"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

संसद छलेर अध्यादेश ल्याइएको भन्दै नेकपा एमालेको आपत्ति

Table of Content

काठमाडाैं । नेकपा (एमाले) ले सरकारले संसदलाई छलेर एकपछि अर्को अध्यादेश ल्याउन खोजेको भन्दै आपत्ति जनाएको छ ।
राष्ट्रिय सभाका लागि नेकपा (एमाले) संसदीय दलका नेता प्रेमप्रसाद दंगालले सरकारको यो कदम असंसदीय र अलोकतान्त्रिक भएको टिप्पणी गर्नुभएको हो ।

नेता दंगालले संविधानले विशेष परिस्थिति र तत्काल केही नगर्नु नहुने अवस्थामा मात्र अध्यादेशको परिकल्पना गरेको उल्लेख गर्दै वर्तमान सरकारले सामान्य अवस्थामा पनि संसदलाई उपेक्षा गरेको आरोप लगाउनुभयो ।

एमालेले राष्ट्रपति कार्यालयलाई समेत अध्यादेश जारी नगर्न सामूहिक रूपमा आग्रह गरेको जानकारी दिँदै उहाँले यो राष्ट्रपतिमाथिको दबाब नभई संवैधानिक पद्धतिको रक्षाका लागि गरिएको अनुरोध भएको स्पष्ट पार्नुभयो । सरकारले नीति तथा कार्यक्रम र बजेट जस्ता महत्वपूर्ण विषयमा छलफल गर्नुपर्ने समयमा संसद छलेर अघि बढ्न खोजेको उहाँको भनाइ छ ।

विगतमा एमाले नेतृत्वको सरकारले पनि अध्यादेश ल्याएको र संसद विघटन गरेको सन्दर्भमा सोधिएको प्रश्नको जवाफ दिँदै नेता दंगालले विगतका कमजोरीलाई देखाएर वर्तमानमा विधिको शासन मिच्न नमिल्ने तर्क गर्नुभयो । उहाँले भन्नुभयो, ‘संसद अधिवेशन आह्वान गर्ने र अनायसै स्थगन गरेर फटाफट अध्यादेश ल्याउने प्रक्रिया गलत छ ।

निर्वाचन सम्पन्न भएर संसद सुचारु भएको यतिका समय भइसक्दा पनि एउटै नयाँ विधेयक ल्याउन नसक्नु तर अध्यादेशको सहारा लिनु आपत्तिजनक छ । विगतमा के भयो भन्ने समीक्षा गर्ने बेला यो होइन । अहिले दुई तिहाइको समर्थन प्राप्त सरकारले संसदलाई भूमिविहीन बनाएर अध्यादेशमार्फत शासन चलाउन खोज्नु जनमतको अपमान हो ।’

सत्तारुढ दलका नेताहरूले संवैधानिक नियुक्ति र सेवा प्रवाहका लागि अध्यादेश आवश्यक रहेको भनी दिएको तर्कलाई खण्डन गर्दै दंगालले ती दाबीहरू कुतर्क मात्र भएको बताउनु भयो । उहाँले सरकारलाई दम्भ नत्यागी अगाडि बढे त्यसको परिणाम सरकारले नै भोग्नुपर्ने चेतावनी समेत दिनुभयो ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

सुरुङ खनेर ८ जना कैदीबन्दी फरार : घटनाको छानबिन गर्न समिति गठन

काठमाण्डाै – डोल्पाको सदरमुकाम दुनैमा रहेको कारागारबाट सुरुङ खनेर ८ जना कैदीबन्दी फरार भएको घटनाको छानबिन गर्न प्रहरीले तीन सदस्यीय समिति गठन गरेको छ । जिल्ला प्रहरी कार्यालय डोल्पाले प्रहरी निरीक्षक विनय सिंहको नेतृत्वमा समिति गठन गर्दै फरार भएका कैदीबन्दीहरूको व्यापक खोजी कार्य तीव्र पारिएको जनाएको छ । उनीहरू शुक्रवार राति कारागारभित्रबाट सुरुङ खनेर फरार भएका थिए ।...

यू–१९ एशिया कप : विपिन शर्माकाे कप्तानीमा नेपाली टाेली घाेषणा

काठमाण्डाै – आउँदो बिहीवार कात्तिक १९ गतेदेखि ओमानमा शुरू हुने १९ वर्षमुनिको एशिया कप क्रिकेटका लागि नेपाली टोली घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज विपिनप्रसाद शर्माको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । १९ वर्षमुनिको एशिया कपमा नेपाल समूह ‘ए’ मा रहेको छ । यो समूहमा नेपालसँगै भारत, पाकिस्तान र...

वाणिज्य बैंकको नाफा १९ अर्ब ११ करोड नाघ्यो

काठमाण्डाै – चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमाससम्ममा नेपालका वाणिज्य बैंकहरूले १९ अर्ब ११ करोड रुपैयाँभन्दा धेरै खुद नाफा कमाएका छन् । सञ्चालनमा रहेका २० वटै वाणिज्य बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार साउनदेखि असोजसम्ममा धेरैजसो बैंकहरूको नाफामा सुधार आएको छ । केही बैंकको नाफामा सामान्य गिरावट देखिएको छ । बैंकहरूको नाफा गएकाे आर्थिक वर्षको...

भोलिदेखि सरकारी कार्यालय समय बिहान ९ देखि दिउँसो ४ बजेसम्म

काठमाडौं । भोलि कात्तिक १६ गतेदेखि सरकारी कार्यालयको समय परिवर्तन हुने भएको छ । सरकारले जाडोयामको समयतालिकाअनुसार सरकारी कार्यालयको समय बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म कायम गरेको हो । यसअघि नै नेपाल राजपत्रमा प्रकाशित गृह मन्त्रालयको सूचनाअनुसार कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाबाहेकका निकायमा कार्यालय समय बिहान...

जर्मनीमा महँगीविरुद्धको प्रदर्शन हिंसात्मक बन्यो, पसलहरुमा लुटपाट

जर्मनीमा बढ्दो महँगी र सरकारी खर्च कटौतीको विरोधमा भएको प्रदर्शन हिंसात्मक बनेको छ । देशका विभिन्न शहरमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । कतिपय पसलहरूमा लुटपाट पनि भएको बीबीसीले जनाएको छ । जर्मनीको वित्तीय केन्द्र फ्र्याङ्कफर्टसहित बर्लिन, कोलोन र ह्याम्बर्गमा प्रदर्शनका क्रममा हिंसात्मक घटना भएका खबरमा उल्लेख छ । प्रदर्शनकारीले प्रहरी तथा उद्धारकर्मीमाथि आतसबाजी,...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०