"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

पेट्रोलको आयात दुई गुणाले वृद्धि

Table of Content

बारा । नेपाल आयल निगम अम्लेखगञ्ज डिपोमा पेट्रोलको आयात दुई गुणाले वृद्धि भएको छ । गत वर्षको तुलनामा चालु आर्थिक वर्ष पेट्रोलको आयात दोब्बर बढेको हो । पाइपलाइनबाट पेट्रोल आयात हुन थालेसँगै परिमाण पनि बढेको हो ।

गत आर्थिक वर्ष १ लाख ८४ हजार किलोलिटर पेट्रोल आयात भएकोमा चालु आर्थिक वर्ष ४ लाख किलोलिटर पेट्रोल आयात भएको निगमको प्रादेशिक डिपो अम्लेखगञ्जले जनाएको छ ।

डिजेलमा भने सामान्यमात्रै वृद्धि भएको छ । चालु आर्थिक वर्ष ९ लाख १५ हजार ६१३ किलोलिटर  डिजेल आयात भएकोमा  गत आर्थिक वर्ष ९ लाख किलोलिटर आयात भएको निगमले जनाएको छ ।

गत वर्ष फागुनदेखि पाइपलाइनबाट पेट्रोल आयात भइरहेको छ । डिजेल भने २०७६ सालदेखि नै पाइपलाइनबाट आयात भइरहेको छ ।

‘यसअघि ट्याङ्करबाट स्थानीय बजारका लागि मात्रै पेट्रोल आयात हुन्थ्यो भने अहिले देशभरका ठुला सहरहरूको लागि यहीँबाट लोड भएर ढुवानी हुन्छ,’ अम्लेखगञ्ज डिपो प्रमुख अशोक साहले भने, ‘गत वर्षको तुलनामा तेलको आयात र बिक्री वितरण राम्रो अवस्थामा छ ।’

o3 Ashok shah

अम्लेखगञ्ज डिपोबाट थानकोट, पोखरा, भैरहवा, विराटनगर, जनकपुर, वीरगञ्ज लगायत देशभरका २० जिल्लाका सरकारी तथा निजी पम्पहरूमा बिक्री वितरण हुने गर्दछ ।

प्रादेशिक डिपो प्रमुख साहले सरकारी पम्पहरूका लागि दैनिक पेट्रोल १२५ देखि १५० ट्याङ्कर र डिजेल २ सयदेखि २५० ट्याङ्कर लोड हुने गरेको बताए ।

निजी पम्पहरूका लागि भने दैनिक १५० ट्याङ्कर पेट्रोलियम पदार्थ लोड हुने गर्दछ ।  

अम्लेखगञ्जमा भारतको मोतिहारीबाट पाइपलाइनबाट पेट्रोलियम पदार्थ आयात हुने गर्दछ । अम्लेखगञ्जबाट मोतिहारी ७० किलोमिटर दुरीमा  पर्छ । मोतिहारीबाट तेल छोडेको ४ दिनमा अम्लेखगञ्ज डिपोमा आइपुग्छ ।

अम्लेखगञ्ज डिपोमा पेट्रोल ४ देखि ५ दिन र डिजेल ६ देखि ७ दिनका लागि पुग्ने भण्डारण क्षमता रहेको निगमले जनाएको छ ।

‘हाम्रो सबैभन्दा धेरै बिक्री थानकोट डिपोमा हुन्छ,’ प्रमुख साहले भने, ‘पेट्रोल १७ हजार ७४७ किलोलिटर र डिजेल २५ हजार ८४३ किलोलिटर भण्डारण क्षमता छ ।’

निगमले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्दा आयात केही कम गर्ने गर्दछ ।

अम्लेखगञ्जमा भारतको मोतिहारीबाट पाइपलाइनबाट पेट्रोलियम पदार्थ आयात हुने गर्दछ । अम्लेखगञ्जबाट मोतिहारी ७० किलोमिटर दुरीमा  पर्छ । मोतिहारीबाट तेल छोडेको ४ दिनमा अम्लेखगञ्ज डिपोमा आइपुग्छ ।

यसअघि ट्याङ्करमार्फत भारतको बरौनीबाट पेट्रोल आयात हुँदै आएको थियो । हाल ती ट्याङ्करलाई आन्तरिक ढुवानीमा व्यवस्थापन गरेर पाइपलाइन पूर्ण रूपमा सञ्चालन गरिएको छ ।

‘बजारमा सहज तरिकाले तेल पठाएका छौँ । अभाव हुने अवस्था छैन । हामीसँग पर्याप्त भण्डारण छ,’ प्रादेशिक डिपो प्रमुख साहले भने, ‘गत वर्षको तुलनामा तेलको आयात र बिक्री वितरणको अवस्था राम्रो छ ।’

पाइपलाइनबाट इन्धन आयात हुन थालेपछि तेलको अवैध चोरी, तस्करी, सडक दुर्घटना, वातावरण प्रदूषण कम भएको छ भने अतिरिक्त खर्चसमेत कटौती भएको निगमले जनाएको छ ।

ढुवानी खर्चमा समेत प्रतिलिटर ३ रुपैयाँ बचत हुँदा राज्यको वार्षिक १ अर्ब रुपैयाँभन्दा बढी ढुवानी भाडा जोगिएको छ ।

इन्धनको खपत घट्न थाल्यो

पछिल्लो समय इन्धनको खपत घट्न थालेको प्रादेशिक डिपो कार्यालय अम्लेखगञ्जले जनाएको छ ।

अम्लेखगञ्ज डिपोबाट मात्रै विगतमा दैनिक औसत ५ हजार किलोलिटर डिजेल र २ हजार किलोलिटर पेट्रोल बिक्री हुने गरेकामा अहिले दैनिक औसत ३ हजार ५ सय किलोलिटर डिजेल र करिब १ हजारदेखि १ हजार ५ सय किलोलिटर पेट्रोल बिक्री भइरहेको डिपो प्रमुख साहले बताए ।

o2

‘सामान्य अवस्थामा दैनिक ५ हजार किलोलिटर डिजेल र २ हजार किलोलिटर पेट्रोल अमलेखगन्ज डिपोबाट बिक्री हुन्थ्यो अहिले घटेको छ,’ उनले भने, ‘अमेरिका र इरानबिच बढ्दो तनावका कारण इन्धनको मूल्य चर्किएसँगै सबैखाले इन्धनको खपत घटेको छ ।’

त्यसैगरी मटीतेलको बिक्री पनि ह्वात्तै घटेको निगमले जनाएको छ । मटीतेल विशेष गरी निर्माण व्यवसायीले खपत गर्ने गर्छन् । पछिल्लो समय निर्माण आयोजनाहरू पनि इन्धनको मूल्यवृद्धिले प्रत्यक्ष र अप्रत्यक्ष रूपले प्रभावित छन् ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

बालेन सरकारको नियुक्तिमा सर्वोच्चको ठूलो हस्तक्षेप, वायु सेवा निगमको सञ्चालक समिति सदस्य नियुक्ति खारेज

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले गरेको नेपाल वायु सेवा निगम सञ्चालक समितिको सदस्य नियुक्तिलाई सर्वोच्च अदालतले खारेज गरिदिएको छ। अदालतले नियुक्ति प्रक्रिया कानुनविपरीत रहेको ठहर गर्दै पुनः योग्यतामा आधारित नियुक्ति गर्न परमादेशसमेत जारी गरेको छ। सरकारले पूर्व सैनिक अधिकारीसहित विभिन्न व्यक्तिलाई निगमको सञ्चालक समितिमा नियुक्त गरेको थियो। तर, नियुक्ति प्रक्रियामा योग्यताक्रमको सट्टा...

पर्सि बुधबारसम्म लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा गर्मी धेरै हुने

पर्सि बुधबारसम्म लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा गर्मी धेरै हुने काठमाण्डौ — पर्सि बुधबारसम्म लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रहरूमा तातो दिन कायमै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार यी क्षेत्रहरूमा तापक्रम उच्च रहने भएकाले गर्मीको प्रभाव अझै केही दिन रहन सक्ने देखिन्छ । महाशाखाका अनुसार आज, भोलि र पर्सिसम्म देशका अधिकांश...

सातवटै प्रदेशहरुको बजेट आज : सुशासन र उत्पादनमा जोड

सातवटै प्रदेशहरुको बजेट आज : सुशासन र उत्पादनमा जोड काठमाण्डौ — सातवटै प्रदेश सरकारले आज आउँदो आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्दैछन् । सुशासन, आर्थिक वृद्धि, रोजगारी, कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, सामाजिक न्यायलाई प्राथमिकतामा राखेर बजेट ल्याउने प्रदेश सरकारहरुको तयारी छ । कुनै प्रदेशले अघिल्लो वर्षको भन्दा आकार बढाएर, कुनैले घटाएर त कुनैले त्यही...

कर प्रणाली र सार्वजनिक सेवामा आमूल सुधार शुरू : अर्थमन्त्री वाग्ले

कर प्रणाली र सार्वजनिक सेवामा आमूल सुधार शुरू : अर्थमन्त्री वाग्ले काठमाण्डाै – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशको अर्थतन्त्रलाई औपचारिकीकरण गर्न र युवा उद्यमीहरूलाई प्रोत्साहन गर्न सरकारले कर प्रणाली तथा सार्वजनिक सेवा प्रवाहमा आमूल परिवर्तन शुरू गरेको बताउनुभएको छ । काठमाण्डाैमा आज आयोजित ‘युवा उद्यमशीलता सम्मेलन–२०८३’ लाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले दशकौँदेखि चर्चामा सीमित कर सुधारका एजेन्डालाई वर्तमान...

काठमाण्डौ महानगरकाे नीति तथा कार्यक्रम : ‘मानवीयताको शहर’ बनाउने सङ्कल्प

काठमाण्डौ महानगरकाे नीति तथा कार्यक्रम : ‘मानवीयताको शहर’ बनाउने सङ्कल्प काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाले महानगरलाई भौतिक संरचनाको चक्रव्युहबाट बाहिर निकालेर एक सहृदयी, समावेशी ‘मानवीयताको शहर’ का रूपमा विकास गर्ने दूरगामी सङ्कल्प अघि सारेको छ । नगरसभाको १९औँ अधिवेशनमा आज आउँदो आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै कार्यवाहक मेयर सुनिता डङ्गोलले यो सङ्कल्प...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०