"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णयमा सर्वोच्चको रोक, न्यायाधीशबीच राय बाझियो

Table of Content

ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णयमा सर्वोच्चको रोक, न्यायाधीशबीच राय बाझियो

काठमाण्डौ — निजामती कर्मचारीको ट्रेड युनियन खारेज गर्ने गरी सरकारले ल्याएको अध्यादेश तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतको संवैधानिक इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरू कुमार रेग्मी र हरिप्रसाद फुयालको बहुमतको रायमा यस्तो आदेश आएको हो ।

संवैधानिक इजलासमा रहेका अरु दुई न्यायाधीश विनोद शर्मा र शारङ्गा सुवेदीले भने तत्काल अन्तरिम आदेश दिन नपर्ने भन्दै फरक राय राखेका छन् । अध्यादेशले निजामती सेवा ऐन, २०४९ मा संशोधन गर्दै कर्मचारीको आधिकारिक ट्रेड युनियनको व्यवस्था खारेज गर्दै ट्रेड युनियनसम्बन्धी व्यवस्थालाई हटाएर त्यसको सट्टा निजामती कर्मचारीको गुनासो सुनुवाइको व्यवस्था कायम गरेको थियो । 

गएको २० गते अध्यादेश जारी भएपछि वैशाख २२ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ट्रेड युनियनका कार्यालय बन्द गर्ने र वैशाख २३ गते श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले ट्रेड युनियन खारेज गर्ने सूचना निकालेका थिए ।

सरकारको यो कदमविरुद्ध नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय कार्यसमितिका तर्फबाट अध्यक्ष भवानी दाहालसमेतले राष्ट्रपति कार्यालय शीतल निवाससमेतलाई विपक्षी बनाई सर्वोच्चमा रिट दायर गरेका थिए । संवैधानिक इजलासले रिटमा माग गरिएबमोजिम आदेश किन जारी हुनु नपर्ने हो भनी विपक्षीलाई बाटाको म्यादबाहेक ७ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्न कारण देखाउ आदेश जारी गरेको छ ।

आदेशमा ट्रेड युनियनसम्बन्धी व्यवस्था संविधानको संघ संस्था खोल्ने स्वतन्त्रता र ट्रेड युनियन खोल्ने तथा सामूहिक सौदाबाजी गर्ने हकको संवैधानिक प्रत्याभूतिसँग जोडिएको भन्दै तत्काल अध्यादेश कार्यान्वयन नगर्न भनिएको छ । अदालतले अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा टुङ्गोमा पुग्न दुवै पक्षलाई जेठ ६ गते छलफलका लागि बोलाएको छ ।

न्यायाधीशद्वय विनोद शर्मा र सारङ्गा सुवेदीले भने अल्पकालीन अन्तरिम आदेश जारी गर्ने विषयमा असहमति जनाउँदै फरक राय लेखेका छन् । 

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

६९औँ प्रहरी दिवसमा डिएसपी सुवास भट्ट ‘सर्वोत्कृष्ट अपराध अनुसन्धानकर्ता’ पुरस्कारबाट सम्मानित

रत्ननगर। ६९औँ प्रहरी दिवस २०८३ को अवसरमा इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) सुवास भट्ट ‘सर्वोत्कृष्ट अपराध अनुसन्धानकर्ता’ पुरस्कारबाट सम्मानित हुनुभएको छ। नेपाल प्रहरी प्रधान कार्यालयद्वारा आयोजित कार्यक्रममा उहाँलाई फौजदारी अपराधको वस्तुनिष्ठ तथा वैज्ञानिक अनुसन्धानमा उत्कृष्ट कार्यदक्षता, व्यावसायिक निष्ठा र अनवरत समर्पण प्रदर्शन गरेको कदरस्वरूप उक्त पुरस्कार प्रदान गरिएको हो। राष्ट्र...

राखेपले क्यान सदस्य गुञ्जन शाह सहित ४ जनालाई फिर्ता बोलायो

काठमाण्डौ – राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नेपाल क्रिकेट संघ (क्यान) का सदस्य गुञ्जन शाह ठकुरीलाई फिर्ता बोलाएको छ । अस्ति राखेपका सदस्य सचिवस्तरीय निर्णयमार्फत शाहलाई फिर्ता बोलाइएको हो । राखेपले उनलाई असोज १ गते क्यानको सदस्यमा मनोनीत गरेर पठाएको थियो । नेपाल क्रिकेट संघको विधान, २०५५ को परिच्छेद २ को दफा ३ को उपदफा ४...

आईएसएफ फुटबल वर्ल्ड कपमा सहभागी हुन नेपाली टोली आज चीन जाँदै

काठमाण्डौ – आईएसएफ फुटबल वर्ल्ड कपको २९ औँ संस्करणमा सहभागी हुन २० खेलाडीसहित २९ सदस्यीय नेपाली टोली आज चीन जाँदैछ । प्रतियोगिता भोलिदेखि कात्तिक ९ गतेसम्म हुनेछ । खेलाडीमा इभानरत्न तुलाधर, मानव सुब्बा, आरभ श्रेष्ठ, अग्रिमजङ्ग सिंह बस्नेत, साहिलराज थापा, प्रशान्त मेयाङबो, रिवाज गुरुङ, सगर्वबहादुर श्रेष्ठ, सम्योग राई, सुयास पौडेल, अंशुमन केसी, भविष्य शाह, सिभान्स भट्टराई,...

नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

काठमाण्डौ – नवरात्रको छैटौँ दिन आज दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ ।हरेक वर्ष असाेज शुक्ल षष्ठी अर्थात् दुर्गा पक्षको छैटौँ दिन कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । नवरात्रको पहिलो दिन असोज २५ गते आइतबार दशैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना...

चितवनमा रक्तदान प्रिमियर लिग हुँदै, विजेता टोलीलाई एक लाख रुपैयाँ पुरस्कार

भरतपुर, असोज २९- रक्तदान संस्कृतिको विकास, युवापुस्तामा मानवीय सेवाभावको अभिवृद्धि तथा रक्तदानसम्बन्धी जनचेतना विस्तार गर्ने उद्देश्यले चितवनमा ‘रक्तदान प्रिमियर लिग’ आयोजना हुने भएको छ। नेपाल रक्तदाता संगठनको आयोजनामा सञ्चालन हुन लागेको उक्त प्रिमियर लिग आगामी मङ्सिर महिनादेखि सुरु हुने भएको हो। रक्तदानलाई सामाजिक अभियानका रूपमा स्थापित गर्दै विद्यालय तहदेखि नै विद्यार्थीहरूलाई मानवीय सेवामा सहभागी गराउने...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०