजेता लुम्बिनी लायन्स र उपविजेता...

६९औँ प्रहरी दिवसमा डिएसपी सुवास भट्ट ‘सर्वोत्कृष्ट अपराध अनुसन्धानकर्ता’ पुरस्कारबाट सम्मानित

रत्ननगर। ६९औँ प्रहरी दिवस २०८३ को अवसरमा इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) सुवास भट्ट ‘सर्वोत्कृष्ट अपराध अनुसन्धानकर्ता’ पुरस्कारबाट सम्मानित हुनुभएको छ। नेपाल प्रहरी प्रधान कार्यालयद्वारा आयोजित कार्यक्रममा उहाँलाई फौजदारी अपराधको वस्तुनिष्ठ तथा वैज्ञानिक अनुसन्धानमा उत्कृष्ट कार्यदक्षता, व्यावसायिक निष्ठा र अनवरत समर्पण प्रदर्शन गरेको कदरस्वरूप उक्त पुरस्कार प्रदान गरिएको हो। राष्ट्र...

राखेपले क्यान सदस्य गुञ्जन शाह सहित ४ जनालाई फिर्ता बोलायो

काठमाण्डौ – राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नेपाल क्रिकेट संघ (क्यान) का सदस्य गुञ्जन शाह ठकुरीलाई फिर्ता बोलाएको छ । अस्ति राखेपका सदस्य सचिवस्तरीय निर्णयमार्फत शाहलाई फिर्ता बोलाइएको हो । राखेपले उनलाई असोज १ गते क्यानको सदस्यमा मनोनीत गरेर पठाएको थियो । नेपाल क्रिकेट संघको विधान, २०५५ को परिच्छेद २ को दफा ३ को उपदफा ४...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०