"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

रसुवाको उतरगया गाउँपालिकामा पहिलाे पटक भिडियाे एक्सरेवाट पशुहरूकाे उपचार

Table of Content

रसुवा ।

रसुवाको उत्तरगया गाउँपालिकाकाे आयोजना तथा हेफर प्रोजेक्ट नेपालको प्राविधिक सहयोगमा रसुवा जिल्लामै पहिलो पटक भिडियो एक्स–रे प्रविधिको प्रयोग गरी पशुहरूमा बाँझोपन भए/नभएको, पाठेघरको सङ्क्रमण तथा डिम्बाशयमा पानीका फोका भए/नभएको पहिचान गरी उपचार गरिएको छ । साथै, भिडियो एक्स–रेको माध्यमबाट पशुहरूको गर्भ परीक्षण समेत गरिएको छ ।

पछिल्ला वर्षहरूमा पशुपालक किसानहरूको सङ्ख्या घट्दै गएपछि उत्तरगया गाउँपालिका पशु सेवा शाखाले पहिलो पटक अत्याधुनिक प्रविधिसहित पशु विशेषज्ञ टोली परिचालन गरेको हो । विशेष गरी उत्तरगया गाउँपालिका वडा नं. ४ र ५ का दुग्ध उत्पादक किसानहरूलाई लक्षित गर्दै विशेषज्ञ टोली त्यस क्षेत्रमा पुगेको हो ।

यसअघि आँखाले हेरेर तथा लक्षणका आधारमा मात्र रोग पहिचान गरिने गरिएकोमा अहिले अत्याधुनिक उपकरणमार्फत परीक्षण हुन थालेपछि किसानहरूमा नयाँ आशा पलाएको छ । विज्ञ टोलीले कर्मीडाँडा, लहरेपौवा, बेत्रावती तथा बनुवा गाउँमा पुगेर सेवा प्रदान गरेको हो ।

उक्त शिविरमा गाउँपालिकामा कार्यरत पशु सेवा प्राविधिकहरूलाई भिडियो एक्स–रेको माध्यमबाट गर्भ परीक्षण, बाँझोपन पहिचान तथा त्यसको उपचार गर्ने विधिबारे अभिमुखीकरण समेत गरिएको छ । उक्त घरदैलो शिविरमा पशुहरूले किला काटी खाए/नखाएको तथा पशुले राँगो/साँढे खोजे/नखोजेको समेत आधुनिक मेसिनको प्रयोग गरी पहिचान गरिएको छ ।

सो शिविरमा वडा नं. ५ का वडा अध्यक्षले यस्ता प्रकारका प्रविधिको प्रयोग अत्यन्त उपयोगी रहेको बताउनुभएको थियो । उक्त शिविरमा ३५ भन्दा बढी पशुहरूको परीक्षण गरिएको थियो । मान्छेमा जस्तै पशुमा पनि भिडियो एक्स्रेको प्रविधी बारे पहिलोपटक थाहा भयर आखै अगाडि आफ्नै गोठमा गरियको परिक्षण एकदम अनौठो र अचम्मित लागेको किसान शिवराज आचार्यले बताउनु भयो ।

यस्तो प्रविधिको प्रयोग आगामी दिनमा गाउपालिकाको हरेक वार्ड र टोलटोलमा पुर्याउन उत्तरगया ५ का अध्यक्ष यमनाथ आचार्यले पहल गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

भारतमा सीजेपीको आह्वानमा प्रदर्शन : नयाँ दिल्लीमा सुरक्षा व्यवस्था कडा, २५० भन्दा धेरै रेल सेवाहरू रद्द

भारतमा ‘कक्रोच जनता पार्टी’ (सीजेपी) को आह्वानमा निर्वाचन आयोगका प्रमुखलाई पदमुक्त गर्न माग गर्दै आज बृहत् प्रदर्शन शुरु भएको छ । यो प्रदर्शनलाई ध्यानमा राखेर राजधानी नयाँ दिल्लीमा यसअघि हिजोदेखि नै २० हजारभन्दा धेरै प्रहरी तथा अर्धसैनिक सुरक्षाकर्मी परिचालन गरिएको छ । आज बिहान प्रहरीले युट्युबर ध्रुव राठीसहित ६०० भन्दा धेरै समर्थकलाई पक्राउ गरेको बीबीसी...

आज मिति २०८३ साल असोज २४ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

चितवन, असोज २४- वि.सं.२०८३ साल असोज २४ गते शनिबार, यस्तो छ ज्योतिषी भुपेन्द्र राज घिमिरेले तयार पार्नुभएको राशिफलः मेषः आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । श्रीमती÷प्रेमीकाबाट राम्रो सहयोग प्राप्त हुनेछ । शत्रु परास्त हुनेछन् । स्वास्थ्य राम्रो रहने छ । दाजुभाई तथा कुल–कुटुम्बबाट अपेक्षाकृत साथसहयोग प्राप्त हुनेछ । वृषः दाम्पत्य तथा प्रेम सम्बन्धमा असन्तोष...

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, असोज २४- आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी समापन गरिँदैछ । आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृ पक्ष आश्विन कृष्ण आमावास्याका दिन दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी आज समापन गर्न लागिएको हो । आश्विन शुक्ल प्रतिपदाका दिन गरिने मातामह (आमाको...

त्रिभुवन राजपथमा गाडी चलाउन आलोपालोसहित समय तालिका

काठमाण्डौ – मुग्लिन– काठमाण्डौ सडकखण्ड पहिरोका कारण अवरुद्ध भएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले त्रिभुवन राजपथमा गाडीको आवागमन व्यवस्थित गर्न नयाँ समयतालिका निर्धारण गरेको छ । प्रशासकीय अधिकृत सन्तोष सुवेदीले मुग्लिन–काठमाण्डौ सडक अवरुद्ध भएपछि वैकल्पिक मार्गमा बढ्न सक्ने गाडीको चापलाई ध्यानमा राख्दै त्रिभुवन राजपथमा आलोपालो प्रणाली लागू गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार हेटौँडाबाट काठमाण्डौतर्फ छुट्ने...

यमोसा पर्व: थारु समुदायको पितृपूजा, पाहुना सत्कार र सांस्कृतिक एकताको अनुपम परम्परा

यमोसा पर्व चितवन र छिमेकी नवलपुर क्षेत्रका थारु समुदायले परम्परागत रूपमा मनाउँदै आएको महत्वपूर्ण सांस्कृतिक तथा धार्मिक पर्व हो। यसलाई यमोसा, यम्वासा वा पितृ औँसी पनि भनिन्छ। यो पर्व दिवंगत भएका बुबा–आमा, हजुरबुबा–हजुरआमा तथा परिवारका अन्य पुर्खाहरूको सम्झना गर्दै उनीहरूको आत्माको शान्ति र कल्याणको कामना गर्न मनाइन्छ। यो केवल पूजा गर्ने दिन मात्र होइन; पुर्खाप्रतिको...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०