"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

पेट्रोलको आयात दुई गुणाले वृद्धि

Table of Content

बारा । नेपाल आयल निगम अम्लेखगञ्ज डिपोमा पेट्रोलको आयात दुई गुणाले वृद्धि भएको छ । गत वर्षको तुलनामा चालु आर्थिक वर्ष पेट्रोलको आयात दोब्बर बढेको हो । पाइपलाइनबाट पेट्रोल आयात हुन थालेसँगै परिमाण पनि बढेको हो ।

गत आर्थिक वर्ष १ लाख ८४ हजार किलोलिटर पेट्रोल आयात भएकोमा चालु आर्थिक वर्ष ४ लाख किलोलिटर पेट्रोल आयात भएको निगमको प्रादेशिक डिपो अम्लेखगञ्जले जनाएको छ ।

डिजेलमा भने सामान्यमात्रै वृद्धि भएको छ । चालु आर्थिक वर्ष ९ लाख १५ हजार ६१३ किलोलिटर  डिजेल आयात भएकोमा  गत आर्थिक वर्ष ९ लाख किलोलिटर आयात भएको निगमले जनाएको छ ।

गत वर्ष फागुनदेखि पाइपलाइनबाट पेट्रोल आयात भइरहेको छ । डिजेल भने २०७६ सालदेखि नै पाइपलाइनबाट आयात भइरहेको छ ।

‘यसअघि ट्याङ्करबाट स्थानीय बजारका लागि मात्रै पेट्रोल आयात हुन्थ्यो भने अहिले देशभरका ठुला सहरहरूको लागि यहीँबाट लोड भएर ढुवानी हुन्छ,’ अम्लेखगञ्ज डिपो प्रमुख अशोक साहले भने, ‘गत वर्षको तुलनामा तेलको आयात र बिक्री वितरण राम्रो अवस्थामा छ ।’

o3 Ashok shah

अम्लेखगञ्ज डिपोबाट थानकोट, पोखरा, भैरहवा, विराटनगर, जनकपुर, वीरगञ्ज लगायत देशभरका २० जिल्लाका सरकारी तथा निजी पम्पहरूमा बिक्री वितरण हुने गर्दछ ।

प्रादेशिक डिपो प्रमुख साहले सरकारी पम्पहरूका लागि दैनिक पेट्रोल १२५ देखि १५० ट्याङ्कर र डिजेल २ सयदेखि २५० ट्याङ्कर लोड हुने गरेको बताए ।

निजी पम्पहरूका लागि भने दैनिक १५० ट्याङ्कर पेट्रोलियम पदार्थ लोड हुने गर्दछ ।  

अम्लेखगञ्जमा भारतको मोतिहारीबाट पाइपलाइनबाट पेट्रोलियम पदार्थ आयात हुने गर्दछ । अम्लेखगञ्जबाट मोतिहारी ७० किलोमिटर दुरीमा  पर्छ । मोतिहारीबाट तेल छोडेको ४ दिनमा अम्लेखगञ्ज डिपोमा आइपुग्छ ।

अम्लेखगञ्ज डिपोमा पेट्रोल ४ देखि ५ दिन र डिजेल ६ देखि ७ दिनका लागि पुग्ने भण्डारण क्षमता रहेको निगमले जनाएको छ ।

‘हाम्रो सबैभन्दा धेरै बिक्री थानकोट डिपोमा हुन्छ,’ प्रमुख साहले भने, ‘पेट्रोल १७ हजार ७४७ किलोलिटर र डिजेल २५ हजार ८४३ किलोलिटर भण्डारण क्षमता छ ।’

निगमले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्दा आयात केही कम गर्ने गर्दछ ।

अम्लेखगञ्जमा भारतको मोतिहारीबाट पाइपलाइनबाट पेट्रोलियम पदार्थ आयात हुने गर्दछ । अम्लेखगञ्जबाट मोतिहारी ७० किलोमिटर दुरीमा  पर्छ । मोतिहारीबाट तेल छोडेको ४ दिनमा अम्लेखगञ्ज डिपोमा आइपुग्छ ।

यसअघि ट्याङ्करमार्फत भारतको बरौनीबाट पेट्रोल आयात हुँदै आएको थियो । हाल ती ट्याङ्करलाई आन्तरिक ढुवानीमा व्यवस्थापन गरेर पाइपलाइन पूर्ण रूपमा सञ्चालन गरिएको छ ।

‘बजारमा सहज तरिकाले तेल पठाएका छौँ । अभाव हुने अवस्था छैन । हामीसँग पर्याप्त भण्डारण छ,’ प्रादेशिक डिपो प्रमुख साहले भने, ‘गत वर्षको तुलनामा तेलको आयात र बिक्री वितरणको अवस्था राम्रो छ ।’

पाइपलाइनबाट इन्धन आयात हुन थालेपछि तेलको अवैध चोरी, तस्करी, सडक दुर्घटना, वातावरण प्रदूषण कम भएको छ भने अतिरिक्त खर्चसमेत कटौती भएको निगमले जनाएको छ ।

ढुवानी खर्चमा समेत प्रतिलिटर ३ रुपैयाँ बचत हुँदा राज्यको वार्षिक १ अर्ब रुपैयाँभन्दा बढी ढुवानी भाडा जोगिएको छ ।

इन्धनको खपत घट्न थाल्यो

पछिल्लो समय इन्धनको खपत घट्न थालेको प्रादेशिक डिपो कार्यालय अम्लेखगञ्जले जनाएको छ ।

अम्लेखगञ्ज डिपोबाट मात्रै विगतमा दैनिक औसत ५ हजार किलोलिटर डिजेल र २ हजार किलोलिटर पेट्रोल बिक्री हुने गरेकामा अहिले दैनिक औसत ३ हजार ५ सय किलोलिटर डिजेल र करिब १ हजारदेखि १ हजार ५ सय किलोलिटर पेट्रोल बिक्री भइरहेको डिपो प्रमुख साहले बताए ।

o2

‘सामान्य अवस्थामा दैनिक ५ हजार किलोलिटर डिजेल र २ हजार किलोलिटर पेट्रोल अमलेखगन्ज डिपोबाट बिक्री हुन्थ्यो अहिले घटेको छ,’ उनले भने, ‘अमेरिका र इरानबिच बढ्दो तनावका कारण इन्धनको मूल्य चर्किएसँगै सबैखाले इन्धनको खपत घटेको छ ।’

त्यसैगरी मटीतेलको बिक्री पनि ह्वात्तै घटेको निगमले जनाएको छ । मटीतेल विशेष गरी निर्माण व्यवसायीले खपत गर्ने गर्छन् । पछिल्लो समय निर्माण आयोजनाहरू पनि इन्धनको मूल्यवृद्धिले प्रत्यक्ष र अप्रत्यक्ष रूपले प्रभावित छन् ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

६९औँ प्रहरी दिवसमा डिएसपी सुवास भट्ट ‘सर्वोत्कृष्ट अपराध अनुसन्धानकर्ता’ पुरस्कारबाट सम्मानित

रत्ननगर। ६९औँ प्रहरी दिवस २०८३ को अवसरमा इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) सुवास भट्ट ‘सर्वोत्कृष्ट अपराध अनुसन्धानकर्ता’ पुरस्कारबाट सम्मानित हुनुभएको छ। नेपाल प्रहरी प्रधान कार्यालयद्वारा आयोजित कार्यक्रममा उहाँलाई फौजदारी अपराधको वस्तुनिष्ठ तथा वैज्ञानिक अनुसन्धानमा उत्कृष्ट कार्यदक्षता, व्यावसायिक निष्ठा र अनवरत समर्पण प्रदर्शन गरेको कदरस्वरूप उक्त पुरस्कार प्रदान गरिएको हो। राष्ट्र...

राखेपले क्यान सदस्य गुञ्जन शाह सहित ४ जनालाई फिर्ता बोलायो

काठमाण्डौ – राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नेपाल क्रिकेट संघ (क्यान) का सदस्य गुञ्जन शाह ठकुरीलाई फिर्ता बोलाएको छ । अस्ति राखेपका सदस्य सचिवस्तरीय निर्णयमार्फत शाहलाई फिर्ता बोलाइएको हो । राखेपले उनलाई असोज १ गते क्यानको सदस्यमा मनोनीत गरेर पठाएको थियो । नेपाल क्रिकेट संघको विधान, २०५५ को परिच्छेद २ को दफा ३ को उपदफा ४...

आईएसएफ फुटबल वर्ल्ड कपमा सहभागी हुन नेपाली टोली आज चीन जाँदै

काठमाण्डौ – आईएसएफ फुटबल वर्ल्ड कपको २९ औँ संस्करणमा सहभागी हुन २० खेलाडीसहित २९ सदस्यीय नेपाली टोली आज चीन जाँदैछ । प्रतियोगिता भोलिदेखि कात्तिक ९ गतेसम्म हुनेछ । खेलाडीमा इभानरत्न तुलाधर, मानव सुब्बा, आरभ श्रेष्ठ, अग्रिमजङ्ग सिंह बस्नेत, साहिलराज थापा, प्रशान्त मेयाङबो, रिवाज गुरुङ, सगर्वबहादुर श्रेष्ठ, सम्योग राई, सुयास पौडेल, अंशुमन केसी, भविष्य शाह, सिभान्स भट्टराई,...

नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

काठमाण्डौ – नवरात्रको छैटौँ दिन आज दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ ।हरेक वर्ष असाेज शुक्ल षष्ठी अर्थात् दुर्गा पक्षको छैटौँ दिन कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । नवरात्रको पहिलो दिन असोज २५ गते आइतबार दशैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना...

चितवनमा रक्तदान प्रिमियर लिग हुँदै, विजेता टोलीलाई एक लाख रुपैयाँ पुरस्कार

भरतपुर, असोज २९- रक्तदान संस्कृतिको विकास, युवापुस्तामा मानवीय सेवाभावको अभिवृद्धि तथा रक्तदानसम्बन्धी जनचेतना विस्तार गर्ने उद्देश्यले चितवनमा ‘रक्तदान प्रिमियर लिग’ आयोजना हुने भएको छ। नेपाल रक्तदाता संगठनको आयोजनामा सञ्चालन हुन लागेको उक्त प्रिमियर लिग आगामी मङ्सिर महिनादेखि सुरु हुने भएको हो। रक्तदानलाई सामाजिक अभियानका रूपमा स्थापित गर्दै विद्यालय तहदेखि नै विद्यार्थीहरूलाई मानवीय सेवामा सहभागी गराउने...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०