"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

आरिया बनिन् ‘मिस सिनियर आइडल’, आकाङ्क्षालाई ‘मिस जुनियर आइडल’ अवार्ड

Table of Content

आरिया बनिन् ‘मिस सिनियर आइडल’, आकाङ्क्षालाई ‘मिस जुनियर आइडल’ अवार्ड

काठमाण्डाै – स्पार्कल इन्टरटेन्मेन्टद्वारा आयोजित ‘मिस्टर एण्ड मिस सिनियर एण्ड जुनियर आइडल सिजन–३’ को ग्राण्ड फिनाले सम्पन्न भएको छ । काठमाण्डाैकाे तीनकुनेमा रहेकाे रोयल म्याजेस्टिक इभेन्ट्समा हिजाे आयोजित कार्यक्रममा विभिन्न विधाका विजेताको घोषणा भएको हो ।

प्रतियोगितामा ‘मिस सिनियर आइडल’ को अवार्ड आरिया खत्रीले जितिन् । महिमा दाहाल फर्स्ट रनरअप तथा उमी थापा सेकेण्ड रनरअप बने । पब्लिक च्वाइस अवार्ड पनि आरिया खत्रीले नै जितिन् ।

त्यसैगरी ‘मिस लिटिल जुनियर’ तर्फ आरुन्या राई विजेता बनिन् भने दिप्सना खतिवडाले पब्लिक च्वाइस उपाधि पारिन् । ‘मिस जुनियर’ तर्फ आकाङ्क्षा लामा विजेता घोषित हुँदा निलाश्री प्रसाईं फर्स्ट रनरअप र सान्भी पराजुली सेकेण्ड रनरअप बने । समृद्धि राउत पब्लिक च्वाइस अवार्डबाट सम्मानित भइन् ।

‘मिस्टर आइडल’ तर्फ समीप बुढाथोकी विजेता बने भने प्रियान्स आचार्य फ्रस्ट रनरअप र रेहान श्रेष्ठ सेकेण्ड रनरअप घोषित भए । रिजोन पौडेलले पब्लिक च्वाइस अवार्ड जिते ।

यस सिजनमा लिटिल जुनियरतर्फ ६ देखि ८ वर्ष, जुनियरतर्फ ९ देखि १२ वर्ष तथा सिनियरतर्फ १३ देखि १५ वर्ष उमेर समूहका प्रतियोगीहरूको सहभागिता रहेको थियो । प्रतियोगिताअघि सहभागीलाई एक महिनासम्म प्रशिक्षणसमेत प्रदान गरिएको आयोजकले जानकारी दिएको छ ।

बालबालिका तथा किशोरकिशोरीमा लुकेका प्रतिभा उजागर गर्ने, आत्मविश्वास बढाउने र व्यक्तित्व विकासमा सहयोग पुर्‍याउने तथा कला प्रदर्शनका लागि उपयुक्त प्लेटफर्म उपलब्ध गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरेकाे आयोजक स्पार्कल इन्टरटेन्मेन्टले जनाएको छ ।

कार्यक्रममा स्पार्कल इन्टरटेन्मेन्टकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) नितु श्रेष्ठले यस्ता प्रतियोगिताले बालबालिकाको प्रतिभा प्रस्फुटनसँगै व्यक्तित्व विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने बताइन् ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

६९औँ प्रहरी दिवसमा डिएसपी सुवास भट्ट ‘सर्वोत्कृष्ट अपराध अनुसन्धानकर्ता’ पुरस्कारबाट सम्मानित

रत्ननगर। ६९औँ प्रहरी दिवस २०८३ को अवसरमा इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) सुवास भट्ट ‘सर्वोत्कृष्ट अपराध अनुसन्धानकर्ता’ पुरस्कारबाट सम्मानित हुनुभएको छ। नेपाल प्रहरी प्रधान कार्यालयद्वारा आयोजित कार्यक्रममा उहाँलाई फौजदारी अपराधको वस्तुनिष्ठ तथा वैज्ञानिक अनुसन्धानमा उत्कृष्ट कार्यदक्षता, व्यावसायिक निष्ठा र अनवरत समर्पण प्रदर्शन गरेको कदरस्वरूप उक्त पुरस्कार प्रदान गरिएको हो। राष्ट्र...

राखेपले क्यान सदस्य गुञ्जन शाह सहित ४ जनालाई फिर्ता बोलायो

काठमाण्डौ – राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नेपाल क्रिकेट संघ (क्यान) का सदस्य गुञ्जन शाह ठकुरीलाई फिर्ता बोलाएको छ । अस्ति राखेपका सदस्य सचिवस्तरीय निर्णयमार्फत शाहलाई फिर्ता बोलाइएको हो । राखेपले उनलाई असोज १ गते क्यानको सदस्यमा मनोनीत गरेर पठाएको थियो । नेपाल क्रिकेट संघको विधान, २०५५ को परिच्छेद २ को दफा ३ को उपदफा ४...

आईएसएफ फुटबल वर्ल्ड कपमा सहभागी हुन नेपाली टोली आज चीन जाँदै

काठमाण्डौ – आईएसएफ फुटबल वर्ल्ड कपको २९ औँ संस्करणमा सहभागी हुन २० खेलाडीसहित २९ सदस्यीय नेपाली टोली आज चीन जाँदैछ । प्रतियोगिता भोलिदेखि कात्तिक ९ गतेसम्म हुनेछ । खेलाडीमा इभानरत्न तुलाधर, मानव सुब्बा, आरभ श्रेष्ठ, अग्रिमजङ्ग सिंह बस्नेत, साहिलराज थापा, प्रशान्त मेयाङबो, रिवाज गुरुङ, सगर्वबहादुर श्रेष्ठ, सम्योग राई, सुयास पौडेल, अंशुमन केसी, भविष्य शाह, सिभान्स भट्टराई,...

नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

काठमाण्डौ – नवरात्रको छैटौँ दिन आज दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ ।हरेक वर्ष असाेज शुक्ल षष्ठी अर्थात् दुर्गा पक्षको छैटौँ दिन कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । नवरात्रको पहिलो दिन असोज २५ गते आइतबार दशैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना...

चितवनमा रक्तदान प्रिमियर लिग हुँदै, विजेता टोलीलाई एक लाख रुपैयाँ पुरस्कार

भरतपुर, असोज २९- रक्तदान संस्कृतिको विकास, युवापुस्तामा मानवीय सेवाभावको अभिवृद्धि तथा रक्तदानसम्बन्धी जनचेतना विस्तार गर्ने उद्देश्यले चितवनमा ‘रक्तदान प्रिमियर लिग’ आयोजना हुने भएको छ। नेपाल रक्तदाता संगठनको आयोजनामा सञ्चालन हुन लागेको उक्त प्रिमियर लिग आगामी मङ्सिर महिनादेखि सुरु हुने भएको हो। रक्तदानलाई सामाजिक अभियानका रूपमा स्थापित गर्दै विद्यालय तहदेखि नै विद्यार्थीहरूलाई मानवीय सेवामा सहभागी गराउने...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०