"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

भारतमा कक्रोच जनता पार्टीको पहिलो प्रदर्शन

Table of Content

भारतमा कक्रोच जनता पार्टीको पहिलो प्रदर्शन

भारतमा सामाजिक सञ्जालबाट चर्चामा आएको कक्रोच जनता पार्टी (सीजेपी)ले दिल्लीमा प्रदर्शन गरेको छ । ठट्टाको रूपमा स्थापित भएको भारतको सबैभन्दा ठूलो अनलाइन युवा अभियान पहिलो पटक सडकमा निस्किएको हो ।

संघीय राजधानी दिल्लीको जन्तर–मन्तरमा आन्दोलन शुरू भएसँगै स्थानीय प्रशासनले त्यहाँको सुरक्षा व्यवस्था कडा पारेको छ । अमेरिकाबाट आजै बिहान दिल्ली आएका सीजेपीका संस्थापक अभिजीत दीपके पनि जन्तर मन्तरमा पुगेर प्रदर्शनमा सहभागी बन्नुभएको छ । उहाँले प्रदर्शनलाई शान्तिपूर्ण बनाउन आह्वान गर्नुभएको छ ।

विमानस्थलबाट बाहिर निस्केपछि सञ्चारमाध्यमसँग कुरा गर्दै दिपकेले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग्नुभयो । नेशनल इलिजिबिलिटी इन्ट्रान्स टेस्ट’ अर्थात् ‘नीट’ परीक्षाको प्रश्नपत्र बाहिरिएपछि पाँच जना विद्यार्थीले आत्महत्या गरेकाले शिक्षामन्त्रीको राजिनामा मागेको उहाँको भनाइ छ ।

शिक्षाविद् तथा लद्दाखका पर्यावरण अभियानकर्ता सोनम वाङ्चुक पनि प्रदर्शनमा पुग्नुभएको छ । बीबीसी हिन्दीका अनुसार सीजेपीविरुद्ध सत्ताधारी भारतीय जनता पार्टीका समर्थकहरू पनि जन्तर मन्तरमा पुगेका थिए । प्रहरीले उनीहरूलाई भने विरोध गर्न रोकेर बाहिर निकालिदिएका छन् ।

युवाहरुले कक्रोच नाम भारतका प्रधानन्यायाधीशबाट लिएका हुन्, जसले बेरोजगार युवालाई कक्रोचसँग तुलना गर्नुभएको थियो । गएको महिना शुरू भएदेखि यस अभियानले इन्स्टाग्राममा झन्डै २ करोड २० लाख फलोअरर्सहरू पाएको छ । यो सरकारप्रतिको असहमतिको सबैभन्दा ठूलो मध्येको अभिव्यक्ति बन्न पुगेको छ ।

यो अभियानलाई भारतका चर्चित र वरिष्ठ कानूनविद् प्रशान्त भूषणले नवयुवा आन्दोलनको संज्ञा दिनुभएको छ । यसैबीच दिल्ली प्रहरीले कक्रोच जनता पार्टीको प्रदर्शनका क्रममा दुई समूहबीच हुनसक्ने सम्भावित झडपलाई रोक्न ६ जनालाई पक्राउ गरेको र अहिलेसम्म अरू कुनै अप्रिय घटना नभएको बताएको छ । 

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

आईपीयू महासभामा जलवायु विपद् सम्बन्धी नेपालको प्रस्ताव बहुमतले पारित

काठमाण्डौ – तान्जानियाको अरुसामा जारी अन्तर–संसदीय संघ (आईपीयू) को १५३औँ महासभामा नेपालले पेश गरेको जलवायुजन्य विपद् न्यूनीकरणसम्बन्धी आपत्कालीन प्रस्ताव दुई–तिहाइभन्दा बढी मतले पारित भएको छ । सभामुख डोलप्रसाद (डीपी)अर्यालले प्रस्तुत गर्नुभएको ‘हिमालय क्षेत्र र अन्य जोखिमयुक्त क्षेत्रहरूमा जलवायुजन्य विपद् सम्बोधन र उत्थानशीलता अभिवृद्धि’ शीर्षकको प्रस्ताव महासभाले छलफलको मुख्य एजेण्डाका रूपमा स्वीकार गरेको हो । सभामुख...

मैले अरू कसैले नगरेकाे काम गरेकाे छु, नोबेल शान्ति पुरस्कार पाउनुपर्छ : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल शान्ति पुरस्कारका लागि आफू योग्य रहेको दाबी गर्दै आफूले दोस्रो कार्यकाल शुरू गरेयता ८ वटा युद्ध अन्त्य गराएको जिकिर गर्नुभएको छ । ओभल अफिसमा हिजो पत्रकारसँग कुरा गर्दै ट्रम्पले आफूले पुरस्कार पाए पनि/नपाए पनि शान्तिका लागि अरूभन्दा धेरै काम गरेको दाबी गर्नुभएकाे समाचार संस्था एएनआईले जनाएकाे छ...

चितवनको बधस्थल अस्तव्यस्त : ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका

चितवन,असोज २२- माडी नगरपालिकामा आगामी मङ्सिर १ गतेदेखि ‘मासु जाँच ऐन २०५५’ पूर्ण रूपमा लागू गरिने भएको छ । नगरपालिकाले सरोकारवालासँग छलफल गरी मासु जाँच ऐन २०५५ कार्यान्वयन गर्ने मिति तय गरेको हो । नगरपालिकाले नगरभित्रका बधस्थलको नक्साङ्कन गर्ने र तोकिएको मापदण्ड पुगेका बधस्थललाई अनिवार्य दर्ता भई व्यवसाय सञ्चालन गर्नुपर्ने जनाएको छ । स्वच्छ, स्वस्थ...

चितवनको इच्छाकामना अस्पताल नयाँ भवनमा सर्‍यो, १५ शय्याबाट सेवा सञ्चालन

चितवन,असोज २२ – इच्छाकामना आधारभूत अस्पतालले नवनिर्मित भवनबाट स्वास्थ्य सेवा सुरुआत गरेको छ । इच्छाकामना गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङका अनुसार सङ्घीय सरकारको रु १४ करोड ५० लाख लागतमा निर्मित भवनमा १५ शय्या छ । यसअघि गाउँपालिका कार्यालय परिसरमा रहेको पुरानो भवनबाट अस्पताल सञ्चालन हुँदै आएको थियो । यस अस्पतालमा पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक खण्डमा...

राप्ती नगरपालिकाद्वारा भोटेकोसी बाढीपीडितलाई १० लाख रुपैयाँको ब्ल्याङ्केट सहयोग, १३ लाख रुपैया बराबर राहत कोषमा जम्मा

काठमाडौ । चितवनको राप्ती नगरपालिकाले भोटेकोसी बाढीबाट प्रभावित तथा विस्थापित परिवारलाई लक्षित गर्दै जाडोका लागि न्यानो कपडा सहयोग गरेको छ। नगरपालिकाले रसुवाको गोसाइँकुण्ड गाउँपालिकालाइ करिब १० लाख रुपैयाँ बराबरका ५०१ थान ब्ल्याङ्केट उपलब्ध गराएको हो। बाढीपछि प्रभावित क्षेत्रमा जाडो बढ्दै गएसँगै पीडित परिवारलाई राहत पुग्ने उद्देश्यले नगरपालिकाले ब्ल्याङ्केट उपलब्ध गराएको जनाएको छ। यसअघि पनि राप्ती...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०