"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

रसुवाको उतरगया गाउँपालिकामा पहिलाे पटक भिडियाे एक्सरेवाट पशुहरूकाे उपचार

Table of Content

रसुवा ।

रसुवाको उत्तरगया गाउँपालिकाकाे आयोजना तथा हेफर प्रोजेक्ट नेपालको प्राविधिक सहयोगमा रसुवा जिल्लामै पहिलो पटक भिडियो एक्स–रे प्रविधिको प्रयोग गरी पशुहरूमा बाँझोपन भए/नभएको, पाठेघरको सङ्क्रमण तथा डिम्बाशयमा पानीका फोका भए/नभएको पहिचान गरी उपचार गरिएको छ । साथै, भिडियो एक्स–रेको माध्यमबाट पशुहरूको गर्भ परीक्षण समेत गरिएको छ ।

पछिल्ला वर्षहरूमा पशुपालक किसानहरूको सङ्ख्या घट्दै गएपछि उत्तरगया गाउँपालिका पशु सेवा शाखाले पहिलो पटक अत्याधुनिक प्रविधिसहित पशु विशेषज्ञ टोली परिचालन गरेको हो । विशेष गरी उत्तरगया गाउँपालिका वडा नं. ४ र ५ का दुग्ध उत्पादक किसानहरूलाई लक्षित गर्दै विशेषज्ञ टोली त्यस क्षेत्रमा पुगेको हो ।

यसअघि आँखाले हेरेर तथा लक्षणका आधारमा मात्र रोग पहिचान गरिने गरिएकोमा अहिले अत्याधुनिक उपकरणमार्फत परीक्षण हुन थालेपछि किसानहरूमा नयाँ आशा पलाएको छ । विज्ञ टोलीले कर्मीडाँडा, लहरेपौवा, बेत्रावती तथा बनुवा गाउँमा पुगेर सेवा प्रदान गरेको हो ।

उक्त शिविरमा गाउँपालिकामा कार्यरत पशु सेवा प्राविधिकहरूलाई भिडियो एक्स–रेको माध्यमबाट गर्भ परीक्षण, बाँझोपन पहिचान तथा त्यसको उपचार गर्ने विधिबारे अभिमुखीकरण समेत गरिएको छ । उक्त घरदैलो शिविरमा पशुहरूले किला काटी खाए/नखाएको तथा पशुले राँगो/साँढे खोजे/नखोजेको समेत आधुनिक मेसिनको प्रयोग गरी पहिचान गरिएको छ ।

सो शिविरमा वडा नं. ५ का वडा अध्यक्षले यस्ता प्रकारका प्रविधिको प्रयोग अत्यन्त उपयोगी रहेको बताउनुभएको थियो । उक्त शिविरमा ३५ भन्दा बढी पशुहरूको परीक्षण गरिएको थियो । मान्छेमा जस्तै पशुमा पनि भिडियो एक्स्रेको प्रविधी बारे पहिलोपटक थाहा भयर आखै अगाडि आफ्नै गोठमा गरियको परिक्षण एकदम अनौठो र अचम्मित लागेको किसान शिवराज आचार्यले बताउनु भयो ।

यस्तो प्रविधिको प्रयोग आगामी दिनमा गाउपालिकाको हरेक वार्ड र टोलटोलमा पुर्याउन उत्तरगया ५ का अध्यक्ष यमनाथ आचार्यले पहल गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

पानी पर्ने पूर्वानुमानपछि किसानलाई धान भित्र्याउन भ्याइनभ्याइ

काठमाण्डौ – मुख्य चाड दशैँको बेला अहिले किसानलाई पाकेको धान भित्र्याउन भ्याइनभ्याइ छ । धेरैजसो ठाउँमा दशैँको टीका कोजाग्रत पूर्णिमा अर्थात् पर्सि सोमबारसम्म लगाउने गरिन्छ । तर मौसम पूर्वानुमान महाशाखाले बुधबार ११ गतेदेखि पानी पर्ने प्रक्षेपण गरेसँगै दशैँको टीकाकैबीच किसानलाई पाकेको धानबाली काट्न र भित्र्याउन हतारो भएको छ । अहिले अन्नको भण्डार तराई/मधेशदेखि पहाडी क्षेत्रमा...

एनपीएलको भव्य तयारी

काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण नजिकिएसँगै त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान भव्य रुपमा सिंगारिएका छन् । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा पर्सि कात्तिक ९ गतेदेखि शुरु हुने प्रतियोगिता यस पटक थप भव्य र व्यवस्थित हुने अपेक्षा गरिएको छ । त्यसैअनुसार क्यानले तयारी अन्तिम चरणमा पुर्‍याएको छ ।  एनपीएलको तेस्रो संस्करणका लागि मुख्य पिचको...

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट २०२६’ आयोजना हुँदै

चितवन, कात्तिक ७ – कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६ कार्यक्रम आयोजना हुने भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद्(आइसिसी)र समृद्ध चितवन अभियानको आयोजनामा कार्यक्रम आयोजना गर्न लागिएको हो । कार्यक्रमका संयोजक एवं गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्का प्रवक्ता सोमनाथ सापकोटाका अनुसार नेपाल–भारत पर्यटन साझेदारी विस्तार...

रवि लामिछाने गड्डाचौकी नाका हुँदै आज भारत प्रस्थान

काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीर्थाटनका क्रममा कञ्चनपुरको गड्डाचौकी नाका हुँदै आज भारत प्रस्थान गर्नुभएको छ । सभापति लामिछानेले स्थलमार्ग हुँदै भारतको उत्तराखण्डको नैनीताल जिल्लाको प्रसिद्ध धार्मिकस्थल कैचीधाम (नीम करौली बाबा) को दर्शन गर्ने कार्यक्रम रहेको छ । तीन दिने तीर्थाटनका क्रममा उत्तराखण्डको कैचीधामका साथै गुवाहाटीमा रहेको कामाख्या मन्दिरमा पूजार्चना...

रत्ननगरमा संविधान सभा सदस्य शेषनाथ अधिकारीद्वारा आयोजित शुभकामना तथा चियापान कार्यक्रम सम्पन्न

रत्ननगर, चितवन हरेक वर्ष बडादशैँको अवसरमा आयोजना हुँदै आएको परम्परागत भेटघाट तथा चियापान कार्यक्रम यस वर्ष पनि भव्य रूपमा सम्पन्न भएको छ। संविधान सभा सदस्य शेषनाथ अधिकारीको निज निवासमा (रत्ननगर नगरपालिका, टाँडी अस्पताल रोड) उक्त कार्यक्रम कार्तिक ६ गते (द्वादशीका दिन) दिउँसो २ बजे आयोजना गरिएको थियो। शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रममा स्थानीय बासिन्दा, नेता,...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०