"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

स्टार्टअप कर्जाका लागि एक हजार ३०१ परियोजनाको प्रारम्भिक सूची सार्वजनिक

Table of Content

स्टार्टअप कर्जाका लागि एक हजार ३०१ परियोजनाको प्रारम्भिक सूची सार्वजनिक

काठमाण्डौ – स्टार्टअप उद्यम कर्जाका लागि एक हजार ३०१ परियोजना छनोट भएका छन् । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले आर्थिक वर्ष २०८२/८३ का लागि प्रारम्भिक चरणमा परियोजना छनोट गरेको हो ।

प्रारम्भिक सूचीमा समावेश भएका परियोजना प्रस्तावकले थप मूल्याङ्कनका लागि व्यावसायिक विवरण आउँदो बुधबार पेस गर्नुपर्ने प्रतिष्ठानले जनाएको छ । तोकिएको समय सीमाभित्र नपठाए प्रस्ताव स्वतः अमान्य हुनेछ । छनोट भएका कुल परियोजनामध्ये ६५ प्रतिशतभन्दा धेरै कृषि, पशुपालन, मत्स्यपालन र जडीबुटीसँग सम्बन्धित रहेको प्रतिष्ठानले जनाएको छ । प्रारम्भिक सूचीमा परेका प्रस्तावकको स्थलगत निरीक्षण, अन्तर्वार्ता र विस्तृत परियोजना प्रतिवेदनको मूल्याङ्कनपछि मात्रै अन्तिम रूपमा कर्जा दिने प्रक्रिया शुरु हुने प्रतिष्ठानका कार्यकारी निर्देशक उमेश गुप्ताले बताउनुभयो । 

चालु आर्थिक वर्ष २०८२/८३ मा कर्जा प्रदान गर्नका लागि एक अर्ब २६ करोड बजेट छ । प्रतिष्ठानका कार्यकारी निर्देशक गुप्ताले मापदण्ड पूरा गरेका ९५० देखि एक हजार परियोजनालाई स्टार्टअप उद्यम कर्जा उपलब्ध गराइने जानकारी दिनुभयो । तीन प्रतिशत ब्याजमा पाँच लाख देखि २० लाख रुपैयाँसम्मको कर्जा उपलब्ध गराइनेछ । आर्थिक वर्ष २०८०/८१ बाट कर्जा वितरण गर्न थालिएको थियो । 

सरकारले यसअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत स्टार्टअप उद्यम कर्जा कार्यक्रमअन्तर्गत परियोजना प्रस्तावको स्थलगत निरीक्षण गरिदिन भन्दै पालिकालाई पत्र पठाएको थियो । भौतिक अवस्था जाँचपछि प्रतिष्ठानले प्रारम्भिक सूची सार्वजनिक गरेको हो । 

लु आर्थिक वर्ष २०८२/८३ मा कर्जा प्रदान गर्नका लागि एक अर्ब २६ करोड बजेट छ । प्रतिष्ठानका कार्यकारी निर्देशक गुप्ताले मापदण्ड पूरा गरेका ९५० देखि एक हजार परियोजनालाई स्टार्टअप उद्यम कर्जा उपलब्ध गराइने जानकारी दिनुभयो । तीन प्रतिशत ब्याजमा पाँच लाख देखि २० लाख रुपैयाँसम्मको कर्जा उपलब्ध गराइनेछ । आर्थिक वर्ष २०८०/८१ बाट कर्जा वितरण गर्न थालिएको थियो । 

सरकारले यसअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत स्टार्टअप उद्यम कर्जा कार्यक्रमअन्तर्गत परियोजना प्रस्तावको स्थलगत निरीक्षण गरिदिन भन्दै पालिकालाई पत्र पठाएको थियो । भौतिक अवस्था जाँचपछि प्रतिष्ठानले प्रारम्भिक सूची सार्वजनिक गरेको हो । 

https://drive.google.com/file/d/17x_JX2y61wA6WDknRvuZnSY3P-ndkz6h/preview

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

राहुघाट जलविद्युत् आयोजनाः सुरुङमा पानी भर्न थालियो

राहुघाट जलविद्युत् आयोजनाः सुरुङमा पानी भर्न थालियो काठमाण्डौ — म्याग्दीको बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजनाको सुरुङमा पानी भर्न थालिएको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रो लिमिटेडले निर्माण गरेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको दग्नाम र झिँको सिमानामा पर्ने बाँधबाट पिप्लेकाे तेस्रो अडिटसम्मको मुख्य सुरुङमा हिजोदेखि पानी भर्न थालिएको हो । रघुगङ्गा हाइड्रोका प्रबन्ध...

बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योग सञ्चालन गर्ने सरकारको तयारी

बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योग सञ्चालन गर्ने सरकारको तयारी काठमाण्डौ — लामो समयदेखि बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योगलाई सरकारले फेरि सञ्चालनमा ल्याउने तयारी गरेको छ । योसँगै सरकारी निकायले यसको अनुगमन शुरु गरेको छ । हेटौँडा औद्योगिक क्षेत्रभित्र २०३२ सालमा स्थापना भएर २०३५ देखि सञ्चालित हेटौँडा कपडा उद्योग २०५७ सालदेखि बन्द भएको थियो...

यसवर्ष मधेश प्रदेशमा गहुँ उत्पादनमा कमी

यसवर्ष मधेश प्रदेशमा गहुँ उत्पादनमा कमी काठमाण्डौ — गहुँ उत्पादनका लागि उर्वर र अग्रणी मानिएको मधेश प्रदेशमा यसवर्ष गहुँ उत्पादनमा कमी आएको छ । प्रदेश कृषि निर्देशनालय धनुषाका अनुसार यसवर्ष मधेश प्रदेशमा ३ लाख ७३२ हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर १.८ मेट्रिक टनका दरले पाँच लाख ४३ हजार १६० मेट्रिक टन गहुँ उत्पादन भएको छ । अघिल्लो...

कांग्रेस रास्वपाकाे दुश्मन हाेइन : गगन थापा

कांग्रेस रास्वपाकाे दुश्मन हाेइन : गगन थापा काठमाण्डाै – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेस राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दुश्मन नभई प्रमुख प्रतिस्पर्धी दल भएको बताउनुभएको छ । चितवनको भरतपुरमा रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै सभापति थापाले कांग्रेस र रास्वपाबीच प्रतिस्पर्धा भए पनि शत्रुताको सम्बन्ध नरहेको बताउनुभयो । उहाँले आफूहरूले अरूलाई...

रास्वपा राजनीतिक संस्कार परिवर्तनको अभियानमा छ : उपसभापति वाग्ले

रास्वपा राजनीतिक संस्कार परिवर्तनको अभियानमा छ : उपसभापति वाग्ले काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले पार्टी सरकार मात्र नभई राजनीतिक संस्कार परिवर्तनको अभियानमा रहेको बताउनुभएको छ । चितवनको भरतपुरमा आजदेखि शुरू भएकाे पार्टीकाे पहिलो राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले नेपालको मुख्य समस्या स्रोत वा सम्भावनाको अभाव नभई गलत...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०