"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

नारायणगढ–बुटवल सडक विस्तार : निर्माण सम्पन्न सडक सुरक्षाको काम थालियो

Table of Content

नारायणगढ–बुटवल सडक विस्तार : निर्माण सम्पन्न सडक सुरक्षाको काम थालियो

काठमाण्डौ – नारायणगढ–बुटवल सडक विस्तार आयोजनाअन्तर्गत सडक निर्माण सम्पन्न भएका ठाउँमा सडक सुरक्षाको काम शुरु गरिएको छ । आयोजना पूर्वी खण्डका सूचना अधिकारी शिव खनालका अनुसार अहिले पूर्वी खण्डमा निर्माण सकिएका ठाउँमा सडक सुरक्षासम्बन्धी काम भइरहेको छ । 

सडक सुरक्षाअन्तर्गत सडकमा सेतो र पहेँलो चिह्न बनाउने, बीचको डिभाइडरमा रङ लगाउने, मुख्य सडक र सहायक सडकबीच सिमेन्ट बार राख्ने तथा गति समितिलगायतका चिह्नहरू जडान गर्ने काम भइरहेको छ । सडक निर्माणको काम अन्तिम चरणमा पुग्दै गर्दा सडक सुरक्षाका कामलाई पनि प्राथमिकता दिइएको सूचना अधिकारी खनालले बताउनुभयो ।

नवलपरासी पूर्वी खण्डमा पर्ने ६५ किलोमिटर सडकमध्ये अहिले पनि झण्डै ७ किलोमिटरमा कच्ची सडकको यात्रा गर्नुपर्ने बाध्यता छ । अरू सबै क्षेत्रमा कालोपत्रे तथा पक्की सडक सञ्चालनमा आइसकेको छ । पूर्वी खण्डमा अहिलेसम्म भौतिक प्रगति ८१ प्रतिशत पुगेको आयोजनाले जनाएको छ । पूर्वी खण्डमा अहिले दाउन्ने क्षेत्रमा बाहेक अन्य ठाउँमा यात्रा सहज भएको छ । 

नारायणगढ–बुटवल सडक विस्तार आयोजनाको काम २०७५ साल माघ २४ गते सम्झौता भई २०७९ साउन २२ गते सम्पन्न गर्ने लक्ष्यका साथ चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालिले शुरु गरेको थियो । कुल ११३ किलोमिटर सडकलाई दुई खण्डमा विभाजन गरी काम अघि बढाइएको छ । 

निर्धारित समयमा काम सम्पन्न नभएपछि अहिले चौथो पटक म्याद थप गरी आउँदो साउनसम्मका लागि अवधि बढाइएको छ । एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सञ्चालित यो सडक विस्तार आयोजनाको दुवै खण्डको कुल लागत १६ अर्ब ९९ करोड ५२ लाख ९६ हजार रहेको छ । 

कुल ११३ किलोमिटरमध्ये ७० किलोमिटरमा चार लेन, २९ किलोमिटरमा चार लेनसहित दुवैतर्फ ६/६ मिटरका सर्भिस लेन निर्माण गरिनेछ । दाउन्ने क्षेत्रको १४ किलोमिटर खण्डमा तीन लेनको सडक निर्माण हुनेछ ।    

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

प्रस्तावित प्रधानन्यायाधीश डा.शर्माको न्यायालय सुधार योजना : १८ महिनाभित्र मुद्दा टुंग्याउनेदेखि एआई प्रयोगसम्म

प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माले न्यायपालिकालाई छिटो, प्रभावकारी, पारदर्शी तथा प्रविधिमैत्री बनाउने लक्ष्यसहित विस्तृत कार्ययोजना अघि सारेका छन्। संसदीय सुनुवाइ समिति समक्ष आफ्नो अवधारणापत्र र कार्ययोजना प्रस्तुत गर्दै उनले अदालतभित्रको कार्यप्रणाली सुधार, मुद्दा व्यवस्थापन, न्यायिक नियुक्ति प्रक्रिया, प्रविधिको प्रयोग तथा न्यायाधीश–कर्मचारीको सेवा व्यवस्थापनसम्मका विषयलाई समेटिएको छ। कार्ययोजनाको मुख्य केन्द्रबिन्दु अदालतमा बढ्दै गएको मुद्दाको चाप कम...

प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ‘बेन्च फिक्सिङ’ देखि भ्रष्टाचारसम्मका उजुरी

प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ‘बेन्च फिक्सिङ’ देखि भ्रष्टाचारसम्मका उजुरी काठमाण्डाै – प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माविरुद्ध १६ जना उजुरीकर्ताले उजुरी दर्ता गराएका छन् । संसदीय सुनुवाइ समितिले उजुरीकर्तासँग छलफल गर्दै आरोपका आधार र प्रमाणबारे जानकारी लिइरहेको छ । उजुरीकर्ताहरूले शर्मामाथि सर्वोच्च अदालतमा न्यायाधीश रहँदा ‘बेन्च फिक्सिङ’ गरेको आरोप लगाएका छन् । राजनीतिक प्रभाव र पहुँचका आधारमा...

प्राधिकरणद्वारा विभिन्न १७ इन्टरनेट सेवा प्रदायकसँग १५ दिने स्पष्टीकरण माग

काठमाण्डौं – नेपाल दूरसञ्चार प्राधिकरणले नियमअनुसार बुझाउनुपर्ने बक्यौता रकम नबुझाउने र सम्पर्कमा नआउने १७ वटा इन्टरनेट (इमेलसहित) सेवा प्रदायकलाई अनुमतिपत्र (लाइसेन्स) किन खारेज नगर्ने भन्दै स्पष्टीकरण सोधेको छ ।  आज सार्वजनिक सूचना निकालेर प्राधिकरणले ती सेवा प्रदायकलाई १५ दिनभित्र लिखित सफाइ पेश गर्न निर्देशन दिएको हो । प्राधिकरणका अनुसार सूचनामा उल्लेख गरिएका विभिन्न १७ वटा...

थारुको गुनासो आयोगसँग आयोगको गुनासो सरकारसँग

भरतपुर । थारु जातिको धार्मिक, सांस्कृतिक एवम् सामाजिक मान्यता र परम्परालाई जगेर्ना गर्नुका साथै थारु जातिको उत्थान र सशक्तीकरणको उद्देश्य राखेर थारु आयोग गठन भएको छ । तर, थारु आयोगले लक्ष्यअनुसारको काम गर्न नसकेको थारु अगुवाहरुले नै आरोप लगाएका छन् । थारु जातिका लागि आयोग बने पनि राज्यले थारु जातिलाई विभिन्न कोणबाट सौतेनी व्यवहार देखाउँदै...

डेजी स्कुलका तीन विद्यार्थीले अन्तर्राष्ट्रिय एआई प्रतियोगितामा रचे इतिहास

पूर्वी चितवनको खैरहनीमा रहेको डेजी स्कुल तथा सुनगाभा कलेजका तीन जना प्रतिभाशाली विद्यार्थीले विश्वकै सबैभन्दा ठूलो एआई तथा रोबोटिक्स प्रतियोगिता ‘कोड एभर’ मा नेपालको प्रतिनिधित्व गर्दै सान्त्वना स्थान हासिल गरेका छन्। आइतबार इन्डोनेसियाको जाकार्तामा सम्पन्न उक्त प्रतियोगितामा डेजी स्कुलका गुञ्जन शर्मा, परिभाषा पाठक र सृष्टि शंकरको टोलीले उक्त उपलब्धि हासिल गरेको सुनगाभा कलेजका प्राचार्य हरि...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०