"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

१५ दिने कफी मेकिङ तथा ब्युटिसियन तालिम आजबाट सुरु

Table of Content

भणडारा , बैशाख १७ :-

राप्ती नगरपालिका–४, चितवनमा १५ दिने कफी मेकिङ तथा ब्युटिसियन तालिम आजबाट औपचारिक रूपमा सुरु भएको छ। वडा नं. ४ को कार्यालयको आयोजनामा काशिरूप आधारभूत विद्यालयमा उद्घाटन समारोहका साथ तालिमको थालनी गरिएको हो।
“समृद्ध राप्ती नगरको आधार: कृषि, पर्यटन र पूर्वाधार” भन्ने मूल नाराका साथ सञ्चालन गरिएको तालिममा स्थानीय युवायुवती तथा महिलाहरूको उत्साहजनक सहभागिता रहेको छ। तालिममार्फत सहभागीहरूलाई स्वरोजगारमुखी सीप विकास गराउने लक्ष्य लिइएको आयोजकले जनाएको छ।
उद्घाटन कार्यक्रममा बोल्दै वडा नं. ४ का वडाध्यक्ष केदार आचार्य र प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेलले यस्ता तालिमले बेरोजगारी न्यूनीकरण गर्दै स्थानीय स्तरमै आयआर्जनका अवसर सिर्जना गर्ने विश्वास व्यक्त गरेका थिए।
तालिम अवधिभर सहभागीहरूलाई कफी मेकिङसम्बन्धी व्यावसायिक ज्ञान, ग्राहक सेवा, साथै ब्युटिसियनसम्बन्धी आधारभूत तथा उन्नत सीपहरू प्रदान गरिनेछ।
आयोजकका अनुसार तालिम पश्चात् सहभागीहरूलाई स्वरोजगारतर्फ प्रेरित गर्ने योजना समेत रहेको छ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

nepal_gas_gd5oM9Y79a

तराईका ग्यास उद्योगबाट सिलिन्डर भरेर काठमाण्डौ भित्र्याउन थालियो

काठमाण्डौ  – काठमाण्डौ उपत्यका र आसपासका जिल्लामा खाना पकाउने ग्यासको अभाव कायमै छ । गएको...
UN-united-nation_final_one_1aurKzC0Mx

संयुक्त राष्ट्रसङ्घले नेपाललाई ४ करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने

काठमाण्डौ – संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि...
images_pxStGBGlyg_vgpbs0fnhfshm9o09tieuab9fn0efmm3kx0bsghdd8uaxh4e8rsqwbt3w2ra_U4hqmS0Gea_yyivkjt7uce7ohkrhzoot4cnxayipezjgwxsithgisinwabqxvm9qicr9rka

१२ सीडीओसहित २३ सहसचिव-उपसचिवको सरुवा, को कहाँ?

गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र सहायक सीडीओको जिम्मेवारी जिम्मेवारी हेरफेर गरेको...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०