"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

अब जस्तो पनि गुन्द्रुक बेच्न नपाइने, हुन सक्छ ५ वर्ष कैद र ५ लाखसम्म जरिवाना

Table of Content

काठमाडौं । सरकारले नेपाली भान्साको मौलिक खाद्य पदार्थ ‘गुन्द्रुक’ को गुणस्तर मापदण्ड तोकेको छ । गुन्द्रुक नेपाली पहिचानसँग जोडिएको रैथानै मौलिक खाद्य पदार्थ समेत हो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ‘खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१’ को अधिकार प्रयोग गर्दै पहिलोपटक गुन्द्रुकको अनिवार्य गुणस्तर मापदण्ड तोकेको हो ।

गुणस्तर मापदण्ड निर्धारण गरेर मन्त्रालयले हालै राजपत्रमा समेत सूचना प्रकाशित गरेको छ । राजपत्र अनुसार अब व्यावसायिक रूपमा उत्पादन, बिक्री–वितरण र निर्यात गरिने गुन्द्रुकले सरकारले तोकेको निश्चित रासायनिक र भौतिक मापदण्ड पूरा गर्नुपर्नेछ ।

यसअघि गुन्द्रुकको कुनै ठोस मापदण्ड नहुँदा बजारमा पाइने गुन्द्रुकको स्वच्छता र गुणस्तरमा प्रश्न उठ्ने गरेको थियो ।

सरकारले गुन्द्रुकलाई वैज्ञानिक र प्राविधिक रूपमा परिभाषित गरेको छ । राजपत्रमा उल्लेख भएअनुसार ‘ब्रासिका जात’ का रायो, तोरी, मुलाका पात तथा डुकु जस्ता हरियो सागपातलाई सफा गरी, ओइलाएर, नुन नहाली प्राकृतिक वा ‘प्योर कल्चर’ ल्याक्टिक एसिड फर्मेन्टेसन प्रक्रियाबाट तयार पारिएको खाद्य पदार्थलाई मात्र गुन्द्रुक भनिनेछ ।

यो मापदण्ड मानव उपभोगका लागि उत्पादन गरी बिक्री–वितरण गरिने सबै प्रकारका गुन्द्रुकमा लागू हुनेछ । चाहे त्यो ताजा अवस्थाको होस् वा सुकाइएको, अब सबैले यो नियम पालना गर्नुपर्ने व्यवस्था गरिएको छ।

सरकारले यो सूचना राजपत्रमा प्रकाशित भएको मिति (२०८३ वैशाख १०) ले १८१ औँ दिनदेखि अनिवार्य रूपमा लागू हुने जनाएको छ । यसको अर्थ उत्पादक र व्यवसायीहरूले करिब ६ महिनाको समयभित्र आफ्ना उत्पादन प्रक्रिया र गुणस्तरलाई यो मापदण्ड अनुसार सुधार गरिसक्नुपर्नेछ । १८१ दिन पुगेपछि बजार अनुगमन गर्दा मापदण्ड पूरा नभएको पाइएमा कानुनी कारबाही प्रक्रिया अगाडि बढाइने उल्लेख छ।

नेपालबाट गुन्द्रुक ठूलो मात्रामा वैदेशिक मुलुकमा रहेका नेपालीहरू र विदेशी बजारमा समेत निर्यात हुने गरेको छ । तर आधिकारिक गुणस्तर मापदण्ड नहुँदा कतिपय अवस्थामा अन्तर्राष्ट्रिय भन्सारमा समस्या आउने र गुणस्तरमा प्रश्न उठ्ने गरेको थियो । अब सरकारले नै मापदण्ड तोकिदिएपछि नेपाली गुन्द्रुकको ब्रान्डिङ गर्न र अन्तर्राष्ट्रिय बजारमा विश्वास जगाउन सजिलो हुने देखिएको छ । यसले घरेलु उद्योगको रूपमा रहेको गुन्द्रुक उत्पादनलाई व्यावसायिक र मर्यादित बनाउन मद्दत गर्ने कृषि मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले बताए ।

‘गुन्द्रुक नेपाली संस्कृतिको पहिचान हो । यसको गुणस्तर तोकिनु भनेको परम्परागत खाद्य पदार्थलाई आधुनिकीकरण र वैज्ञानिकीकरण गर्ने दिशामा महत्त्वपूर्ण कदम हो,’ सचिव मिश्रले भने, ‘यसले उपभोक्तालाई स्वच्छ र स्वस्थकर खाद्य पदार्थको सुनिश्चितता मात्र दिँदैन, बरु नेपाली अर्गानिक उत्पादनलाई विश्व बजारमा प्रतिस्पर्धी बनाउन पनि मार्ग प्रशस्त गर्नेछ ।’

धातुका भाँडा प्रयोग गर्न नपाइने

गुन्द्रुक उत्पादन गर्दा अपनाइने परम्परागत विधिमा सरकारले केही प्राविधिक सुधारका निर्देशनहरू दिएको छ । गुन्द्रुकलाई बनाउँदा फलाम, एल्युमिनियम, तामा वा पित्तलबाट बनेका भाँडाहरू प्रयोग गर्न नपाइने व्यवस्था गरिएको छ ।

गुन्द्रुक बनाउँदा कस्ता भाँडा प्रयोग गर्ने हो भन्ने विषयमा राजपत्रमा कुनै तथ्य उल्लेख गरिएको छैन ।

विज्ञहरूका अनुसार, गुन्द्रुक बनाउने प्रक्रियामा अम्लीयपन बढ्ने हुनाले धातुका भाँडासँग रासायनिक प्रतिक्रिया भई स्वास्थ्यका लागि हानिकारक तत्त्वहरू उत्पन्न हुन सक्छन् । त्यसैले सुरक्षित सामग्री वा उपयुक्त भाँडामा मात्र गुन्द्रुक बनाउनुपर्नेछ । सुकाउनका लागि घाम, सोलार ड्रायर वा मेकानिकल ड्रायर प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ ।

गुणस्तरका पाँच मुख्य सूचक

सरकारले गुन्द्रुकको गुणस्तर जाँच्न पाँचवटा मुख्य रासायनिक तथा जैविक मापदण्ड तोकेको छ । व्यावसायिक उत्पादकहरूले आफ्नो उत्पादनमा यी सीमाहरू पालना गर्नुपर्ने व्यवस्था गरेको छ ।

चिस्यान: सुख्खा गुन्द्रुकमा चिस्यानको मात्रा बढीमा १२ प्रतिशत मात्र हुनुपर्नेछ । चिस्यान बढी भएमा गुन्द्रुकमा ढुसी लाग्ने र चाँडै बिग्रने डर हुन्छ ।

कुल भष्म: गुन्द्रुकमा सुख्खा तौलको आधारमा कुल भष्मको मात्रा बढीमा १७ प्रतिशत तोकिएको छ ।

एसिडमा नघुलिने भष्म: गुन्द्रुकमा एसिडमा नघुलिने भष्मको मात्रा बढीमा १ प्रतिशत मात्र हुन पाउने व्यवस्था गरिएको छ । यसले गुन्द्रुकमा मिसिएको माटो वा बालुवाको मात्रालाई जनाउँछ ।

अम्लता: गुन्द्रुकमा ल्याक्टिक एसिडको रूपमा अम्लता न्यूनतम ०.५ प्रतिशत हुनुपर्नेछ । गुन्द्रुकको विशिष्ट अमिलो स्वाद र संरक्षणका लागि यो आवश्यक मानिन्छ ।

जीवाणु: प्रति ग्राम गुन्द्रुकमा ई–कोली जीवाणु पूर्ण रूपमा अनुपस्थित हुनुपर्नेछ । यसले उत्पादनको स्वच्छता स्तरलाई सुनिश्चित गर्दछ ।

बाह्य पदार्थको मिश्रणमा पूर्ण प्रतिबन्ध

गुन्द्रुकमा कुनै पनि प्रकारका जैविक वा अजैविक बाह्य पदार्थको उपस्थिति हुन नमिल्ने व्यवस्था गरिएको छ । जैविक बाह्य पदार्थमा रौँ, भुस, चोकर, परालका टुक्रा, कपडाका टुक्रा, जिउँदो वा मरेको कीरा, मुसाको अंश वा पशुपन्छीजन्य फोहोरलाई मानिएको छ । यस्तै अजैविक बाह्य पदार्थमा ढुङ्गा, माटो, बालुवा, काँच (सिसा), प्लास्टिक र धातुका टुक्राहरूलाई राखिएको छ ।

गुन्द्रुकमा कुनै पनि प्रकारको कृत्रिम रङ, स्वाद बढाउने तत्त्व वा परिरक्षी (प्रिजरभेटिभ) राख्न पूर्ण रूपमा निषेध गरिएको छ । गुन्द्रुक पूर्णतः प्राकृतिक, स्वच्छ र स्वाभाविक स्वाद एवं बास्नायुक्त हुनुपर्नेछ ।

गुन्द्रुकमा हुनसक्ने जीवनाशक विषादीको अवशेष, भारी धातु र अन्य हानिकारक सूक्ष्म जीवाणुहरूका लागि सरकारले छुट्टै सीमा तोकेको छ । मन्त्रालयले समय–समयमा तोक्ने यस्ता ‘कन्टामिन्यान्ट्स’ र ‘टक्सिन्स’ को अधिकतम मात्राभन्दा बढी अवशेष पाइएमा त्यस्तो गुन्द्रुकलाई बजारबाट जफत गरी कानुनी कारबाही गर्ने राजपत्रमा उल्लेख छ ।

प्याकेजिङ र लेबलिङमा कडाइ

उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राख्दै प्याकेजिङमा पनि कडाइ गरिएको छ । गुन्द्रुक प्याक गर्दा खाद्य ग्रेडको सफा र सुख्खा सामग्री प्रयोग गर्नुपर्नेछ । गुन्द्रुकको लेबलमा गुन्द्रुकको प्रकार (ताजा वा सुख्खा), कुन सागबाट तयार पारिएको हो (जस्तैः रायोको गुन्द्रुक, मुलाको गुन्द्रुक आदि) र खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिमका अन्य अनिवार्य विवरणहरू उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ ।

यस्तो छ कानूनी व्यवस्था

खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ४० अनुसार अनुमति नलिई खाद्य व्यवसाय सञ्चालन गरेमा, पैठारी गर्नुअघि स्वीकृति वा प्रवेश अनुमति नदिइ खाद्य पदार्थ पैठारी लगायत गरेमा ५० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

त्यस्तै दूषित खाद्य पदार्थको उत्पादन, प्रशोधन, निकासी, पैठारी, सञ्चय, ढुवानी वा बिक्री गरेमा पाँच वर्षसम्म कैद वा ५ लाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था छ ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

अमलेखगञ्जमा डिजेल ट्याङ्कर, ईभी हाइस र मोटरसाइकल ठोक्किँदा १० जना घाइते

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२१ अमलेखगञ्जस्थित नेपाल आयल निगमको डिपो नजिकै डिजेल बोकेको ट्याङ्कर, ईभी हाइस र मोटरसाइकल एकआपसमा ठोक्किँदा १० जना घाइते भएका छन्। शुक्रबार दिउँसो करिब १२ बजे हेटौंडा–पथलैया सडकखण्डमा तीनवटा सवारीसाधन आपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। प्रहरीका अनुसार अमलेखगञ्जबाट जनकपुरतर्फ जाँदै गरेको ना.४ ख २३४९ नम्बरको डिजेल...

बारामा ब्राउन सुगरसहित दुई जना पक्राउ

कलैया । बारा प्रहरीले ब्राउन सुगर जस्तो पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ। लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंज पर्सा र प्रहरी चौकी मुसहर्वाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले प्रेस विज्ञप्ति जारी गरी जानकारी दिएका हुन्। बारा बिश्रामपुर गाउँपालिका वडा...

प्रहरीले नेपाल प्रेसको समाचार कक्षमै प्रवेश गरेर पत्रकार सुवेदीलाई लियो नियन्त्रणमा

नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सादा पोशाकका प्रहरीले शुक्रबार समाचार कक्षमै प्रवेश गरेर सुवेदीलाई नियन्त्रणमा लिएको नेपाल प्रेसका सम्पादक चिरञ्जीवि पौडेलले फेसबूकमार्फत जानकारी गराएका छन् । नियन्त्रणमा लिने क्रममा पक्राउ पुर्जी नदिइएको उनले बताए । ‘सादा पोशाकका प्रहरी समाचार कक्षभित्रै प्रवेश गरेर नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदीलाई पक्राउ गरेका छन्...

डा.गोविन्द केसीसँग भएका सहमति कार्यान्वयनको प्रक्रियामा : शिक्षा मन्त्रालय

काठमाण्डौ – शिक्षा तथा खेलकुद मन्त्रालयले डा. गोविन्द केसीसँग भएका सहमतिका बुँदा कार्यान्वयनका लागि कार्यदल गठन गरेर आवश्यक प्रक्रिया अघि बढाएको जनाएको छ । मन्त्रालयले चिकित्सा शिक्षाको गुणस्तर सुधार, पहुँच विस्तार, शैक्षिक सुशासन तथा चिकित्सा शिक्षा क्षेत्रका समस्या समाधानका लागि नीतिगत र संस्थागत सुधारलाई प्राथमिकताका साथ अघि बढाएको जनाएको हो । शिक्षा मन्त्रालयका प्रवक्ता श्रीप्रसाद...

आधुनिक प्रविधिको पहुँच नहुँदा बेपत्ता नागरिकको खोजी कार्य चुनौतीपूर्ण : नेपाल प्रहरी

काठमाण्डौ – नेपाल प्रहरीले आधुनिक प्रविधिको पहुँच नहुँदा बेपत्ता नागरिकको खोजी कार्य थप चुनौतीपूर्ण बनेको जनाएको छ । संसदको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन विशेष समितिको बैठकमा नेपाल प्रहरीको तर्फबाट प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले बेपत्ता तथा शव खोजीमा आधुनिक प्रविधिको अभाव रहेको बताउनुभयो । विपद्का बेला पुरिएका वा बेपत्ता भएका व्यक्तिको खोजतलास...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०