"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

Latest Posts

आउँदो १० वर्षमा साढे २४ हजार मेगावाट विद्युत् उत्पादन गर्ने सरकारको लक्ष्य

आउँदो १० वर्षमा साढे २४ हजार मेगावाट विद्युत् उत्पादन गर्ने सरकारको लक्ष्य काठमाण्डौ — सरकारले आर्थिक वर्ष २०९२/९३ सम्ममा सरकारी, सार्वजनिक तथा निजी क्षेत्रको संयुक्त लगानीमा कुल २४ हजार ५ सय  मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य सहित ‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०८३’ सार्वजनिक गरेको छ । रणनीतिमा यसअघि प्रस्तावित, अध्ययन सम्पन्न, निर्माणाधीन तथा निर्माणको...
Read more

मुस्ताङमा यार्साको सिजन, संकलनका लागि अनुमति र शुल्क निर्धारण

मुस्ताङ — मुस्ताङका विभिन्न स्थानमा यार्सागुम्बा संकलन सुरु भएको छ । यहाँको तल्लो क्षेत्र थासाङ गाउँपालिकाअन्तर्गत कुञ्जो, कोवाङ र टुकुचे संरक्षण क्षेत्र व्यवस्थापन समितिअन्तर्गतका उच्च लेकमा यार्सागुम्बा संकलन सुरु भएको हो ।  यार्सागुम्बा समुद्री सहतको ३ हजारदेखि ६ हजार मिटरको उचाइमा पाइने जडीबुटी हो । यहाँका वारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकाका आधा दर्जनभन्दा बढी स्थानमा हरेक वर्ष वैशाखदेखि...
Read more

सरकारी अस्पतालको अवस्था : एकछिन डाक्टर देखाउन दिनभरि लाइन

सरकारी अस्पतालको अवस्था : एकछिन डाक्टर देखाउन दिनभरि लाइन ललितपुरकाे धापाखेलका सुरज केसी दिउँसोको साढे २ बजे पाटन अस्पतालको एउटा कुनामा अलि हतारिएको र केही थकित मुद्रामा भेटिनुभयो । उहाँ अस्पताल आइपुगेको ४ घण्टा भयो तर काम अझै सकिएको छैन । श्रीमतीको दोस्रो गर्भको पाँचौँ महिना चलिरहेको छ । नियमित फलोअपका लागि उहाँ बिहान साढे १०...
Read more

अब जस्तो पनि गुन्द्रुक बेच्न नपाइने, हुन सक्छ ५ वर्ष कैद र ५ लाखसम्म जरिवाना

काठमाडौं । सरकारले नेपाली भान्साको मौलिक खाद्य पदार्थ ‘गुन्द्रुक’ को गुणस्तर मापदण्ड तोकेको छ । गुन्द्रुक नेपाली पहिचानसँग जोडिएको रैथानै मौलिक खाद्य पदार्थ समेत हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ‘खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१’ को अधिकार प्रयोग गर्दै पहिलोपटक गुन्द्रुकको अनिवार्य गुणस्तर मापदण्ड तोकेको हो । गुणस्तर मापदण्ड निर्धारण गरेर मन्त्रालयले हालै...
Read more

रवि लामिछाने र बालेन शाह ले सुदन गुरुङ लाई पुनः गृहमन्त्री पदमा स्वागत गरेको विषयले राजनीतिक वृत्तमा विशेष

रवि लामिछाने र बालेन शाह ले सुदन गुरुङ लाई पुनः गृहमन्त्री पदमा स्वागत गरेको विषयले राजनीतिक वृत्तमा विशेष चर्चा पाएको छ। विभिन्न राजनीतिक धार र पृष्ठभूमिबाट आएका नेतृत्वहरूबीच देखिएको यस्तो स्वागत र सहकार्यको संकेतलाई धेरैले सकारात्मक रूपमा व्याख्या गरिरहेका छन्। यस घटनाले देशको राजनीतिक परिवेशमा सहकार्य, समझदारी र साझा उद्देश्यतर्फ अघि बढ्ने सम्भावनालाई उजागर गरेको...
Read more

कांग्रेसले भीष्मराज आङ्देम्बेलाई संसदीय दलको नेता बनाउने

कांग्रेसले भीष्मराज आङ्देम्बेलाई संसदीय दलको नेता बनाउने काठमाण्डाै – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भीष्मराज आङ्देम्बेलाई पार्टी संसदीय दलको नेता बनाउने सर्वसम्मत निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपा ललितपुरमा आज बसेको बैठकमा सभापति गगनकुमार थापाको प्रस्तावमा समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसद आङ्देम्बेलाई संसदीय दलको नेता बनाउने सर्वसम्मत निर्णय गरेको महामन्त्री गुरुराज घिमिरेले...
Read more

दाउन्नेको पूर्वी खण्डमा एकतर्फी ढलान अन्तिम चरणमा

दाउन्नेको पूर्वी खण्डमा एकतर्फी ढलान अन्तिम चरणमा काठमाण्डौ — नारायणगढ–बुटवल सडक विस्तार आयोजना अन्तर्गत नवलपुरको दाउन्ने क्षेत्रको पूर्वी खण्डमा एकतर्फी ढलानको काम अन्तिम चरणमा पुगेको छ । अब झण्डै २ सय मिटर सडकमा मात्रै ढलान गर्न बाँकी रहेको आयोजनाले जनाएको छ । आयोजनाको पूर्वी खण्डका सूचना अधिकारी शिव खनालका अनुसार २ सय मिटर ढलान सम्पन्न...
Read more

श्रम संस्कृतिले देशैभरका सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई संगठित गर्ने

श्रम संस्कृति पार्टीले देशैभरका सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई संगठित गर्ने भएको छ। सरकारले नदी उकास, सरकारी एवम् सार्वजनिक जग्गामा रहेका सुकुम्बासी, अव्यवस्थित बसोबासीलाई हटाउने अभियान चलाएको भन्दै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सुकुम्बासीहरूलाई संगठित गर्ने घोषणा गरेका हुन्। ‘देशैभरका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूलाई संगठित गर्ने अभियान देशैभरि सञ्चालन गर्न सबै जिल्ला समिति तथा पालिका समितिहरूलाई अनुरोध...
Read more

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।  बैठक आज सोमबार दिउँसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेगरी बोलाइएको एक मन्त्रीले जानकारी दिए । ती मन्त्रीका अनुसार मन्त्रिपरिषद् बैठकका एजेन्डाबारे नखुलाइए पनि सरकारका नियमित काम कारबाहीबारे छलफल हुनेछन् । उनका अनुसार सम्भव त संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याउनेबारे बैठकमा छलफल...
Read more

चितवनमा उत्पादित तरकारीले उचित मूल्य नपाउँदा किसान मर्कामा

चितवन  । चितवनमा व्यावसायिक रुपमा उत्पादित तरकारीले उचित मूल्य नपाउँदा किसान मर्कामा परेका छन् । यहाँ उत्पादन भएका तरकारीले लागत मूल्य पाउन नसकेपछि यहाँका किसान चिन्तित बनेका हुन् । विगत २० वर्षदेखि व्यावसायिक तरकारीखेती गर्दै आएकी भरतपुर महानगरपालिका–२५ बुद्धिचोककी लक्ष्मी रानाभाट अहिले बोडी, काँक्रो, करेलालगायत तरकारीले उचित मूल्य पाउन नसकेको बताइन् । उनले भनिन्, “अधिकांश...
Read more
1 2 3 4 5 6 … 13

Trending News

Editor's Picks

‘अर्नब’ चक्रवातको प्रभाव आजदेखि पर्ने, पूर्वतयारीसहित सावधानी अपनाउन आग्रह

काठमाण्डौ – बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभाव आजदेखि पर्ने भएको छ । नेपालमा यसको प्रभाव आजदेखि बादल लागेर देखिन थाले पनि वर्षा भने भोलिदेखि शुरु हुने सम्भावना रहेको मौसमविद्ले जनाएका छन् । आज देशका धेरैजसो भागमा बादल लाग्ने र राति कोशी कर्णाली र सुदूरपश्चिमको हिमाली क्षेत्रमा बर्षा र हिमपात तथा बागमती, गण्डकी र मधेश...

एनपीएलमा आज पोखरा र सुदूरपश्चिम खेल्दै

काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल)मा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन् । यो खेल त्रिवि क्रिकेट रङ्गशालामा बेलुका ५ बजे शुरु हुनेछ । पोखराले आज पहिलो खेल खेल्न लागेको हो भने सुदूरपश्चिमको यो दोस्रो खेल हो । यसअघि दुई संस्करणको उपविजेता टोली सुदूरपश्चिम तेस्रो संस्करणको अस्ति भएको उद्घाटन खेलमा साविक उपाधि विजेता टोली...

चितवनको कुरिनटारमा तीन वटा गाडी ठोक्किए, ११ जना घाइते

काठमाण्डौ – पृथ्वी राजमार्गअन्तर्गत चितवनको कुरिनटारमा तीन वटा गाडी ठोक्किएर भएको दुर्घटनामा ११ जना घाइते भएका छन् । इच्छाकामना गाउँपालिका–४ धारापानीमा ट्रक, बस र माइक्रो बस एक–आपसमा ठोक्किएर दुर्घटना भएको हो । सर्लाहीबाट काठमाण्डौका लागि छुटेको बाग्मती प्रदेश ०३–००१ ख २७७७ नम्बरको बस, काठमाण्डौबाट मुग्लिनका लागि छुटेको प्रदेश १–०२–००२ ख ०६१६ नम्बरको ट्रक र बुटवलबाट...

आज सुनको भाउ बढ्यो, चाँदीको घट्यो

काठमाण्डौ – आज सुनको भाउ बढेको छ भने चाँदीको घटेको छ । हिजो सोमबार तोलामा ३ हजार रुपैयाँले बढेर तोलाको २ लाख ८१ हजार ५०० रुपैयाँमा कारोबार भएकोमा आज तोलामा ८०० सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज सुनको भाउ तोलाको २ लाख ८२ हजार ३०० रुपैयाँ पुगेको छ । दशैँपछि...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर खेल्दै

काटमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई वटा खेल हुँदैछन् । आज हुने पहिलो खेलमा विराटनगर किंग्स र चितवन राइनोजले खेल्दैछन् । यो खेल दिउँसो साढे १२ बजे त्रिवि क्रिकेट रंगशालामा शुरु हुनेछ । त्यस्तै अर्को खेल बेलुका ५ बजे कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुनेछ । हिजो भएको उद्घाटन खेलमा साविक उपाधि...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०