"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

संसद छलेर अध्यादेश ल्याइएको भन्दै नेकपा एमालेको आपत्ति

Table of Content

काठमाडाैं । नेकपा (एमाले) ले सरकारले संसदलाई छलेर एकपछि अर्को अध्यादेश ल्याउन खोजेको भन्दै आपत्ति जनाएको छ ।
राष्ट्रिय सभाका लागि नेकपा (एमाले) संसदीय दलका नेता प्रेमप्रसाद दंगालले सरकारको यो कदम असंसदीय र अलोकतान्त्रिक भएको टिप्पणी गर्नुभएको हो ।

नेता दंगालले संविधानले विशेष परिस्थिति र तत्काल केही नगर्नु नहुने अवस्थामा मात्र अध्यादेशको परिकल्पना गरेको उल्लेख गर्दै वर्तमान सरकारले सामान्य अवस्थामा पनि संसदलाई उपेक्षा गरेको आरोप लगाउनुभयो ।

एमालेले राष्ट्रपति कार्यालयलाई समेत अध्यादेश जारी नगर्न सामूहिक रूपमा आग्रह गरेको जानकारी दिँदै उहाँले यो राष्ट्रपतिमाथिको दबाब नभई संवैधानिक पद्धतिको रक्षाका लागि गरिएको अनुरोध भएको स्पष्ट पार्नुभयो । सरकारले नीति तथा कार्यक्रम र बजेट जस्ता महत्वपूर्ण विषयमा छलफल गर्नुपर्ने समयमा संसद छलेर अघि बढ्न खोजेको उहाँको भनाइ छ ।

विगतमा एमाले नेतृत्वको सरकारले पनि अध्यादेश ल्याएको र संसद विघटन गरेको सन्दर्भमा सोधिएको प्रश्नको जवाफ दिँदै नेता दंगालले विगतका कमजोरीलाई देखाएर वर्तमानमा विधिको शासन मिच्न नमिल्ने तर्क गर्नुभयो । उहाँले भन्नुभयो, ‘संसद अधिवेशन आह्वान गर्ने र अनायसै स्थगन गरेर फटाफट अध्यादेश ल्याउने प्रक्रिया गलत छ ।

निर्वाचन सम्पन्न भएर संसद सुचारु भएको यतिका समय भइसक्दा पनि एउटै नयाँ विधेयक ल्याउन नसक्नु तर अध्यादेशको सहारा लिनु आपत्तिजनक छ । विगतमा के भयो भन्ने समीक्षा गर्ने बेला यो होइन । अहिले दुई तिहाइको समर्थन प्राप्त सरकारले संसदलाई भूमिविहीन बनाएर अध्यादेशमार्फत शासन चलाउन खोज्नु जनमतको अपमान हो ।’

सत्तारुढ दलका नेताहरूले संवैधानिक नियुक्ति र सेवा प्रवाहका लागि अध्यादेश आवश्यक रहेको भनी दिएको तर्कलाई खण्डन गर्दै दंगालले ती दाबीहरू कुतर्क मात्र भएको बताउनु भयो । उहाँले सरकारलाई दम्भ नत्यागी अगाडि बढे त्यसको परिणाम सरकारले नै भोग्नुपर्ने चेतावनी समेत दिनुभयो ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ‘बेन्च फिक्सिङ’ देखि भ्रष्टाचारसम्मका उजुरी

प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ‘बेन्च फिक्सिङ’ देखि भ्रष्टाचारसम्मका उजुरी काठमाण्डाै – प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माविरुद्ध १६ जना उजुरीकर्ताले उजुरी दर्ता गराएका छन् । संसदीय सुनुवाइ समितिले उजुरीकर्तासँग छलफल गर्दै आरोपका आधार र प्रमाणबारे जानकारी लिइरहेको छ । उजुरीकर्ताहरूले शर्मामाथि सर्वोच्च अदालतमा न्यायाधीश रहँदा ‘बेन्च फिक्सिङ’ गरेको आरोप लगाएका छन् । राजनीतिक प्रभाव र पहुँचका आधारमा...

प्राधिकरणद्वारा विभिन्न १७ इन्टरनेट सेवा प्रदायकसँग १५ दिने स्पष्टीकरण माग

काठमाण्डौं – नेपाल दूरसञ्चार प्राधिकरणले नियमअनुसार बुझाउनुपर्ने बक्यौता रकम नबुझाउने र सम्पर्कमा नआउने १७ वटा इन्टरनेट (इमेलसहित) सेवा प्रदायकलाई अनुमतिपत्र (लाइसेन्स) किन खारेज नगर्ने भन्दै स्पष्टीकरण सोधेको छ ।  आज सार्वजनिक सूचना निकालेर प्राधिकरणले ती सेवा प्रदायकलाई १५ दिनभित्र लिखित सफाइ पेश गर्न निर्देशन दिएको हो । प्राधिकरणका अनुसार सूचनामा उल्लेख गरिएका विभिन्न १७ वटा...

थारुको गुनासो आयोगसँग आयोगको गुनासो सरकारसँग

भरतपुर । थारु जातिको धार्मिक, सांस्कृतिक एवम् सामाजिक मान्यता र परम्परालाई जगेर्ना गर्नुका साथै थारु जातिको उत्थान र सशक्तीकरणको उद्देश्य राखेर थारु आयोग गठन भएको छ । तर, थारु आयोगले लक्ष्यअनुसारको काम गर्न नसकेको थारु अगुवाहरुले नै आरोप लगाएका छन् । थारु जातिका लागि आयोग बने पनि राज्यले थारु जातिलाई विभिन्न कोणबाट सौतेनी व्यवहार देखाउँदै...

डेजी स्कुलका तीन विद्यार्थीले अन्तर्राष्ट्रिय एआई प्रतियोगितामा रचे इतिहास

पूर्वी चितवनको खैरहनीमा रहेको डेजी स्कुल तथा सुनगाभा कलेजका तीन जना प्रतिभाशाली विद्यार्थीले विश्वकै सबैभन्दा ठूलो एआई तथा रोबोटिक्स प्रतियोगिता ‘कोड एभर’ मा नेपालको प्रतिनिधित्व गर्दै सान्त्वना स्थान हासिल गरेका छन्। आइतबार इन्डोनेसियाको जाकार्तामा सम्पन्न उक्त प्रतियोगितामा डेजी स्कुलका गुञ्जन शर्मा, परिभाषा पाठक र सृष्टि शंकरको टोलीले उक्त उपलब्धि हासिल गरेको सुनगाभा कलेजका प्राचार्य हरि...

प्रतिनिधिसभा बैठक बस्दै, नीति तथा कार्यक्रमाथि छलफल हुने

काठमाडौं : प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) मा छलफल जारी रहने सम्भावित कार्यसूची  छ  । सो प्रस्तावमा सोमबारदेखि छलफल सुरुआत भएको थियो ।     गत वैशाख ३१ गतेको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए । छलफल सकिएपछि बुधबारको बैठकमा मन्त्री डा....

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०