"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

अख्तियारमा उजुरी परे पनि विद्यार्थीलाई ल्यापटप !

Table of Content

रत्ननगर । गत वर्ष मावि गबैका २१ जना विद्यार्थीलाई ल्यापटप दिँदा खैरहनी वडा नं–१३ का वडाध्यक्ष कुलप्रसाद भूषालविरूद्ध अख्तियारमा उजुरी प¥यो । विद्यार्थीको आवश्यकता र कानुनसम्मत भएका कारण अख्तियारमा हालेको उजुरीले खासै असर गरेन । मुद्दा सजिलै टुङ्गियो । वडाध्यक्ष भूषालले गलत काम गरेका थिएनन्, खालि उनले गरेको उदाहरणीय काम रोक्ने प्रयास गरिएको थियो । अख्तियारमा हालेको उजुरीले उनी रोकिएनन् ।

आर्थिक वर्ष २०८२/०८३ को विनियोजित बजेटबाट शुक्रबार सोही विद्यालयमा कक्षा ११ र १२ मा पढ्ने २५ जना विद्यार्थीलाई ल्यापटप प्रदान गरे । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार र सूचना प्रविधिमा विद्यार्थीलाई अब्बल बनाउन वडाध्यक्ष भूषालले ल्यापटप वितरण गरेका हुन् । ‘समय सुहाउँदो शिक्षाका लागि सुरूवात गरिएको काम रोक्ने प्रयास गरियो’, उनले भने, ‘तर हाम्रो कदम सानातिना कुराले रोकिँदैन ।’ वडाको विनियोजित बजेटमध्ये १५ लाख ४८ हजार लगानीमा २५ वटा ल्यापटप वितरण गरिएको हो ।

विद्यालय प्राङ्गढमा आयोजित एक औपचारिक कार्यक्रमका बीच मेयर शशिकुमार खनियाँ र वडाध्यक्ष भूषालले विद्यालयका प्राचार्य ऋषिप्रसाद खनाललाई र सोपछि विद्यार्थीलाई हस्तान्तरण गरेका थिए । सो अवसरमा मेयर खनियाँले शिक्षामा सूचना प्रविधिको प्रयोगसँग गरिब बस्तीमा गृहकार्य कक्षा, सिक्स टु सिक्स पढाइ, स्वयम्सेवक शिक्षक, दरबन्दी मिलानलाई प्राथमिकतामा राखेर काम गरेको बताए । स्थानीय र सरकारले सामुदायिक विद्यालयको गुणस्तर सुधारमा आवश्यक लगानी बढाउँदा अनावश्यक राजनीतिक हस्तक्षेपले गुणस्तर सुधारमा समस्या परेको उनको भनाइ छ । शिक्षा क्षेत्रका २३ वटा अधिकार कानुन नबनेका कारण स्थानीय सरकारले प्रयोग गर्न नसकेको मेयर खनियाँले बताए । ‘शिक्षामा राम्रो गर्न खोजेका छौँ’, उनले भने, ‘कहिले मन्त्रीले रोक्छन्, कहिले कानुजले रोक्छ ।’

वडाध्यक्ष भूषालले प्रचारबाजीका लागि ल्यापटप वितरण गरेको नभई यो समयको माग भएको बताए । ‘प्रचारकाजीका लागि ल्यापटप दिएका होइनौँ’, उनले भने, ‘यो विद्यार्थीको आवश्यकताको साधन हो ।’ चालू आवमा वडाको बजेटबाट सोही विद्यालयमा कक्षा ११ र १२ मा पढ्ने ५० जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको र त्यसका लागि ५० लाख विनियोजन गरेको वडाध्यक्ष भूषालले जानकारी दिए । सोही वडामा अवस्थित धर्मेश्वर आधारभूत विद्यालय र दिव्यज्योति आमाविलाई २÷२ लाख रूपैयाँ प्रदान गरिएको छ । वडाभित्रका सामुदायिक तथा सरकारी विद्यालयमा उच्च शिक्षा अध्ययन गर्ने १० जना विद्यार्थीलाई जनही २०÷२० हजारका दरले छात्रबृत्ति प्रदान गरेको वडाध्यक्ष भुषालले जानकारी दिए ।

प्रधानाध्यापक खनालले शिक्षाको गुणस्तर सुधार र उत्कृष्ट नतिजाका लागि आफूहरुले सक्दो प्रयास गरिरहेको र विद्यालयको प्रयासमा स्थानीय सरकार, सामुदायिक वन, मध्यवर्तीको सहयोग अनुकरणीय रहेको बताए । ‘हामीले दिनरात नभनी काम गरिरहेका छौँ’, उनले भने, ‘तर सामुदायिक विद्यालयका शिक्षकको हुर्मत लिन काम भइरहेको छ, यो बन्द हुनुपर्छ ।’

विद्यालयका सहायक प्रधानाध्यापक ईश्वरप्रसाद खनालले सञ्चालन गरेको उक्त कार्यक्रममा बूढीराप्ती मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष कृष्णलाल चौधरी, वडा सदस्य जीवन कार्की, कुमरोज मध्यवर्ती सामुदायिक वनका उपाध्यक्ष भीमसेन थापालगायतले मन्तव्य राखेका थिए । सोही कार्यक्रममा आधारभूत तह उत्तीर्ण परीक्षामा चार जिपिए ल्याएका विश्वास भण्डारीलाई सम्मान तथा पुरस्कृत गरिएको छ ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

६९औँ प्रहरी दिवसमा डिएसपी सुवास भट्ट ‘सर्वोत्कृष्ट अपराध अनुसन्धानकर्ता’ पुरस्कारबाट सम्मानित

रत्ननगर। ६९औँ प्रहरी दिवस २०८३ को अवसरमा इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) सुवास भट्ट ‘सर्वोत्कृष्ट अपराध अनुसन्धानकर्ता’ पुरस्कारबाट सम्मानित हुनुभएको छ। नेपाल प्रहरी प्रधान कार्यालयद्वारा आयोजित कार्यक्रममा उहाँलाई फौजदारी अपराधको वस्तुनिष्ठ तथा वैज्ञानिक अनुसन्धानमा उत्कृष्ट कार्यदक्षता, व्यावसायिक निष्ठा र अनवरत समर्पण प्रदर्शन गरेको कदरस्वरूप उक्त पुरस्कार प्रदान गरिएको हो। राष्ट्र...

राखेपले क्यान सदस्य गुञ्जन शाह सहित ४ जनालाई फिर्ता बोलायो

काठमाण्डौ – राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नेपाल क्रिकेट संघ (क्यान) का सदस्य गुञ्जन शाह ठकुरीलाई फिर्ता बोलाएको छ । अस्ति राखेपका सदस्य सचिवस्तरीय निर्णयमार्फत शाहलाई फिर्ता बोलाइएको हो । राखेपले उनलाई असोज १ गते क्यानको सदस्यमा मनोनीत गरेर पठाएको थियो । नेपाल क्रिकेट संघको विधान, २०५५ को परिच्छेद २ को दफा ३ को उपदफा ४...

आईएसएफ फुटबल वर्ल्ड कपमा सहभागी हुन नेपाली टोली आज चीन जाँदै

काठमाण्डौ – आईएसएफ फुटबल वर्ल्ड कपको २९ औँ संस्करणमा सहभागी हुन २० खेलाडीसहित २९ सदस्यीय नेपाली टोली आज चीन जाँदैछ । प्रतियोगिता भोलिदेखि कात्तिक ९ गतेसम्म हुनेछ । खेलाडीमा इभानरत्न तुलाधर, मानव सुब्बा, आरभ श्रेष्ठ, अग्रिमजङ्ग सिंह बस्नेत, साहिलराज थापा, प्रशान्त मेयाङबो, रिवाज गुरुङ, सगर्वबहादुर श्रेष्ठ, सम्योग राई, सुयास पौडेल, अंशुमन केसी, भविष्य शाह, सिभान्स भट्टराई,...

नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

काठमाण्डौ – नवरात्रको छैटौँ दिन आज दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ ।हरेक वर्ष असाेज शुक्ल षष्ठी अर्थात् दुर्गा पक्षको छैटौँ दिन कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । नवरात्रको पहिलो दिन असोज २५ गते आइतबार दशैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना...

चितवनमा रक्तदान प्रिमियर लिग हुँदै, विजेता टोलीलाई एक लाख रुपैयाँ पुरस्कार

भरतपुर, असोज २९- रक्तदान संस्कृतिको विकास, युवापुस्तामा मानवीय सेवाभावको अभिवृद्धि तथा रक्तदानसम्बन्धी जनचेतना विस्तार गर्ने उद्देश्यले चितवनमा ‘रक्तदान प्रिमियर लिग’ आयोजना हुने भएको छ। नेपाल रक्तदाता संगठनको आयोजनामा सञ्चालन हुन लागेको उक्त प्रिमियर लिग आगामी मङ्सिर महिनादेखि सुरु हुने भएको हो। रक्तदानलाई सामाजिक अभियानका रूपमा स्थापित गर्दै विद्यालय तहदेखि नै विद्यार्थीहरूलाई मानवीय सेवामा सहभागी गराउने...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०